२ बैशाख, हेटौडा । हेटौडा–६, चौघडामा रहेको चौघडा बचत तथा ऋण सहकारी संस्थाले आफ्नो १६ औं स्थापना दिवस विविध कार्यक्रम गरि मनाएको छ ।
संस्थाले आइतबार संस्थाले ज्येष्ठ शेयर सदस्य सम्मान, बाल बचतकर्तालाई पुरस्कार वितरण र हेटौडा–६ मा रहेका विभिन्न सहकारी संस्था, टोल विकास संस्था र संघसंस्थाहरसँग विशेष सम्वाद कार्यक्रम आयोजना गरेको थियो ।कार्यक्रममा संस्थाका ज्येष्ठ शेयर सदस्य पूर्ण बहादुर राई, जीवकुमारी दंगाललाई दोसल्ला ओढाएर सम्मान गर्नुको साथै अन्य सदस्यहरुलाई नगद सहित पुरस्कृत गरिएको थियो। त्यसैगरी बालबचत तर्फ आरिया राई र आर्दश थापालाई पुरस्कृत गरिएको थियो ।
स्थापना दिवसको अवसरमा सहकारीले वडा स्तरीय संस्थाहरुसँग सहकारी विशेष सम्वाद कार्यक्रम समेत सम्पन्न गरेको छ ।हेटौडा–६ का वडा अध्यक्ष विष्णु बहादुर दाहालको प्रमुख आतिथ्यता एवम सहकारीका अध्यक्ष विजय कुमार श्रेष्ठको सभाध्यक्षतामा सहकारी संवाद कार्यक्रम भएको थियो । कार्यक्रममा सहकारीका उपाध्यक्ष त्रिविक्रम मानन्धर, सचिव अर्जुन प्रसाद हुमागाई, टोल विकास संस्था वडा समन्वय समिति, हेटौडा–६ का अध्यक्ष बासुदेव खतिवडा, शान्तिटोल विकास संस्थाका अध्यक्ष केशव धिताल, गविी निवारण सहकारीका सचिव शरद श्रेष्ठ, सञ्चारकर्मी, कर्मचारी, शेयर सदस्य लगायतको सहभागिता रहेको थियो।स्थापनाको अवसरमा सोमवार संस्थाको कार्यालय, चौघडामा नवजीवन ज्योति क्लव र गुप्तेश्वरी टोल विकास संस्थाको समन्वयमा रक्तदान कार्यक्रमको आयोजना गरिने संस्थाले जनाएको छ।
८ भदौ, हेटौंडा । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशसभाबाट विश्वासको मत प्राप्त गरेका छन्।...
८ भदौ, हेटौंडा । बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री किरण थापा मगरले प्रदेशसभाबाट विश्वासको मत लिन बोलाईएको...
८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरको नियुक्तिबारे परेको रिटमा दुबै पक्षलाई छलफलका लागि...
८ भदौ, हेटौंडा । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुन तोलामा ३ हजार २ सय रुपैयाँ बढेको हो । आज सुन प्रतितोला ३...
८ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टीको विवादका कारण बागमती प्रदेशमा अन्यौलता उत्पन्न भएको छ ।...
८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले आज प्रदेश सभाबाट विश्वासको मत लिँदै छन्। सोमबार...
८ भदौ, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे बस्ने भएको हो। बैठकमा सर्वप्रथम उद्योग,...
८ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जनाएको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास...
७ भदौ, हेटौंडा । बाराको जितपुर सिमरा उपमहानगरपालिका-१ की तीन वर्षीया बालिका गरिमा चौधरीमाथि भएको जघन्य अपराधको...
२६ साउन, हेटौंडा । पर्साको वीरगञ्जबाट स्रोत नखुलेको ५२ लाख ५० हजार नेपाली रुपैयाँसहित ४ जना पक्राउ परेका छन्...
३० साउन, हेटौंडा । नेपाल आयल निगमको समन्वयमा आइतबार खाना पकाउने एलपी ग्याँस बिक्री गरिने भएको छ। निगमको समन्वयमा...
२८ साउन, हेटौंडा । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले आफु राष्ट्रिय एकता सुदृढ गर्न स्वदेश...
२९ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको...
२९ साउन, हेटौंडा । बागमती प्रदेश सरकारका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले भदौ १ गते विश्वासको मत लिने भएका...
२६ साउन, हेटौंडा । नेपाल क्रिकेट संघ (क्यान) ले सन्दीप लामिछानेको कप्तानीमा एसीसी प्रिमियर कपका लागि राष्ट्रिय...
२७ साउन, हेटौंडा । नेपाली बजारमा सुनको मूल्य घटेको छ । सुन तोलामा १२ सयले घटेको हो । आज छापावाल सुनको मूल्य...
३ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बागमती प्रदेशसभामा नेकपा एमालेका किरण थापालाई...
२७ साउन, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री एवं नेपाली कांग्रेस बागमती प्रदेश सभापति इन्द्रबहादुर...














-1786686763.jpg)



-1786539267.jpg)