१० बैशाख, हेटौंडा । नेवाः राष्ट्रिय मुक्ति मोर्चाले नेवारी समुदायको भाषा, संस्कति, कला र साहित्यको संरक्षणका लागी प्रदेश सरकारलाई तत्काल उपयुक्त नीति तथा कार्यक्रम ल्याउन माग गरेको छ ।
आइतबार हेटौंडामा प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेल र संस्कृति पर्यटन तथा सहकारी मन्त्री शैलेन्द्रमान बज्राचार्यलाई ज्ञापन पत्र बुझाउदै मोर्चाका अध्यक्ष दिलीप महर्जन र महासचिव एवं प्रदेशसभा सदस्य देवेन्द्र श्रेष्ठले यस्तो माग गरेका हुन् ।
प्रदेशको पहिचानको रुपमा रहेको नेवारी सभ्यता र संस्कृतिको जगेर्ना गर्न प्रदेश सरकारले प्रदेश सरकार मातहत नेवा प्रतिष्ठान गठनदेखि नेवार समुदाय केन्द्रित महाविद्यालय स्थापना गर्नुपर्नेसम्मका माग उनीहरुले राखेका छन् ।
ज्ञापन पत्रमा नेवा सभ्यताको अध्य्यन र अनुसन्धानका लागि प्रदेश सरकार मातहत नेवाः प्रतिष्ठान गठन गर्नुपर्ने, नेवारको परम्परागत ज्ञान प्रविधि सीप हस्तकला, भाषा, साहित्य कला, संस्कृति आदिको संरक्षण र विकासका लागि महाविद्यालयको स्थापना गर्नुपर्ने लगाएतका कुरा उल्लेख गरिएको छ ।
ज्ञापनपत्र बुझ्दै मुख्यमन्त्री जम्कट्टेलले प्रदेशका सबै जातजातिको कला, संस्कृति संरक्षण गर्ने ऐन तत्काल बनाउने बताए । उनले प्रदेशभित्र रहेका विविध जातजातिको कला, संस्कृति संरक्षण गर्ने दायीत्व प्रदेश सरकारको भएको स्विकार गर्दै आगामी साउन, भदौभित्रै आवस्यक ऐन कानुन बनाएर अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गरे ।
यस्तै प्रदेशका संस्कृति तथा पर्यटन मन्त्री बज्राचार्यले भाषा, कला, संस्कृतिलाई जोगाउन र संरक्षण गर्न सबै एक ढिक्का भएर लाग्नुपर्ने बताए । उनले यसका लागी आफ्नो तर्फबाट सक्दो प्रयास र सयोग रहने प्रतिवद्धता व्यक्त गरे ।
११ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्सले खेल्दैछन्...
११ कार्तिक, हेटौंडा । उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग नेपालका लागि संघीय गणतन्त्र जर्मनीका राजदूत उडो...
११ कार्तिक, हेटौंडा । उच्च पहाडी तथा हिमाली क्षेत्रहरूमा भारी हिमपात, हिमआँधी र हिमपहिरोको उच्च जोखिम रहेकाले...
११ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको र बिहीबारदेखि बङ्गालको खाडीमा विकसित चक्रवात...
१० कार्तिक, हेटौंडा । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुनको मूल्य आज प्रतितोला ८ सय रुपैयाँले बढेको हो । आज...
१० कार्तिक, हेटौंडा । इजरायलमा संसद् नेसेटका १२० सिटका लागि आज निर्वाचन हुँदैछ । स्थानीय समयअनुसार बिहान ७...
१० कार्तिक, हेटौंडा । इंग्ल्यान्डका कप्तान तथा जर्मन क्लब बायर्न म्युनिखका स्ट्राइकर ह्यारी केनले यसपटकको...
१० कार्तिक, हेटौंडा । सोलुखुम्बुस्थित आमादब्लम हिमालमा लडेर एक जर्मन आरोहीको मृत्यु भएको छ । ६ हजार ८१४ मिटर...
१० कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिगमा मंगलबार दुई खेल हुँदैछन् । एनपीएलमा आज बिहान चितवन राइनोज र...
३० असोज, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले हाल कर्णाली र सुदूरपश्चिम...
२९ असोज, हेटौंडा । संसदीय सुनुवाइ समितिले दुई देशका लागि प्रस्तावित राजदूतकाे नाम अस्वीकृत गरेको छ। बुधबार...
३० असोज, हेटौंडा । नेपाली कांग्रेस बागमती प्रदेशका सभापति एवम् पूर्वमुख्यमन्त्री इन्द्रबहादुर बानियाँ...
४ कार्तिक, हेटौंडा । बडा दशैं अर्थात् दुर्गापक्षको मुख्य दिन आज मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रुपमा शुभ...
३१ असोज, हेटौंडा । पत्रकार किशोर श्रेष्ठ साइबर ब्युरोमा भएको छलफलपछि शनिबार साँझ रिहा भएका छन् । रिहा भएपछि...
३१ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५ औँ महाधिवेशनबाट निर्वाचित सभापति गगनकुमार थापाको शपथग्रहण आज हुने भएको छ...
२९ असोज, हेटौंडा । हाल देशमा पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले हाल देशका हिमाली र...
३१ असोज, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले बडादशैं २०८३ का अवसरमा देश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली...
२९ असोज, हेटौंडा । शारदीय नवरात्रको पाँचौँ दिन आश्विन शुक्ल पञ्चमीका अवसरमा आज नवदुर्गा भवानीको पाँचौँ स्वरूप...









-nepal-1792111426.jpg)







