Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

आँचलको वक्तृत्वकलामा आकांक्षा निरौला प्रथम

ddd-1713401967.jpg

६ बैशाख, हेटौंडा । आँचल साहित्य कला पुञ्ज मकवानपुरले ३१ औं पारिजात स्मृति दिवसको सन्दर्भमा आयोजित ‘नेपालको सामाजिक रूपान्तरणमा राजनीतिक आन्दोलनको भूमिका’ विषयक खुला वक्तृत्वकला प्रतियोगितामा आकांक्षा निरौला प्रथम भएकी छिन् ।
बुधबार आयोजना गरिएको प्रतियोगितामा क्रमशः कृतिका लौडारी, सुनिल न्यौपाने र प्रियान्सु पोखरेल द्वितीय, तृतीय र सान्त्वना भए । प्रथम, द्वितीय, तृतीय र सान्त्वना हुन सफल प्रतियोगितहरुले क्रमशः नगद ८ हजार, ६ हजार, ४ हजार र २ हजारसहित प्रमाणपत्र प्राप्त गरे । यस्तै प्रतियोगितामा युगेश ढकाललाई प्रोत्साहन पुरस्कार स्वरुप नगद ५०० राशी प्राप्त गरिएको थियो ।
पुरस्कृत वक्ताहरुलाई १० नं वडा अध्यक्ष फुर्वा दोर्जे लामा, आँचलकी अध्यक्ष भावना सापकोटा  साहित्य कला पुञ्जमकवानपुरकी सल्लाहकार पुर्णकला घिमिरेलगाएतले पुरस्कार प्रदान गरेका थिए । प्रतियोगिता हेटौँडा उपमहानगरपालिका १० नम्बर वडा कार्यालयको आर्थिक सहयोगमा भएको प्रतियोगितामा १८ जना सहभागी भएका थिए । प्रतियोगिताको निर्णायकमा घनश्याम घिमिरे, निरा शर्मा र श्रवण बर्तौला रहेका थिए ।  
बागमती प्रदेशका पूर्वमुख्यमन्त्री डोरमणी पौडेलको प्रमुख आतित्थ्यतामा भएको वडाका सदस्य तथा कार्यपालिका सदस्य साधना श्रेष्ठ, सदस्य गोमा सुनुवार, ईश्वर प्रसाद मैनाली साहित्यसेवी मुक्ति गोविन्द वैद्य, साहित्यकारहरू देवराज खरेल, सुदर्शन अधिकारी, रमेशमोहन अधिकारी, शम्भुप्रसाद बाँसकोटा, जनार्दन खनाल, इन्द्र नेपाल, छवी अनित्य, डिबि बर्तौला, सानु खनाल, मञ्जु खराल गाएतको उपस्थिति रहेको थियो ।
आँचलकी अध्यक्ष भावना सापकोटाको सभाध्यक्षतामा भएको कार्यक्रममा देवराज तिवारी, शान्ति प्रियवन्दना, संप्रस पौडेल, अमृता लामिछाने, जनार्दन खनाल, ऋषिराम पाण्डेयले रचनावाचन गरेका थिए ।
 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
नेतन्याहु सरकार गठनका लागि सिट पुर्‍याउन असफल
Benjamin-Netanyahu-1793237966.jpg

१२ कार्तिक, हेटौंडा । इजरायलको आमनिर्वाचनमा झन्डै ९० प्रतिशत मतगणना सकिँदासमेत कुनै पनि राजनीतिक गठबन्धनले...

कांग्रेस केन्द्रीय पदाधिकारी र सदस्यहरूको शपथग्रहण आज
nepali_congress-1793237424.jpg

१२ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसको १५औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिका पदाधिकारी र...

सुदूरपश्चिमद्वारा पोखरा एभेन्जर्स पराजित
Screenshot_20261029_07074-1793236973.jpg

 १२ कार्तिक, हेटौंडा । सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणमा पहिलो जित निकालेको...

एनपीएलमा आज दुई खेल हुँदै
Nepal_Premier_League_offi-1793236698.png

१२ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज दुई खेल हुँदैछन् । पहिलो खेलमा जनकपुर बोल्ट्स र...

साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1793236338.jpg

 १२ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। साथै बङ्गालको खाडीमा विकसित चक्रवात...

पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्सले खेल्दै
Nepal_Premier_League_offi-1793149654.png

११ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्सले खेल्दैछन्...

उपराष्ट्रपति र जर्मनीका राजदूतबीच भेटवार्ता
vice-prisident-udo-ujen-1793149094.jpg

 ११ कार्तिक, हेटौंडा । उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग नेपालका लागि संघीय गणतन्त्र जर्मनीका राजदूत उडो...

कात्तिक १२ देखि १४ गतेसम्म पदयात्रा नगर्न अध्यागमनको आग्रह
Padyatra_OSSnrMIcsF_btCFJ-1793148759.jpg

११ कार्तिक, हेटौंडा । उच्च पहाडी तथा हिमाली क्षेत्रहरूमा भारी हिमपात, हिमआँधी र हिमपहिरोको उच्च जोखिम रहेकाले...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1793148451.jpg

११ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको र बिहीबारदेखि बङ्गालको खाडीमा विकसित चक्रवात...

थप समाचार