२७ चैत, हेटौंडा । हेटौंडा उपमहानगरपालिका कार्यालयको सहयोगमा उत्पादन भएको गुन्द्रुकले सरकारी गुणस्तरको मान्यता प्राप्त गरेको छ । हेटौंडा–१२ घलेगाउँस्थित कञ्चनजंगा कृषि सहकारी संस्था लघुु उद्यमी उद्योगले उत्पादन थालेको अर्गानिक गुन्द्रुकले प्रयोगका लागि सरकारी मान्यता प्राप्त गरेको हो ।
लघु उद्यमीहरुले उत्पादन गरेको गुन्द्रुक प्रयोगका लागि उपयुक्त भएपछि हेटौंडा स्थित खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयले अनुज्ञापत्र दिएको हो । सोमबार उपमहानगरपालिकामा पत्रकार सम्मेलन गरी सरकारी गुणस्तरको मान्यता प्राप्त भएको जानकारी दिइएको हो । उपमहानगरको लगानीमा सञ्चालन गरिएको तालिमबाट उद्यमी बनेका महिलाहरुले व्यवसायिक रुपमा गुन्द्रुक उत्पादन गरेका हुन् ।
उद्योगले सरकारी गुणस्तरको मान्यता प्राप्त गरेसँगै जिल्ला भित्र र बाहिरी शहरमा विक्रीका लागि बाटो खुलेको छ । करिब ४ महिना लामो परीक्षण र निगरानी पश्चात खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयले गुन्द्रुक प्रयोगका लागि योग्य रहेको भन्दै अनुज्ञापत्र दिएको उपमहानगरपालिकाका उद्योग शाखा प्रमुख हिमप्रसाद पौडेलले जानकारी दिए ।
उपमहानगरपालिकाको १ लाख रुपैयाँ बजेटबाट थालेको अर्गानिक साग उत्पादन गरी बनाएको गुन्द्रुकले बजारीकरणका लागि स्वीकृती पाएकोमा उद्यमी समूहका अध्यक्ष चिनीमाया गुरुङले खुसी व्यक्त गरिन् । नगरको पैसा र सहकारीको ८० हजार रुपैयाँबाट १५ कठ्ठा जमिन भाडामा लिएर साग लगाएर गुन्द्रुकको उत्पादनमा लागेको उनको भनाई छ । अनुज्ञापत्र नहुँदा बजारमा लैजान नपाएको अवस्थाको अन्त्य भएको भन्दै उनले खुसी व्यक्त गरिन् ।
अहिले पनि करिब ३ लाख रुपैयाँ बराबरको गुन्द्रुक स्टक रहेको बताइएको छ । अब बजारीकरणमा सबैको साथ आवश्यक रहेको उनीहरुको अपेक्षा छ । समूहमा रहेर १२ जनाले काम गरिरहेका छन् । असोजमा कामको लागि सम्झौता गरेसँगै समूहले मंसिरबाट गुन्द्रुकको उत्पादन थालेका थिए ।
हेटौंडा उपमहानगरपालिकाका मेयर मीनाकुमारी लामाले यहाँ उत्पादित गुन्द्रुकको बजारीकरणमा सहयोग गर्ने प्रतिबद्धता जनाएकी छिन् । सरकारी गुणस्तरको मान्यता पाएपश्चात उद्यमी समूहलाई अनुज्ञापत्र हस्तान्तरण गर्दै उनले हेटौंडा बजारसहित अन्य सम्भावना भएका क्षेत्रमा गुन्द्रुकको बजारीकरणका लागि सहयोग गर्ने प्रतिबद्धता जनाएकी हुन् । उनले पहिलो चरणमा हेटौंडामा रहेको साना तथा ठूला होटलहरुमा यहाँको उत्पादनलाई राख्नका लागि पहल गर्ने र बाह्य जिल्लामा बिक्रीका लागि आन्तरिक पहल गर्ने आश्वासन दिएकी छिन् ।
स्थानीय उत्पादनलाई बजारीकरण गर्ने कार्ययोजना अनुरुप मेयर लामाले मकवानपुरका होटल व्यवसायीसँग छलफल समेत गरेकी छिन् । छलफलमा होटल व्यवसायी संघ मकवानपुरका अध्यक्ष दिलिशगोबिन्द जोशीले मासिक १२ सय किलो गुन्द्रुक जिल्लामा खपत हुने गरेको र उक्त गुन्द्रुक बाहिरबाट ल्याउने गरेको बताए । हेटौंडामा उत्पादन भएको गुन्द्रुक बिक्रीका लागि पहल गर्ने उनले प्रतिबद्धता जनाए ।
१२ कार्तिक, हेटौंडा । इजरायलको आमनिर्वाचनमा झन्डै ९० प्रतिशत मतगणना सकिँदासमेत कुनै पनि राजनीतिक गठबन्धनले...
१२ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसको १५औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिका पदाधिकारी र...
१२ कार्तिक, हेटौंडा । सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणमा पहिलो जित निकालेको...
१२ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज दुई खेल हुँदैछन् । पहिलो खेलमा जनकपुर बोल्ट्स र...
१२ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। साथै बङ्गालको खाडीमा विकसित चक्रवात...
११ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्सले खेल्दैछन्...
११ कार्तिक, हेटौंडा । उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग नेपालका लागि संघीय गणतन्त्र जर्मनीका राजदूत उडो...
११ कार्तिक, हेटौंडा । उच्च पहाडी तथा हिमाली क्षेत्रहरूमा भारी हिमपात, हिमआँधी र हिमपहिरोको उच्च जोखिम रहेकाले...
११ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको र बिहीबारदेखि बङ्गालको खाडीमा विकसित चक्रवात...
३० असोज, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले हाल कर्णाली र सुदूरपश्चिम...
३० असोज, हेटौंडा । नेपाली कांग्रेस बागमती प्रदेशका सभापति एवम् पूर्वमुख्यमन्त्री इन्द्रबहादुर बानियाँ...
४ कार्तिक, हेटौंडा । बडा दशैं अर्थात् दुर्गापक्षको मुख्य दिन आज मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रुपमा शुभ...
३१ असोज, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले बडादशैं २०८३ का अवसरमा देश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली...
३१ असोज, हेटौंडा । पत्रकार किशोर श्रेष्ठ साइबर ब्युरोमा भएको छलफलपछि शनिबार साँझ रिहा भएका छन् । रिहा भएपछि...
३१ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५ औँ महाधिवेशनबाट निर्वाचित सभापति गगनकुमार थापाको शपथग्रहण आज हुने भएको छ...
२ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव छ। यसको असरका कारण देशका हिमाली तथा पहाडी भू-भागमा...
३ कार्तिक, हेटौंडा । आज नवदुर्गा भवानीको नवौँ स्वरूप देवी सिद्धिदात्रीको पूजा तथा आराधना गरिन्छ। यस दिन...
४ कार्तिक, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले विजया दशमीमा शुभसाइतमा गुरु पुरोहितबाट टीका जमरा ग्रहण गर्ने...










-nepal-1792111426.jpg)







