४ माघ, हेटौँडा । निर्वाचन आयोगले मंसिर १० र २१ गते दुई चरणमा भएको प्रदेशसभा सदस्य चुनावको समानुपातिक निर्वाचन प्रणालीअन्तर्गत निर्वाचित भएका उम्मेदवारको नाम घोषणा गरेको छ ।
चुनावको मत परिणामअनुसार राजनीतिक दलले बन्दसूचिमा पेश गरी समावेशी सिद्धान्तअनुसार निर्वाचित भएको घोषणा गर्न सिफारिश गरेका उम्मेदवारमध्ये बाटै नाम घोषणा गरिएको आयोगका प्रवक्ता नवराज ढकालले जानकारी दिए ।
प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादवको अध्यक्षतामा बुधबार बसेको आयोगको बैठकले सातवटै प्रदेशबाट समानुपातिक निर्वाचन प्रणालीतर्फबाट निर्वाचित हुने उम्मेदवारको नामावलीलाई टुंगो लगाएको हो ।
प्रदेशसभा सदस्य निर्वाचनमा सात वटा प्रदेशबाट समानुपातिक निर्वाचन प्रणालीमार्फत जम्मा २२० जना उम्मेदवार निर्वाचित हुने व्यवस्था छ ।
दलहरुले प्राप्त गरेको मतलाई सेन्ट लग विधिबाट सिटमा रुपान्तरण गरी सिट यकिन गरेपछि राजनीतिक दलले छनौट गरी आयोगसमक्ष पठाएका उम्मेदवारलाई प्रदेशसभा सदस्यमा चयन गरिएको प्रवक्ता ढकालले जानकारी दिए ।
निर्वाचित उम्मेदवारको नामावली सम्बन्धित प्रदेश प्रमुखसमक्ष पठाउन, निर्वाचित उम्मेदवारलाई प्रमाणपत्र प्रदान गर्न, सम्बन्धित राजनीतिक दललाई जानकारी गराउन तथा निर्वाचित उम्मेदवारको नामावली नेपाल राजपत्रमा अतिरिक्ताङ्क गरी प्रकाशन गर्ने निर्णय भएको ढकालले बताए ।
प्रदेशसभाका समानुपातिकतर्फका निर्वाचित उम्मेदवारलाई आ–आफ्नो राजनीतिक दलसँग समन्वय गरी यहि माघ ५ गते शुक्रबार दिउँसो १ बजे आयोगमै प्रमाणपत्र प्रदान गर्ने कार्यक्रम राखिएको छ । आयोगले निर्वाचित सदस्यलाई आयोगले नागरिकता वा परिचय खुल्ने प्रमाणपत्र लिएर आउन भनेको छ ।
९ असार, हेटौंडा । कैलालीको नेपालभारत सिमाना क्षेत्रबाट नेपाली प्रहरीले कटुवा पेस्तोलसहित दुई जना भारतीय...
९ असार, हेटौंडा । संघीय संसद्को दुवै सदनको बैठक आज बस्दैछ । बैठक बिहान ११ बजे बस्ने भएको हो । बैठकमा विनियोजन...
९ असार, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश र...
८ असार, हेटौंडा । एसीसी मेन्स यू–१६ इस्ट जोन कपमा नेपालले विजयी सुरुवात गरेको छ । मलेसियाको यूकेएम ओभल मैदानमा...
८ असार, हेटौंडा । सभामुख देवराज घिमिरेले सांसद अमरेशकुमार सिंहले संसदमा दिएको ‘पाँच-सात वटा जिल्लाबाहेक अरु...
८ असार, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। जसको प्रभावले कोशी, बागमती, मधेस र गण्डकी प्रदेशसहित ...
८ असार, हेटौंडा । मलेसियामा आजदेखि एसिसी पुरुष यु-१६ पूर्वी क्षेत्रीय क्रिकेट प्रतियोगिता शुरु हुँदैछ। एसियाली...
७ असार, हेटौंडा । अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा हेटौंडा-७ मा बृहत बृक्षारोपण गरिएको छ । हेटौंडा-७ नम्बर वडा...
७ असार, हेटौंडा। मकवानपुरको हेटौंडा वडा नम्बर २ वनस्खण्डीमा कुकुरको टोकाइबाट बच्न भाग्ने क्रममा एक बालक...
२९ जेठ, हेटौंडा । हेटौंडा-१० मा राप्तीरोडमा रहेको दास इम्पोरियमका संचालकमाथि कुटपिटमा संलग्नताको आरोपमा ९ जना...
२६ जेठ, हेटौंडा । मकवानपुर प्रहरीले १० किलो ४०० ग्राम लागूऔषध गाँजासहित २ जना महिलालाई पक्राउ गरेको...
५ असार, हेटौंडा । मकवानपुरको थाहानगरमा धारिलो हतियार प्रहार गरी महिलाको मृत्यु भएको छ। महिलालाई देवरले धारिलो...
४ असार, हेटौंडा। हेटौँडा उपमहानगरपालिका–१ का वडाध्यक्ष तथा नगर प्रवक्ता तथा नेपाली काँग्रेस हेटौंडा नगर सचिव...
७ असार, हेटौंडा । चितवनमा भएको सवारी दुर्घटनामा मृत्यु भएका ७ जनामध्ये दुई जनाको पहिचान खुलेको छ। पहिचान...
२६ जेठ, हेटौंडा। भर्खरै बागमती प्रदेश प्रहरी प्रमुखको सरुवा भई आएका प्रहरी नायब महानिरीक्षक अरुण पौडेलले...
२७ जेठ, हेटौंडा। मकवानपुरको कैलाश गाउँपालिकाले कक्षा ४ र ५ को स्थानीय पाठ्यपुस्तक हाम्रो कैलाशको विषयमा...
२९ जेठ, हेटौंडा । हेटौंडा-१० मा राप्तीरोडमा रहेको दास इम्पोरियमका संचालकमाथि कुटपिट भएको छ । राप्तीरोडमा रहेका...
२८ जेठ, हेटौंडा। कैलाश गाउँपालिकाका अध्यक्ष लोकबहादुर मुक्तानले विभिन्न रोगव्यादीका साथै प्राकृतिक विपद्का...