Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Adv-Manahari-1719378115.jpg

खेलकुद

नेपालले वेस्ट इन्डिज ’ए’ लाई ४ विकेटले हरायो

c-1714264025.jpg

१६ बैशाख, हेटौंडा । वेस्ट इन्डिज ’ए’ सँगको पाँच खेलको टी–२० क्रिकेट शृङ्खलामा नेपालले विजयी शुरुवात गरेको छ । आज भएको खेलमा नेपालले वेस्ट इन्डिज ’ए’ लाई ४ विकेटले हरायो । 
वेस्ट इन्डिज ’ए’ ले दिएको २ सय ५ रनको लक्ष्य नेपालले १९ ओभर ४ बलमा ६ विकेट गुमाएर भेटायो । नेपालका कप्तान रोहितकुमार पौडेलले शतक बनाए । रोहित ५४ बलमा १ सय १२ रन बनाएर आउट भए । 
वेस्ट इन्डिज ’ए’ का म्याथ्यु फोर्डे र ओबेड मकोएले समान २ विकेट लिए । यसअघि कीर्तिपुरको त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङ गरेको वेस्ट इन्डिज ’ए’ ले २० ओभरमा ५ विकेट गुमाएर २ सय ४ रन बनायो । 
वेस्ट इन्डिज ’ए’ का कप्तान रोस्टन चेजले सबैभन्दा धेरै ७४ रन बनाए । यस्तै एलिक अथान्जीले ४७ रन बनाए । नेपालका कमलसिंह ऐरी, दीपेन्द्रसिंह ऐरी, कप्तान रोहितकुमार पौडेल र अबिनाश बोहराले समान १ विकेट लिए । 
टी–२० क्रिकेट शृङ्खलाको दोस्रो खेल भोलि आइतवार, तेस्रो खेल बुधवार, चौथो खेल बिहीवार र पाँचौँ तथा अन्तिम खेल शनिवार हुनेछ । नेपालले आईसीसी टी–२० विश्वकपको तयारी स्वरूप वेस्ट इन्डिज ‘ए’ सँग पाँच खेलको शृङ्खला खेल्न लागेको हो । 
यो शृङ्खलापछि नेपाली टोली टी–२० विश्वकप खेल्न अमेरिका जानेछ । वेस्ट इन्डिज पहिलो पटक नेपाल भ्रमणमा आएको हो ।
 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Kailash-1686118720.jpg
sanchar-rajitra-add-final-1711344560.gif
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
1.Cancer-PSA-1715613167.jpg
भिमफेदी-१ मा ग्याँस बोकेको बुलेट पल्टियो
IMG-20250210-WA0001-1739162890.jpg

२८ माघ, हेटौंडा। मकवानपुरमा भिमफेदीमा ग्याँस बोकेको बुलेट ट्याङ्कर पल्टिएको छ । आइतबार राति त्रिभुवन राजपथ...

अख्तियारले आफ्नो ३४औँ स्थापना दिवस मनाउँदै
Akhtiyar-Durupayog-Anundh-1739149831.jpg

२८ माघ, हेटौंडा । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आफ्नो ३४औँ स्थापना दिवस मनाउँदैछ । दिवसको अवसरमा आज...

प्रहरीमाथि हातपात गर्ने दुईजना पक्राउ
1692329053-JWCZd-1739147558.jpg

२८ माघ, हेटौंडा । नियमित गस्तीमा रहेका प्रहरीमाथि अभद्र व्यवहार गरेको अभियोगमा दुई जनालाई नियन्त्रणमा लिएको छ...

नेसपामा पाँच जनाको अध्यक्ष मण्डल गठन
nesapa-naya-shakti-(5)_oA-1739147106.jpg

२८ माघ, हेटौंडा । नेपाल समाजवादी पार्टी (नेसपा नयाँ शक्ति) ले महाधिवेशन आयोजक समिति विघटन गरी पाँच जनाको अध्यक्ष...

मौसम सफा रहने
Mausam-Safa-1739146740.jpg

२८ माघ, हेटौंडा । हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ।  देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी...

दक्षिणकालीमा स्कूल बस दुर्घटना, २जनाको मृत्यु
pngtree-bus-crash-clipart-1739106369.png

२७ माघ, हेटौंडा। काठमाडौंको दक्षिणकालीमा स्कुल बस दुर्घटना हुँदा २ जनाकौ मृत्यु भएको छ। आइतबार अपरान्ह...

प्रतिनिधिसभाको बैठक आज बस्दै
1641373260_1615078427_san-1739063634.jpg

२७ माघ, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे बस्ने भएको हो ।बैठकमा प्रधानमन्त्री केपी...

मौसम सामान्यतया सफा रहने
kathmandu-sky-(1)-1739063154.jpg

२७ माघ, हेटौंडा । हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ।  यसको प्रभावले कोशी, बागमती र गण्डकी प्रदेशका...

शिक्षक संघ मकवानपुरको २३ औं जिल्ला प्रतिनिधिसभा सम्पन्न
FB_IMG_1739061038720-1739061239.jpg

२७ माघ, हेटौंडा। नेपाल शिक्षक संघ मकवानपुरको २३ औं जिल्ला प्रतिनिधि सभा शनिवार हेटौंडामा सम्पन्न भएको छ । शिक्षक...

थप समाचार