२९ चैत, हेटौंडा । नेकपा (एकीकृत समाजवादी) मकवानपुरको आगामी वैशाख १५ र १६ मा हुन लागेको जिल्ला अधिवेशनका लागि आवश्यक तयारीलाई तिब्रता दिइएको छ ।
हेटौंडास्थित रोयल पार्टी प्लालेशमा विहान ११ बजेबाट सुरु हुने अधिवेशनको एकीकृत समाजवादीका केन्द्रीय अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री माधव कुमार नेपालले उद्घाटन गर्ने तयारी छ । अधिवेशनले पार्टी मकवानपुरका लागि नयाँ नेतृत्व चयन गर्नेछ ।
बुधबार पार्टी मकवानपुरका अध्यक्ष विष्णु प्रसाद दाहालको अध्यक्षतामा बसेको जिल्ला कमिटी मकवानपुरको बैठकले अधिवेशन सफलतापूवर्क सम्पन्न गर्न विभिन्न उप समितीहरु गठन गर्ने निर्णय गरेको छ ।
अधिवेशनको आवश्यक तयारीका लागि विष्णुप्रसाद दाहालको संयोजकत्वमा जनपरिचालन उप समिति र प्रतिवेदन तयारी उपसमिति, ध्रुवबहादुर भुजेलको संयोजकत्वमा प्रतिनिधी व्यवस्थापन उप समिति र आर्थिक उप समिति, कविन पन्तको संयोजकत्वमा हल तथा मञ्च व्यवस्थापन उप समिति, किरणमान बलको संयोजकत्वमा स्वयम् सेवक उप समिति गठन गरिएको छ ।
यस्तै, रामकुमार एलनको संयोजकत्वमा प्रचार प्रसार उपसमिति, किशोर टन्डनको संयोजकत्वमा आवास तथा भोजन व्यवस्थापन उप समिति, लोकनाथ दाहालको संयोजकत्वमा स्वास्थ्य उप समिति, सानुभाई विकको संयोजकत्वमा सांस्कृतिक उप समिति गठन गरिएको छ ।
बैठकमा एकीकृत समाजवादीका स्थायी कमिटि सदस्य ललितबहादुर बस्नेत, पार्टी स्थायी कमिटि सदस्य एवम् पूर्व स्वास्थ्यमन्त्री विरोध खतिवडा, केन्द्रिय सदस्य एवम् मकवानपुर इन्जार्ज मुनु सिग्देल, केन्द्रीय सदस्य राजाराम स्याङ्तान, पार्टी बागमती प्रदेश समितिका सचिव समेत रहेका बागमती प्रदेश सरकारका श्रम, रोजगार तथा यातायात मन्त्री, पार्टी केन्द्रिय सदस्य एवम् हेटौंडा उपमहानगरपालिकाका प्रमुख मीना कुमारी लामा, पार्टी केन्द्रीय परिषद् सदस्य यादव गजुरेल लगायतको आतिथ्यता थियो ।
११ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्सले खेल्दैछन्...
११ कार्तिक, हेटौंडा । उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग नेपालका लागि संघीय गणतन्त्र जर्मनीका राजदूत उडो...
११ कार्तिक, हेटौंडा । उच्च पहाडी तथा हिमाली क्षेत्रहरूमा भारी हिमपात, हिमआँधी र हिमपहिरोको उच्च जोखिम रहेकाले...
११ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको र बिहीबारदेखि बङ्गालको खाडीमा विकसित चक्रवात...
१० कार्तिक, हेटौंडा । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुनको मूल्य आज प्रतितोला ८ सय रुपैयाँले बढेको हो । आज...
१० कार्तिक, हेटौंडा । इजरायलमा संसद् नेसेटका १२० सिटका लागि आज निर्वाचन हुँदैछ । स्थानीय समयअनुसार बिहान ७...
१० कार्तिक, हेटौंडा । इंग्ल्यान्डका कप्तान तथा जर्मन क्लब बायर्न म्युनिखका स्ट्राइकर ह्यारी केनले यसपटकको...
१० कार्तिक, हेटौंडा । सोलुखुम्बुस्थित आमादब्लम हिमालमा लडेर एक जर्मन आरोहीको मृत्यु भएको छ । ६ हजार ८१४ मिटर...
१० कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिगमा मंगलबार दुई खेल हुँदैछन् । एनपीएलमा आज बिहान चितवन राइनोज र...
३० असोज, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले हाल कर्णाली र सुदूरपश्चिम...
२९ असोज, हेटौंडा । संसदीय सुनुवाइ समितिले दुई देशका लागि प्रस्तावित राजदूतकाे नाम अस्वीकृत गरेको छ। बुधबार...
३० असोज, हेटौंडा । नेपाली कांग्रेस बागमती प्रदेशका सभापति एवम् पूर्वमुख्यमन्त्री इन्द्रबहादुर बानियाँ...
४ कार्तिक, हेटौंडा । बडा दशैं अर्थात् दुर्गापक्षको मुख्य दिन आज मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रुपमा शुभ...
३१ असोज, हेटौंडा । पत्रकार किशोर श्रेष्ठ साइबर ब्युरोमा भएको छलफलपछि शनिबार साँझ रिहा भएका छन् । रिहा भएपछि...
३१ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५ औँ महाधिवेशनबाट निर्वाचित सभापति गगनकुमार थापाको शपथग्रहण आज हुने भएको छ...
२९ असोज, हेटौंडा । हाल देशमा पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले हाल देशका हिमाली र...
३१ असोज, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले बडादशैं २०८३ का अवसरमा देश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली...
२९ असोज, हेटौंडा । शारदीय नवरात्रको पाँचौँ दिन आश्विन शुक्ल पञ्चमीका अवसरमा आज नवदुर्गा भवानीको पाँचौँ स्वरूप...









-nepal-1792111426.jpg)







