६ माघ, हेटौँडा । ३ नम्बर प्रदेश प्रमुख अनुराधा कोइराला आज शनिबार प्रदेशको अस्थायी मुकाम हेटौंडा आउने भएकी छिन् । पदभार ग्रहण एवम् ३ नम्बर प्रदेशको प्रदेशसभा सदस्यहलाई सपथ ग्रहण गराउन कोइराला हेटौंडा आउन लागेकी हुन् ।
प्रदेश प्रमुख कोइराला अपरान्ह ४ बजे हेटौँडा आइपुग्ने बताइएको छ । आजनै कोइरालाले पदभार ग्रहण गर्ने र आईतबार प्रदेशसभा सदस्यहरुलाई सपथ खुवाउने कार्यतालिका रहेको छ ।
अहिले क्षेत्रीय प्रशासन कार्यालय रहेको स्थानमा प्रदेश प्रमुखले पदभार ग्रहण गर्ने प्रदेश मन्त्री परिषद्को कार्यालयका प्रमुख सचिव तथा हालका क्षेत्रीय प्रशासक रेश्मीराज पाण्डेले जानकारी दिए । यस्तै जिल्ला समन्वय समितिको कार्यालयमा मुख्य मन्त्रीको कार्यालय रहने भएको छ ।
यस्तै अहिले क्षेत्रीय शिक्षा निर्देशनालय रहेको भवनमा प्रदेशसभा सदस्यहरुलाई सपथ ग्रहण गराउने कार्यक्रम रहेको पाण्डेले जानकारी दिए । उनका अनुसार प्रदेशको सभामुख र उपसभामुखको कार्यालय डिभिजन सडक कार्यालयको कम्प्लेक्समा बस्नेछ ।
३ नम्बर प्रदेशमा निर्वाचित तथा मनोनित गरी एकसय १० जना प्रदेशसभा सदस्य रहेका छन् । हेटौंडालाई ३ नम्बर प्रदेशको अस्थायी मुकाम तोकिएसंगै मुकामको लागि आवश्यक पूर्वाधारको तयारी अघि बढाइएको छ ।
९ बैशाख, हेटौंडा । मकवानपुर प्रहरीले २२५ बोतल अवैध लागूऔषध ओनेक्ससहित एक जनालाई पक्राउ गरेको छ । प्रहरीले...
९ बैशाख, हेटौंडा । मकवानपुरको कैलाश गाउँपालिकाको वडा नम्बर ९ नामटारमा ३३ दिने व्यूटिसियन तथा मेकअप तालिमको...
९ बैशाख, हेटौंडा । बैशाख ११ गतेबाट सुरु हुने कक्षा १२को बोर्ड परीक्षा हाललाई स्थगित गरिएको छ। मंगलबार बिहान बसेको...
९ बैशाख, जनकपुर । पदभारग्रहण गरेको २४ घण्टा नबित्तदै मधेस मिडिया काउन्सिलका अध्यक्ष कमलकुमार उपाध्याय...
९ बैशाख, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई गैरकानुनी थुनामा राखिएको भन्दै...
९ बैशाख, हेटौंडा । धुलिखेलमा आगलागीबाट २० लाख रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ । धुलिखेल नगरपालिका-२ मा...
९ बैशाख, हेटौंडा । मकवानपुरको थाहानगरपालिकामा आफ्नै छोरीलाई बलात्कार गर्ने बाबु पक्राउ परेका छन्। थाहानगर – १,...
९ बैशाख, हेटौंडा । नेपाली बजारमा सुनको मूल्य दुई लाख नजिक पुगेको छ । मंगलबार सुन तोलामा ६ हजार ९०० रुपैयाँ बढेर १...
९ बैशाख, हेटौंडा । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा निर्धारित समयमा नै गर्ने निर्णय गरेको छ ।...
५ बैशाख,हेटौंडा । मकवानपुरको मकवानपुरगढी वडा नम्बर २ धरमपानीमा विद्युतीय (इभी) भ्यान दुर्घटना हुँदा २ जनाको...
२९ चैत, हेटौंडा। मकवानपुरको हेटौंडा १६ मा स्कुटरको ठक्करबाट पैदलयात्रीको ज्यान गएको छ । बिहीबार राति धरान चतरा...
३० चैत, हेटौंडा ।हेटौंडामा बि लेवलको स्नोकर प्रतियोगिताको आयोजना गरिएको छ। हेटौंडा स्नोकर हाउसको आयोजनामा...
२७ चैत, हेटौंडा। मकवानपुरको बकैयामा बस दुर्घटना भएको छ। बुधबार राति धरान चतरा सडकखण्ड अन्तर्गत मकवानपुरको बकैया...
३१ चैत, हेटौंडा ।मकवानपुरको हेटौंडा १ मा रहेको हेटौँडा अस्पतालको नाम परिवर्तन गरिएको छ। आइतबार बिहान युवाहरूको...
३१ चैत, हेटौंडा। धरान चतरा सडकखण्ड अन्तर्गत मकवानपुरको हेटौंडा १८ भक्तिचोकमा मोटरसाइकल र बस ठोक्किदा दुर्घटना...
२ बैशाख, हेटौंडा । मकवानपुरकाे बकैयामा सिमेन्ट बोकेको टिपर दुर्घटना भएर सिमेन्टको बोरा झरेर लाग्दा ...
३१ चैत, हेटौंडा । भोजपुरको भोजप नगरपालिकामा ट्रयाक्टर दुर्घटना हुँदा वडा सदस्यसहित दुई जनाको मृत्यु भएको छ...
३० चैत, सिमरा । हनुमान जयन्तीको शोभायात्रा निकाल्ने क्रममा झडप भएपछि विरगंजको छप्कैया चोक अशान्त बनेको...