1000022971-1739788737.jpg
Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Adv-Manahari-1719378115.jpg

खेलकुद

मेयर कप फुटबल: हेटौंडा १ र १५ नम्बर विजयी

Screenshot_20240409_19272-1712670161.jpg

२७ चैत, हेटौंडा । मेयर कप फुटबल प्रतियोगिता–२०८० अन्तर्गत मंगलबार भएको खेलमा हेटौंडा वडा नम्बर १ र १५ विजयी भएको छ ।
हेटौंडा-५ स्थित पिप्लेक्याम्पा खेल मैदानमा जारी प्रतियोगितामा हेटौंडा १ ले १७ नम्बर वडालाई र हेटौंडा १५ ले २ नम्बर वडालाई पराजित गरेको हो । १ नम्बर वडाले १७ नम्बरलाई पेनाल्टी सुटआउटमा पराजित गर्यो भने हेटौंडा १५ ले २ नम्बर वडामाथि ५-० गोलले जित हासिल गर्यो ।
निर्धारित समय १-१ गोलको बराबरीमा टुंगिएपछि पेनाल्टीमा १ नम्बर वडा ५-४ गोल अन्तरमा विजयी भएको हो । खेलमा १ नम्बर वडाका विश्व लामा म्यान अफ दी म्याच घोषित भए । उनले केल्मीको तर्फबाट विशेष उपहार प्राप्त गरे ।
यसैगरी, हेटौंडा नम्बर वडाको १५ को तर्फबाट रिकेश श्रेष्ठले खेलको २० र ४८ औं मिनेटमा, विश्वास ब्लोनले २८ र ३५ औं मिनेटमा तथा अनिष लामाले खेलको ४१ औं मिनेटमा गोल गरेका थिए । खेलमा विश्वास ब्लोन म्यान अफ दी म्याच घोषित भए । उनलाई केल्मी शोरुम हेटौंडाले विशेष उपहार प्रदान गरेको थियो । 
हेटौंडामा जारी प्रतियोगितामा उपमहानगरका १९ वडाको सहभागिता रहेको छ । नगर खेलकुद विकास समिति हेटौंडाको आयोजनामा जारी प्रतियोगिताको विजेताले नगद २ लाख र उपविजेताले नगद १ लाख ५० हजार रुपैयाँ प्राप्त गर्नेछन् ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Kailash-1686118720.jpg
sanchar-rajitra-add-final-1711344560.gif
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-8-1739775157.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
आज राष्ट्रिय प्रजातन्त्र दिवस मनाइदै
Democresi-Day_-1739929029.jpg

७ फागुन, हेटौंडा । आज ७५ औँ ‘राष्ट्रिय प्रजातन्त्र दिवस’ देशका विभिन्न भागमा विविध कार्यक्रम आयोजना गरी...

मौसम मुख्यतया सफा रहने
kathmandu-sky-(1)-1739928689.jpg

७ फागुन, हेटौंडा । हाल देशमा पश्चिमी वायुको साथै पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको  छ।  यसको...

हेटौंडामा खानेपानीको मिटर चोर्ने २ जना नाबालक पक्राउ
102-1739887603.jpg

६ फागुन, हेटौंडा। विगत केही समयदेखि हेटौंडा २ र वडा नम्बर ४ र आसपास स्थानमा खानेपानीको धारामा जडान गरिएको मिटर...

रानीको वक्तृत्वकलामा बंशगाेपालका लामिछाने प्रथम
FB_IMG_1739886256906-1739886351.jpg

६ फागुन हेटाैडा । हेटाैडा- ६ चाैघडामा रहेकाे रानी सामुदायिक  वन उपभोक्ता  समूहले आयाेजना गरेकाे वक्तृत्वकला...

हेटौंडा ६ शान्तिटोलको सप्ताहको तयारी पूरा,बानियाँले उद्घाटन गर्ने
Screenshot_20250218_18044-1739881341.jpg

६ फागुन हेटाैडा । हेटाैडा-६ शान्तिटाेलमा रहेकाे शान्तिटाेल टाेल विकास संस्थाले फागुन ७ गतेदेखि शुरु गर्न...

दिगो शान्ति र सुशासनका लागि अहिलेको समिकरण:गृहमन्त्री लेखक
Screenshot_20250218_17552-1739880765.jpg

६ फागुन, हेटौंडा। गृहमन्त्री रमेश लेखकले दिगो शान्ति र सुशासनको यात्रालाई अगाडि बढाउन अहिलेको कांग्रेस, एमालेको...

रिंकुकुमारी मृत्यु घटना अनुसन्धान गर्न छानबिन समिति गठन
Screenshot_20250218_14311-1739868379.jpg

६ फागुन, हेटौंडा । सामूहिक बलात्कारमा परेकी सिरहाकी १७ वर्षीया रिंकुकुमारी सदाय मृत भेटिएको घटना अनुसन्धान गर्न...

भारतमा मृत्यु भएकी छात्रा लम्साललाई न्याय दिन ध्यानाकर्षण
1609234474-1739866430.jpg

६ फागुन, हेटौंडा । राष्ट्रिय सभाले भारतमा मृत्यु भएकी छात्रा प्रकृति लम्साललाई न्याय र नेपाली विद्यार्थीको...

नेपाली बजारमा सुनको मूल्य बढ्यो
gold-1739865851.png

६ फागुन, हेटौंडा । नेपाली बजारमा मंगलबार सुनको मूल्य बढेको छ । छापावाल सुनको मूल्य तोलामा ७०० रुपैयाँ बढेको हो...

थप समाचार