कार्यक्रम समुद्घाटन गर्दै उपप्रमुख बानियाँ
३० चैत, हेटौंडा। हेटौंडामा संचार क्षेत्रको वर्तमान सम्भावना र चुनौती बिषयक अन्तरक्रिया तथा कार्यशालाको आयोजना गरिएको छ।हेटौंडा उपमहानगरपालिकाको सहयोग तथा नेपाल पत्रकार महासंघ मकवानपुरको आयोजनामा उक्त अन्तरक्रिया तथा कार्यशालाको भएको हो।
नेपाल पत्रकार महासंघ मकवानपुरका अध्यक्ष मणिराज गौतमको अध्यक्षता भएको कार्यक्रमलाई हेटौंडाका उपमेयर राजेश बानियाँलेे अन्तरक्रिया तथा कार्यशाला गोष्ठीको समुद्घाटन गरेका थिए। कार्यक्रमका प्रमुख अतिथि नगर उपप्रमुख बानियाँले कार्यशाला गोष्ठीलाई सम्बोधन गर्दै हेटौंडा उपमहानगरपालिकाले पनी संचार माध्यमका लागि समानुपातिक विज्ञापन प्रणालीलाई सुरुवात गरिने प्रतिवद्धता व्यक्त गरेका थिए।उनले कार्यक्रमलाई सम्बोधनका क्रममा तिनै तहका सरकारको प्रतिपक्ष पत्रकार रहेको तर संचारकर्मीले आचार संहित पालनमा ध्यान दिनुपर्ने कुरामा जोड दिए।
अन्तरक्रिया तथा कार्यशाला गोष्ठीमा समाजवादी प्रेस संगठन नेपालका अध्यक्ष विश्वमणि सुवेदी,नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य सुनील खडका, मकवानपुरका प्रमुख जिल्ला अधिकारी सूर्य प्रसाद सेढाई,नेपाल पत्रकार महासंघ बागमती प्रदेशका संस्थापक अध्यक्ष प्रताप बिष्ट,बागमती प्रदेशका उपाध्यक्ष रुपेश दुलाल,नानीमायाँ कार्की(सम्झना),हेटौंडा उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राम बाबु पुरी, प्रेस चौतारी नेपाल मकवानपुरका अध्यक्ष बाल कृष्ण चौलागाई, नेपाल पत्रकार महासंघ मकवानपुरका पुर्व अध्यक्ष राममणि दाहाल लगायतले वर्तमान सन्दर्भमा संचारजगत, संचारकर्मीको अवसर चुनौती र सम्भावनाबारे चर्चा गरेका थिए। कार्यक्रममा पत्रकार सुनिल शिवाकोटी, जि. न्यौपाने लगायतले सामाजिक संजालले पत्रकारितामा उब्जाएको समस्या,अवसर र वदलितो समयमा र आर्थिक संकटमा देखा परेको चुनौतीको बारेमा मन्तव्य व्यक्त गरेका थिए ।
कार्यक्रममा प्रेस नेपालका अध्यक्ष मनोज ढोडरी, नेपाल पत्रकार महासंघ बागमती प्रदेशका उपाध्यक्ष रुपेश दुलाल, महासचिव कृष्ण सारु मगर, मकवानपुरका निमित्त प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक लक्ष्मी भण्डारी, नेपाल पत्रकार महासंघ मकवानपुरका अध्यक्षहरु नवराज शर्मा,भानुभक्त आचार्य लगायत विभिन्न संचारमाध्यमा कार्यरत संचारकर्मीहरुको उपस्थिति रहेको थियो।
१८ भदौ, हेटौंडा । बागमती प्रदेश सरकारले चेपाङ समुदायले मनाउने सांस्कृतिक पर्व न्वागी (छोनाम) को अवसरमा सार्वजनिक...
१८ भदौ, हेटौंडा । मकवानपुरको मकवानपुरगढी गाउँपालिका–४ ज्वालादेवीस्थित एक घरमा राति आगलागी भएको छ । स्थानीय...
१८ भदौ, हेटौंडा । रसुवास्थित भोटेकोशी नदीको बाढीमा परी मृत्यु भएका एक हजार २२२ जनाको शव फेला परेको छ । ३४ बालक, ४३...
१८ भदौ, हेटौंडा । एसिसी प्रिमियर कपको तेस्रो संस्करणको दोस्रो खेलमा आज नेपालले आयोजक मलेसियाको सामना गर्दैछ...
१८ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा...
१७ भदौ, हेटौंडा । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषबाट एक अर्ब रुपैयाँ तत्कालै बाढी प्रभावित क्षेत्रमा...
१७ भदौ, हेटौंडा । काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिकाकी भवन निर्माण तथा बस्ती विकास शाखाकी प्रमुख इन्जिनियर...
१७ भदौ, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज दिउँसो १ बजे बस्दै छ । आजको बैठकमा सभामुख डोलप्रसाद अर्यालले...
१६ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा...
८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरको नियुक्तिबारे परेको रिटमा दुबै पक्षलाई छलफलका लागि...
८ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टीको विवादका कारण बागमती प्रदेशमा अन्यौलता उत्पन्न भएको छ ।...
५ भदौ, हेटौंडा । हेटौंडा-१९ बस्तिपुरस्थित बासुदेव खोलाले बगाएर बेपत्ता भएकी ११ वर्षीया सुमित्रा ब्लोनको शव फेला...
४ भदौ, हेटौंडा । बागमती प्रदेशका ६ जना मन्त्रीले शपथग्रहण गरेका छन् । प्रदेशप्रमुख दिपक देवकोटाले उनीहरूलाई...
६ भदौ, हेटौंडा । राप्रपाले बागमतीमा मन्त्री बनेका तीन सांसदलाई किन कारबाही नगर्ने भन्दै अल्टिमेटमसहित...
८ भदौ, हेटौंडा । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशसभाबाट विश्वासको मत प्राप्त गरेका छन्।...
८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले आज प्रदेश सभाबाट विश्वासको मत लिँदै छन्। सोमबार...
९ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...
१० भदौ, हेटौंडा । रसुवास्थित भोटेकोशी नदीमा बुधबार बिहान आएको बाढीका कारण साँझ ७ बजेसम्म ९५ जनाको मृत्यु भएको...


















