Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

१३० किलो लागु औषध गाँजासहित ७ जना पक्राउ

dd-1713358724.jpg

५ वैशाख, हेटौंडा । नेपाली सेना र पर्सा राष्ट्रिय निकुञ्ज प्रशासनको सयुक्त गस्ती टोलिले पर्सा राष्ट्रिय निकुञ्जको बाटो भएर वीरगञ्जतर्फ लैजादै गरेको अवस्थामा लागुऔषध गाँजासहित मकवानपुरका ७ जनालाई पक्राउ गरेको छ । 
पक्राउ पर्नेहरुमा जिल्लाको कैलाश गाउँपालिका वडा नम्बर ४ का २८ वर्षीय बम बहादुर चेपाङ, सोही ठाउँका २७ वर्षीय विरमान प्रजा र २७ का हरि कुमार प्रजा रहेका छन् । यस्तै मनहरी गाउँपालिका वडा नम्बर ५ का ३६ वर्षीय दिपक थापा मगर, वडा नम्बर ३ का ४४ वर्षीय रामहरी लुईटेल र राक्सिराङ गाउँपालिका वडा नम्बर ७ का १९ वर्षीय टिकाराम प्रजा र एक जना नाबालक रहेका छन् । 
सेना र निकुञ्जको टोलीले उनीहरुलाई ४ गते दिउँसो २ः३० बजेको समयमा मकवानपुरको मनहरी गाउँपालिका वडा नम्बर–४ माथिल्लो मसिने हुँदै बोरामा गाँजा बोकेर पैदल पर्सातर्फ लैजाँदै गरेको अवस्थामा फेला पारेको प्रहरी प्रवक्ता भण्डारीले जानकारी दिए । 
निकुञ्ज र सेनाको टोलीले फेला पारेको लागुऔषध गाँजाका विषयमा प्रहरीलाई खबर गरेपछि जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट प्रहरी वरिष्ठ नायव निरीक्षक प्रकाश सिम्खडा र इलाका प्रहरी कार्यालय नेवारपानीबाट प्रहरी नायव निरीक्षक रामशरण दुलालको कमान्डमा खटिएको प्रहरी टोलीले उनीहरुलाई नियन्त्रणमा लिएको थियो । पक्राउ परेकाहरुको बिषयमा थप अनुसन्धान भइरहेको प्रवक्ता भण्डारीले बताए ।
 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
गरिमाको परिवार र सरकारबीच तीनबुँदे सहमति
Garima-death-1787447441.jpg

७ भदौ, हेटौंडा । बाराको जितपुर सिमरा उपमहानगरपालिका-१ की तीन वर्षीया बालिका गरिमा चौधरीमाथि भएको जघन्य अपराधको...

मध्यम वर्षाको सम्भावना
rain-weather-1787447005.jpg

७ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...

सुदूरपश्चिमका तीन मन्त्री र दुई राज्यमन्त्रीले लिए शपथ
sarkar-1787334429-1787362796.png

६ भदौ, हेटौंडा । सुदूरपश्चिम प्रदेशका तीन मन्त्री र दुई राज्यमन्त्रीले शपथग्रहण गरेका छन् । शुक्रबार साँझ प्रदेश...

बागमतीका तीन मन्त्रीलाई राप्रपाले सोध्यो स्पष्टीकरण
1701944755_raprapa-1200x5-1787362283.jpg

६ भदौ, हेटौंडा । राप्रपाले बागमतीमा मन्त्री बनेका तीन सांसदलाई किन कारबाही नगर्ने भन्दै अल्टिमेटमसहित...

मध्यम वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1787361795.jpg

६ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...

जापानिज इन्सेफलाइटिसबाट दुई जनाको मृत्यु
JI-1787301421.jpg

५ भदौ, हेटौंडा । कैलालीमा जापानिज इन्सेफलाइटिसका कारण दुई जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा घोडाघोडी...

हेटौंडामा खोलाले बगाएर बेपत्ता अर्की बालिकाको शव भेटियो
HTD-1787286436.jpg

५ भदौ, हेटौंडा । हेटौंडा-१९ बस्तिपुरस्थित बासुदेव खोलाले बगाएर बेपत्ता भएकी ११ वर्षीया सुमित्रा ब्लोनको शव फेला...

वायुसेवा निगमका कार्यकारी अध्यक्ष श्रेष्ठको नियुक्ति बदर
Maheshwor-prasad-shrestha-1787276073.jpg

५ भदौ, हेटौंडा । नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष महेश्वरभक्त श्रेष्ठको नियुक्ति सर्वोच्च अदालतले बदर...

मध्यम वर्षाको सम्भावना
rain-weather-1787275833.jpg

५ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...

थप समाचार