५ बैशाख, हेटौंडा । साहित्यकार पारिजातको स्मृतिमा स्थापित पारिजात स्मृति साहित्य सम्मान २०८० साहित्यकार एवम् स्वास्थ्य सेवी डा. महेश मास्केलाई प्रदान गरिएको छ । साहित्य सङ्गम मकवानपुर र आदर्श टोल विकास संस्थाले हेटौंडा–१० नम्बर वडा कार्यालयसँगको सहकार्यमा प्रदान गर्दै आएको नगद १५ हजार पाँच सय ५५ रुपैयाँ राशीको सम्मान यसवर्ष डा. मास्केलाई प्रदान गरिएको हो ।
३१ औँ पारिजात स्मृति दिवसको अवसरमा बुधबार हेटौंडामा आयोजित एक कार्यक्रमकाबीच हेटौंडा–१० का वडाध्यक्ष फुर्वा दोर्जे लामा, सङ्गमका अध्यक्ष डिबी वर्तौला, सर्जक सञ्जाल मकवानपुरका संयोजक निमेष निखिललगायतले मास्केलाई नगदसहित सम्मानपत्र प्रदान गरेका हुन् । पारिजात स्मृति केन्द्रका पूर्वअध्यक्षसमेत रहेका मास्केले पारिजातको व्यक्तित्व र कृतित्वको प्रवद्र्धनका साथै नेपाली साहित्य र स्वास्थ्य क्षेत्रको उन्नयनमा महत्वपूर्ण भूमिका खेलेको भन्दै सम्मान प्रदान गरिएको हो ।
नेपाल स्वास्थ्य अनुसन्धान परिषद्का कार्यकारी निर्देशकसमेत भइसकेका डा. मास्के चीनका लागि नेपालका पूर्वराजदूतसमेत हुन् । स्वास्थ्य क्षेत्रको विकासमा विभिन्न निकायमा बसेर भूमिका निर्वाह गरेका मास्केले साहित्य क्षेत्रमा पनि उत्तिकै काम गर्दै आएका छन् । उनले २०४१ सालमै ‘भोकका कैदीहरुसँग’ कविता सङ्ग्रह प्रकाशित गरेका थिए ।
साहित्य सङ्गम र आदर्श टोल विकास संस्थाले पारिजात स्मृति दिवसको अवसरमा हरेक २ वर्षमा एक विशिष्ट व्यक्तित्वलाई सम्मान गर्दै आएको छ । यसअघि २०७८ सालमा सिर्जना शर्मालाई सम्मान गरिएको थियो । यसपटकको पारिजात स्मृति सम्मान ग्रहण गर्दै डा. मास्केले आफूले सम्मानबापत प्राप्त गरेको नगद १५ हजार पाँच सय ५५ रुपैयाँमा त्यति नै रकम थपेर साहित्य सङ्गमले निर्माण गर्दै गरेको अक्षयकोषमा सहयोग प्रदान गरे । साहित्यको उन्नयनमा लागेको संस्थालाई थप मजबुत बनाउनको लागि आफूले पाएको सम्मानमा रकम थप गरी सहयोग गरेको मास्केले बताए ।
पारिजात स्मृति दिवसको अवसरमा बुधबार बिहान साहित्यकारहरुले हेटौंडा–१० बसपार्कमा रहेको पारिजातको प्रतिमामा माल्यापर्ण गरेका थिए । माल्यार्पणपछिको कार्यक्रममा साहित्यकार शान्तिप्रिय वन्दनाले पारिजातले नेपाली साहित्यको क्षेत्रमा पु¥याएको योगदानको चर्चा गरेकी थिइन् । पारिजात एक सशक्त प्रगतिवादी र नारीवादी साहित्यकार रहेको भन्दै बन्दनाले उनले नेपाली साहित्यको उन्नयनमा महत्वपूर्ण योगदान गरेको बताइन् ।
कार्यक्रममा भवानी तिमल्सिना र रजनी पौडेलले पारिजातका कविता वाचन गरेका थिए । कार्यक्रममा हेटौंडा–१० का वडाध्यक्ष फुर्वा दोर्जे लामा, सर्जक सञ्जाल मकवानपुरका संयोजक निमेष निखिल, साहित्य सङ्गम मकवानपुरका उपाध्यक्ष सानु खनाललगायतले भनाइ राखेका थिए ।
१३ कार्तिक, हेटौंडा । नेपाल पत्रकार महासंघ मकवानपुरका पूर्व कोषाध्यक्ष हाल अमेरिका निवासी सुदिप शिवाकोटीले...
१३ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा कर्णाली याक्सले विराटनगर किंग्सलाई पराजित...
१३ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट निर्वाचित भएका २० पदाधिकारीको वरीयता तोकिएको...
१३ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। साथै, बिहीबार साँझदेखि बङ्गालको खाडीमा...
१२ कार्तिक, हेटौंडा । इजरायलको आमनिर्वाचनमा झन्डै ९० प्रतिशत मतगणना सकिँदासमेत कुनै पनि राजनीतिक गठबन्धनले...
१२ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसको १५औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिका पदाधिकारी र...
१२ कार्तिक, हेटौंडा । सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणमा पहिलो जित निकालेको...
१२ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज दुई खेल हुँदैछन् । पहिलो खेलमा जनकपुर बोल्ट्स र...
१२ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। साथै बङ्गालको खाडीमा विकसित चक्रवात...
४ कार्तिक, हेटौंडा । बडा दशैं अर्थात् दुर्गापक्षको मुख्य दिन आज मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रुपमा शुभ...
३१ असोज, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले बडादशैं २०८३ का अवसरमा देश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली...
३१ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५ औँ महाधिवेशनबाट निर्वाचित सभापति गगनकुमार थापाको शपथग्रहण आज हुने भएको छ...
३१ असोज, हेटौंडा । पत्रकार किशोर श्रेष्ठ साइबर ब्युरोमा भएको छलफलपछि शनिबार साँझ रिहा भएका छन् । रिहा भएपछि...
३ कार्तिक, हेटौंडा । आज नवदुर्गा भवानीको नवौँ स्वरूप देवी सिद्धिदात्रीको पूजा तथा आराधना गरिन्छ। यस दिन...
२ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव छ। यसको असरका कारण देशका हिमाली तथा पहाडी भू-भागमा...
४ कार्तिक, हेटौंडा । नेपाल प्रहरीले दशैंको अवसरमा निःशुल्क बस सेवा सञ्चालन गरेको छ । नेपाल प्रहरीले बडा दशैंको...
४ कार्तिक, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले विजया दशमीमा शुभसाइतमा गुरु पुरोहितबाट टीका जमरा ग्रहण गर्ने...
१ कार्तिक, हेटौंडा । चीनसँग सिमाना जोडिएको सिन्धुपाल्चोकस्थित तातोपानी नाका आजदेखि तीन खुल्ने भएको छ । उद्योग,...

















