Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

कला/संस्कृति

वैशाख ५ गते आँचलले वक्तृत्वकला प्रतियोगिता गर्ने

dd-1712492995.jpg

२५ चैत, हेटौंडा । मकवानपुरका महिला साहित्यकारहरुको अग्रणी संस्था आँचल साहित्य कला पुञ्ज मकवानपुरले यस वर्षपनि साहित्यकार पारिजातको स्मृति दिवसको अवसरमा विविध कार्यक्रमको आयोजना गर्ने भएको छ । 
आइतबार पत्रकार सम्मेलन गर्दै वैशाख ५ गर्ने विविध कार्यक्रमका बारेमा जानकारी गराइएको छ । आँचलकी अध्यक्ष भावना सापकोटाले यस वर्ष वक्तृत्वकला प्रतियोगिता आयोजना गर्न जानकारी दिइन् । 
हेटौँडा उपमहानगरपालिका वडा नम्बर १० कार्यलयसँगको सहकार्यमा हुने वक्तृत्वकला कार्यक्रमको बिषय “नेपालको सामाजिक रुपान्तरणमा राजनीतिक आन्दोलनको भूमिका” रहेको अध्यक्ष सापकोटाले बताइन् । प्रतियोगितामा पहिलो, दोस्रो र तेस्रो हुनेलाई क्रमशः ८ हजार, ६ हजार, ४ हजार नगद सहित प्रमाणपत्र प्रदान गरिनेछ । प्रतियोगितामा सान्त्वना हुने एकजनाले नगद २ हजार प्राप्त गर्नेछन् । 
यस्तै अध्यक्ष सापकोटाले आउँदो वैशाख १५ गते हेटौंडा उपमहानगरपालिकासँगको सहकार्यमा बृहत् साँस्कृतिक तथा साहित्यिक कार्यक्रमको आयोजना गर्ने पनि जानकारी गराइन् । उक्त अवसरमा विभिन्न विद्यामा श्रष्टा सम्मान, विद्यालय स्तरीय एकल गयन प्रतियोगिता, बहस कार्यक्रम लगायत गर्ने उनको भनाई छ । विद्यालय स्तरीय एकल गायनमा प्रथम, द्धितिय, तृतीय र सान्त्वना हुनेलाई क्रमशः नगद ८ हजार, ६ हजार, ४ हजार र २ हजार सहित प्रमाणपत्र प्रदान गरिनेछ ।
आँचलकी अध्यक्ष सापकोटाको सभाध्यक्षतामा भएको पत्रकार सम्मेलनमा हेटौंडा १० का वडा अध्यक्ष फुर्वादोर्जे लामा, सञ्चारिका समूह बागमती प्रदेश अध्यक्ष सरीता दाहाल, साहित्य संगम मकवानपुरका अध्यक्ष डीबी बर्तौला, नेपाली लेखक संघ मकवानपुरका अध्यक्ष छवि अनित्य  लगायतको आतिथ्यता रहेको थियो ।
 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
संयुक्त राष्ट्रसंघले ४ करोड ९६ लाख अमेरिकी डलर सहयोग गर्ने
1572568786UN-united-natio-1788573325.jpg

२० भदौ, हेटौंडा । संयुक्त राष्ट्रसङ्घले भोटेकोशी बाढीका कारण प्रभावित भएका नागरिकको उद्धार, राहत तथा...

एकदुई स्थानमा भारी वर्षाको सम्भावना
rain-weather-1788572917.jpg

२० भदौ, हेटौंडा । देशका केही भूभागमा आज भारी वर्षाको सम्भावना छ । मनसुनको न्यूनचापीय रेखा सरदर स्थानभन्दा...

राष्ट्रपतिद्वारा श्रीकृष्ण जन्माष्टमी र गौरा पर्वको शुभकामना
Rastrapati-Ramchandra-Pou-1788487099.jpg

१९ भदौ, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले भगवान् श्रीकृष्णका सन्देश आज पनि उत्तिकै सान्दर्भिक र उपयोगी...

आज श्रीकृष्ण जन्माष्टमी पर्व
Screenshot_20260904_07401-1788486925.jpg

१९ भदौ, हेटौंडा । श्रीकृष्ण जन्माष्टमी पर्व आज देशभर भगवान् श्रीकृष्णको पूजाआराधना गरी श्रद्धा भक्तिपूर्वक...

एनभिडियाका सिईओद्वारा १ करोड डलरको सहयोग घोषणा
sc24-corp-blog-jhh-specia-1788486567.png

१९ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको बाढीका कारण नेपालमा ठूलो जनधनको क्षति भएपछि एनभिडियाका प्रमुख...

त्रिशूली ३ ‘ए’ मा फसेका र उद्धारकर्मीबीच संवाद
Trishuli-3A-tunnel-safai-1788486023.jpg

१९ भदौ, हेटौंडा । भदौ १० गते रसुवाको भोटेकोशीमा आएको बाढीका कारण थुनिएको त्रिशूली ३ ‘ए’ जलविद्युत् आयोजनाको...

सोमबार तीन जिल्लामा सार्वजनिक बिदा
bida_20200122133821_tRirD-1788430879.jpg

१८ भदौ, हेटौंडा । बागमती प्रदेश सरकारले चेपाङ समुदायले मनाउने सांस्कृतिक पर्व न्वागी (छोनाम) को अवसरमा सार्वजनिक...

मकवानपुरगढीको एक घरमा आगलागी
aagolagi-1788399122.jpg

१८ भदौ, हेटौंडा । मकवानपुरको मकवानपुरगढी गाउँपालिका–४ ज्वालादेवीस्थित एक घरमा राति आगलागी भएको छ । स्थानीय...

भोटेकोशी बाढी: एक हजार २२२ शव फेला
rasuwa-badhi_syafrubesi-1788397712.jpg

१८ भदौ, हेटौंडा । रसुवास्थित भोटेकोशी नदीको बाढीमा परी मृत्यु भएका एक हजार २२२ जनाको शव फेला परेको छ । ३४ बालक, ४३...

थप समाचार