Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

हेटौंडामा संचार क्षेत्रको वर्तमान सम्भावना र चुनौती बारे अन्तरक्रिया

Screenshot_20240412_10063-1712895907.jpg

कार्यक्रम समुद्घाटन गर्दै उपप्रमुख बानियाँ

३० चैत, हेटौंडा।  हेटौंडामा संचार क्षेत्रको वर्तमान सम्भावना र चुनौती बिषयक अन्तरक्रिया तथा कार्यशालाको आयोजना गरिएको छ।हेटौंडा उपमहानगरपालिकाको सहयोग तथा नेपाल पत्रकार महासंघ मकवानपुरको आयोजनामा उक्त अन्तरक्रिया तथा कार्यशालाको भएको हो।

नेपाल पत्रकार महासंघ मकवानपुरका अध्यक्ष मणिराज गौतमको अध्यक्षता भएको कार्यक्रमलाई  हेटौंडाका उपमेयर राजेश बानियाँलेे अन्तरक्रिया तथा कार्यशाला गोष्ठीको समुद्घाटन गरेका थिए। कार्यक्रमका प्रमुख अतिथि नगर उपप्रमुख बानियाँले कार्यशाला गोष्ठीलाई  सम्बोधन गर्दै हेटौंडा उपमहानगरपालिकाले पनी संचार माध्यमका लागि समानुपातिक विज्ञापन प्रणालीलाई सुरुवात गरिने प्रतिवद्धता व्यक्त गरेका थिए।उनले कार्यक्रमलाई सम्बोधनका क्रममा तिनै तहका सरकारको प्रतिपक्ष पत्रकार रहेको तर संचारकर्मीले आचार संहित पालनमा ध्यान दिनुपर्ने कुरामा जोड दिए। 

अन्तरक्रिया तथा कार्यशाला गोष्ठीमा समाजवादी प्रेस संगठन नेपालका अध्यक्ष विश्वमणि सुवेदी,नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य सुनील खडका, मकवानपुरका प्रमुख जिल्ला अधिकारी सूर्य प्रसाद सेढाई,नेपाल पत्रकार महासंघ बागमती प्रदेशका संस्थापक अध्यक्ष प्रताप बिष्ट,बागमती प्रदेशका उपाध्यक्ष रुपेश दुलाल,नानीमायाँ कार्की(सम्झना),हेटौंडा उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राम बाबु पुरी, प्रेस चौतारी नेपाल मकवानपुरका अध्यक्ष बाल कृष्ण चौलागाई, नेपाल पत्रकार महासंघ मकवानपुरका पुर्व अध्यक्ष राममणि दाहाल लगायतले वर्तमान सन्दर्भमा संचारजगत, संचारकर्मीको अवसर चुनौती र सम्भावनाबारे चर्चा गरेका थिए। कार्यक्रममा पत्रकार सुनिल शिवाकोटी, जि. न्यौपाने लगायतले सामाजिक संजालले पत्रकारितामा उब्जाएको समस्या,अवसर र वदलितो समयमा र आर्थिक संकटमा देखा परेको चुनौतीको बारेमा मन्तव्य व्यक्त गरेका थिए ।

कार्यक्रममा प्रेस नेपालका अध्यक्ष मनोज ढोडरी, नेपाल पत्रकार महासंघ बागमती प्रदेशका उपाध्यक्ष रुपेश दुलाल, महासचिव कृष्ण सारु मगर, मकवानपुरका निमित्त प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक लक्ष्मी भण्डारी, नेपाल पत्रकार महासंघ मकवानपुरका अध्यक्षहरु नवराज शर्मा,भानुभक्त आचार्य लगायत विभिन्न संचारमाध्यमा कार्यरत संचारकर्मीहरुको उपस्थिति रहेको थियो।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्सले खेल्दै
Nepal_Premier_League_offi-1793149654.png

११ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्सले खेल्दैछन्...

उपराष्ट्रपति र जर्मनीका राजदूतबीच भेटवार्ता
vice-prisident-udo-ujen-1793149094.jpg

 ११ कार्तिक, हेटौंडा । उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग नेपालका लागि संघीय गणतन्त्र जर्मनीका राजदूत उडो...

कात्तिक १२ देखि १४ गतेसम्म पदयात्रा नगर्न अध्यागमनको आग्रह
Padyatra_OSSnrMIcsF_btCFJ-1793148759.jpg

११ कार्तिक, हेटौंडा । उच्च पहाडी तथा हिमाली क्षेत्रहरूमा भारी हिमपात, हिमआँधी र हिमपहिरोको उच्च जोखिम रहेकाले...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1793148451.jpg

११ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको र बिहीबारदेखि बङ्गालको खाडीमा विकसित चक्रवात...

सुनको मूल्य बढ्यो, चाँदीको घट्यो
Gold-1793083660.jpg

१० कार्तिक, हेटौंडा । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुनको मूल्य आज प्रतितोला ८ सय रुपैयाँले बढेको हो । आज...

इजरायलमा आज निर्वाचन हुँदै
benjamin-netanyahu-178627-1793065886.jpg

१० कार्तिक, हेटौंडा । इजरायलमा संसद् नेसेटका १२० सिटका लागि आज निर्वाचन हुँदैछ । स्थानीय समयअनुसार बिहान ७...

ह्यारी केनलाई बालोन डी’ओर अवार्ड
ken-1793063053-1793065630.jpg

१० कार्तिक, हेटौंडा । इंग्ल्यान्डका कप्तान तथा जर्मन क्लब बायर्न म्युनिखका स्ट्राइकर ह्यारी केनले यसपटकको...

आमादब्लममा एक जर्मन आरोहीको मृत्यु
Mount-Everest-1793065451.png

१० कार्तिक, हेटौंडा । सोलुखुम्बुस्थित आमादब्लम हिमालमा लडेर एक जर्मन आरोहीको मृत्यु भएको छ । ६ हजार ८१४ मिटर...

एनपीएलमा मंगलबार दुई खेल हुँदै
Nepal_Premier_League_offi-1793064964.png

१० कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिगमा मंगलबार दुई खेल हुँदैछन् ।  एनपीएलमा आज बिहान चितवन राइनोज र...

थप समाचार