Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

हेटौंडाको गुन्द्रुकले पायो सरकारी गुणस्तरको मान्यता

df-1712624198.jpg

२७ चैत, हेटौंडा । हेटौंडा उपमहानगरपालिका कार्यालयको सहयोगमा उत्पादन भएको गुन्द्रुकले सरकारी गुणस्तरको मान्यता प्राप्त गरेको छ । हेटौंडा–१२ घलेगाउँस्थित कञ्चनजंगा कृषि सहकारी संस्था लघुु उद्यमी उद्योगले उत्पादन थालेको अर्गानिक गुन्द्रुकले प्रयोगका लागि सरकारी मान्यता प्राप्त गरेको हो । 
लघु उद्यमीहरुले उत्पादन गरेको गुन्द्रुक प्रयोगका लागि उपयुक्त भएपछि हेटौंडा स्थित खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयले अनुज्ञापत्र दिएको हो । सोमबार उपमहानगरपालिकामा पत्रकार सम्मेलन गरी सरकारी गुणस्तरको मान्यता प्राप्त भएको जानकारी दिइएको हो । उपमहानगरको लगानीमा सञ्चालन गरिएको तालिमबाट उद्यमी बनेका महिलाहरुले व्यवसायिक रुपमा गुन्द्रुक उत्पादन गरेका हुन् । 
उद्योगले सरकारी गुणस्तरको मान्यता प्राप्त गरेसँगै जिल्ला भित्र र बाहिरी शहरमा विक्रीका लागि बाटो खुलेको छ । करिब ४ महिना लामो परीक्षण र निगरानी पश्चात खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयले गुन्द्रुक प्रयोगका लागि योग्य रहेको भन्दै अनुज्ञापत्र दिएको उपमहानगरपालिकाका उद्योग शाखा प्रमुख हिमप्रसाद पौडेलले जानकारी दिए । 
उपमहानगरपालिकाको १ लाख रुपैयाँ बजेटबाट थालेको अर्गानिक साग उत्पादन गरी बनाएको गुन्द्रुकले बजारीकरणका लागि स्वीकृती पाएकोमा उद्यमी समूहका अध्यक्ष चिनीमाया गुरुङले खुसी व्यक्त गरिन् । नगरको पैसा र सहकारीको ८० हजार रुपैयाँबाट १५ कठ्ठा जमिन भाडामा लिएर साग लगाएर  गुन्द्रुकको उत्पादनमा लागेको उनको भनाई छ । अनुज्ञापत्र नहुँदा बजारमा लैजान नपाएको अवस्थाको अन्त्य भएको भन्दै उनले खुसी व्यक्त गरिन् । 
अहिले पनि करिब ३ लाख रुपैयाँ बराबरको गुन्द्रुक स्टक रहेको बताइएको छ । अब बजारीकरणमा सबैको साथ आवश्यक रहेको उनीहरुको अपेक्षा छ । समूहमा रहेर १२ जनाले काम गरिरहेका छन् । असोजमा कामको लागि सम्झौता गरेसँगै समूहले मंसिरबाट गुन्द्रुकको उत्पादन थालेका थिए । 
हेटौंडा उपमहानगरपालिकाका मेयर मीनाकुमारी लामाले यहाँ उत्पादित गुन्द्रुकको बजारीकरणमा सहयोग गर्ने प्रतिबद्धता जनाएकी छिन् । सरकारी  गुणस्तरको मान्यता पाएपश्चात उद्यमी समूहलाई अनुज्ञापत्र हस्तान्तरण गर्दै उनले हेटौंडा बजारसहित अन्य सम्भावना भएका क्षेत्रमा गुन्द्रुकको बजारीकरणका लागि सहयोग गर्ने प्रतिबद्धता जनाएकी हुन् । उनले पहिलो चरणमा हेटौंडामा रहेको साना तथा ठूला होटलहरुमा यहाँको उत्पादनलाई राख्नका लागि पहल गर्ने र बाह्य जिल्लामा बिक्रीका लागि आन्तरिक पहल गर्ने आश्वासन दिएकी छिन् । 
स्थानीय उत्पादनलाई बजारीकरण गर्ने कार्ययोजना अनुरुप मेयर लामाले मकवानपुरका होटल व्यवसायीसँग छलफल समेत गरेकी छिन् । छलफलमा होटल व्यवसायी संघ मकवानपुरका अध्यक्ष दिलिशगोबिन्द जोशीले मासिक १२ सय किलो गुन्द्रुक जिल्लामा खपत हुने गरेको र उक्त गुन्द्रुक बाहिरबाट ल्याउने गरेको बताए । हेटौंडामा उत्पादन भएको गुन्द्रुक बिक्रीका लागि पहल गर्ने उनले प्रतिबद्धता जनाए ।
 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
गरिमाको परिवार र सरकारबीच तीनबुँदे सहमति
Garima-death-1787447441.jpg

७ भदौ, हेटौंडा । बाराको जितपुर सिमरा उपमहानगरपालिका-१ की तीन वर्षीया बालिका गरिमा चौधरीमाथि भएको जघन्य अपराधको...

मध्यम वर्षाको सम्भावना
rain-weather-1787447005.jpg

७ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...

सुदूरपश्चिमका तीन मन्त्री र दुई राज्यमन्त्रीले लिए शपथ
sarkar-1787334429-1787362796.png

६ भदौ, हेटौंडा । सुदूरपश्चिम प्रदेशका तीन मन्त्री र दुई राज्यमन्त्रीले शपथग्रहण गरेका छन् । शुक्रबार साँझ प्रदेश...

बागमतीका तीन मन्त्रीलाई राप्रपाले सोध्यो स्पष्टीकरण
1701944755_raprapa-1200x5-1787362283.jpg

६ भदौ, हेटौंडा । राप्रपाले बागमतीमा मन्त्री बनेका तीन सांसदलाई किन कारबाही नगर्ने भन्दै अल्टिमेटमसहित...

मध्यम वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1787361795.jpg

६ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...

जापानिज इन्सेफलाइटिसबाट दुई जनाको मृत्यु
JI-1787301421.jpg

५ भदौ, हेटौंडा । कैलालीमा जापानिज इन्सेफलाइटिसका कारण दुई जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा घोडाघोडी...

हेटौंडामा खोलाले बगाएर बेपत्ता अर्की बालिकाको शव भेटियो
HTD-1787286436.jpg

५ भदौ, हेटौंडा । हेटौंडा-१९ बस्तिपुरस्थित बासुदेव खोलाले बगाएर बेपत्ता भएकी ११ वर्षीया सुमित्रा ब्लोनको शव फेला...

वायुसेवा निगमका कार्यकारी अध्यक्ष श्रेष्ठको नियुक्ति बदर
Maheshwor-prasad-shrestha-1787276073.jpg

५ भदौ, हेटौंडा । नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष महेश्वरभक्त श्रेष्ठको नियुक्ति सर्वोच्च अदालतले बदर...

मध्यम वर्षाको सम्भावना
rain-weather-1787275833.jpg

५ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...

थप समाचार