Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

पूर्वी नेपालको सामुदायिक वनमा रानीको अवलोकन भ्रमण

FB_IMG_1712590404572-1712590440.jpg

२६ चैत्र, हेटौडा । हेटौडा–६ चौघडामा रहेको रानी सामुदायिक वन उपभोक्ता समूहले पूर्व नेपालको सामुदायिक वनमा ३ दिने अवलोकन भ्रमण सम्पन्न गरेको छ ।

समूहको चालु आर्थिक वर्ष २०८०।०८१ को स्वीकृत वार्षिक कार्यक्रम अनुसार भ्रमणको आयोजना गरिएको हो । समूहले कोशी प्रदेशको झापामा रहेको जमुनावारी सामुदायिक वन र दियालो सामुदायिक वनको स्थलगत अवलोकन गरेको समूहकी सचिव नानी मायाँ रुम्बाले बताईन ।

दियालो सामुदायिक वनका उपभोक्ता एवम सामुदायिक वन उपभोक्ता महासंघ, कोशीका उपाध्यक्ष चन्द्र तामाङले समूहले गरेका गतिविधीहरुको बारेमा जानकरी गराएका थिए । समूहले सामुहिक बेसार खेती प्राङारिक मल उत्पादन, सामुहिक माछापालन लगायतका कामहरु गर्दै आएको यस सामुदायिक वन ६ हजार ३ सय हेक्टरमा फैलिएको छ । त्यसैगरी जामुनवारी सामुदायिक वनका अध्यक्ष खेमराज सिटौलाले समूहले वन्यजन्तुको संरक्षण,  पोखरी निर्माण र पार्क निर्माण गरेको बताए ।  अध्यक्ष सिटौलाले स्थानीय ४० जनालाई रोजगारी सिर्जना गर्नुको साथै बार्षिक सरदर ५ करोडको आम्दानी गरेको बताए ।सहभागीहरुले ईलाम जिल्लामा रहेको चियावारीको अवलोकन गर्नुका साथै विभिन्न धार्मिक क्षेत्रको समेत अवलोकन गरेका थिए ।

समूहका अध्यक्ष विष्णुप्रसाद न्यौपानेको नेतृत्वमा गएको भ्रमण दलमा कार्यसमिति, लेखा समिति, सल्लाहकार, महिला उपसमिति, कर्मचारी र उपभोक्ता गरि ४२ जनाको सहभागिता थियो।

FB_IMG_1712590233861-1712590440.jpg

समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
नेतन्याहु सरकार गठनका लागि सिट पुर्‍याउन असफल
Benjamin-Netanyahu-1793237966.jpg

१२ कार्तिक, हेटौंडा । इजरायलको आमनिर्वाचनमा झन्डै ९० प्रतिशत मतगणना सकिँदासमेत कुनै पनि राजनीतिक गठबन्धनले...

कांग्रेस केन्द्रीय पदाधिकारी र सदस्यहरूको शपथग्रहण आज
nepali_congress-1793237424.jpg

१२ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसको १५औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिका पदाधिकारी र...

सुदूरपश्चिमद्वारा पोखरा एभेन्जर्स पराजित
Screenshot_20261029_07074-1793236973.jpg

 १२ कार्तिक, हेटौंडा । सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणमा पहिलो जित निकालेको...

एनपीएलमा आज दुई खेल हुँदै
Nepal_Premier_League_offi-1793236698.png

१२ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज दुई खेल हुँदैछन् । पहिलो खेलमा जनकपुर बोल्ट्स र...

साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1793236338.jpg

 १२ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। साथै बङ्गालको खाडीमा विकसित चक्रवात...

पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्सले खेल्दै
Nepal_Premier_League_offi-1793149654.png

११ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्सले खेल्दैछन्...

उपराष्ट्रपति र जर्मनीका राजदूतबीच भेटवार्ता
vice-prisident-udo-ujen-1793149094.jpg

 ११ कार्तिक, हेटौंडा । उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग नेपालका लागि संघीय गणतन्त्र जर्मनीका राजदूत उडो...

कात्तिक १२ देखि १४ गतेसम्म पदयात्रा नगर्न अध्यागमनको आग्रह
Padyatra_OSSnrMIcsF_btCFJ-1793148759.jpg

११ कार्तिक, हेटौंडा । उच्च पहाडी तथा हिमाली क्षेत्रहरूमा भारी हिमपात, हिमआँधी र हिमपहिरोको उच्च जोखिम रहेकाले...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1793148451.jpg

११ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको र बिहीबारदेखि बङ्गालको खाडीमा विकसित चक्रवात...

थप समाचार