१८ बैशाख, हेटौंडा । प्रतिनिधिसभा इलाम क्षेत्र नम्बर २ मा एमालेले करिब तीन दशकदेखि चुनाव जित्दै आएको आफ्नो विरासत जोगाएको छ । प्रतिनिधी सभाअन्तर्गत इलाम क्षेत्र नम्बर–२ मा भएको उपनिर्वाचनमा नेकपा एमालेका उम्मेद्वार सुहाङ नेम्बाङ्ग विजयी भएका छन् ।
उनका निकटतम् प्रतिद्वन्द्वी नेपाली काँग्रेसका उम्मेद्वार डम्बर बहादुर खड्कालाई ५ हजार ८ सय ३० मतान्तरले पराजित गर्दै नेम्बाङ्ग प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका हुन् । अन्तिम मत परिणामअनुसार नेम्बाङले २७ हजार ७ सय ७२ मत प्राप्त गरेका छन् भने खड्काले २१ ह्जार ९ सय ४२ मत प्राप्त गरेका छन् ।
यसअघि २०७९ मा भएको आम निर्वाचनमा काँग्रेसका खड्का सुहाङका पिता सुभाष नेम्बाङ्गसँग ११४ को झिनो मतान्तरले पराजित भइका थिए । उपनिर्वाचनको मत परिणामअनुसार पहिचान पक्षधर स्वतन्त्र उम्मेद्वार डकेन्द्रसिंह थेगीमले ११ हजार ४ सय ५७ मत प्राप्त गर्दा राष्ट्रिय स्वतन्त्र पार्टिका उम्मेदवार मिलन कुमार लिम्बुले ५ हजार ५० मत प्राप्त गरेका छन् ।
एमालेका नेता तथा संविधानसभा अध्यक्ष सुभाषचन्द्र नेम्बाङ्गको निधन पछि उक्त स्थानमा गत शनिबार उपनिर्वाचन भएको थियो । १२ राजनैतिक दल सात स्वतन्त्रसहित १९ जना उम्मेद्वारले उपनिर्वाचनमा प्रतिस्पर्धा गरेका थिए । जम्मा १ लाख १५ हजार ८ सय ८९ मतदाता रहेको इलाम २ को उपनिर्वाचनमा ६९ हजार ३ सय ७४ मत खसेको थियो ।
१८ भदौ, हेटौंडा । बागमती प्रदेश सरकारले चेपाङ समुदायले मनाउने सांस्कृतिक पर्व न्वागी (छोनाम) को अवसरमा सार्वजनिक...
१८ भदौ, हेटौंडा । मकवानपुरको मकवानपुरगढी गाउँपालिका–४ ज्वालादेवीस्थित एक घरमा राति आगलागी भएको छ । स्थानीय...
१८ भदौ, हेटौंडा । रसुवास्थित भोटेकोशी नदीको बाढीमा परी मृत्यु भएका एक हजार २२२ जनाको शव फेला परेको छ । ३४ बालक, ४३...
१८ भदौ, हेटौंडा । एसिसी प्रिमियर कपको तेस्रो संस्करणको दोस्रो खेलमा आज नेपालले आयोजक मलेसियाको सामना गर्दैछ...
१८ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा...
१७ भदौ, हेटौंडा । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषबाट एक अर्ब रुपैयाँ तत्कालै बाढी प्रभावित क्षेत्रमा...
१७ भदौ, हेटौंडा । काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिकाकी भवन निर्माण तथा बस्ती विकास शाखाकी प्रमुख इन्जिनियर...
१७ भदौ, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज दिउँसो १ बजे बस्दै छ । आजको बैठकमा सभामुख डोलप्रसाद अर्यालले...
१६ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा...
८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरको नियुक्तिबारे परेको रिटमा दुबै पक्षलाई छलफलका लागि...
८ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टीको विवादका कारण बागमती प्रदेशमा अन्यौलता उत्पन्न भएको छ ।...
५ भदौ, हेटौंडा । हेटौंडा-१९ बस्तिपुरस्थित बासुदेव खोलाले बगाएर बेपत्ता भएकी ११ वर्षीया सुमित्रा ब्लोनको शव फेला...
४ भदौ, हेटौंडा । बागमती प्रदेशका ६ जना मन्त्रीले शपथग्रहण गरेका छन् । प्रदेशप्रमुख दिपक देवकोटाले उनीहरूलाई...
६ भदौ, हेटौंडा । राप्रपाले बागमतीमा मन्त्री बनेका तीन सांसदलाई किन कारबाही नगर्ने भन्दै अल्टिमेटमसहित...
८ भदौ, हेटौंडा । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशसभाबाट विश्वासको मत प्राप्त गरेका छन्।...
८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले आज प्रदेश सभाबाट विश्वासको मत लिँदै छन्। सोमबार...
९ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...
१० भदौ, हेटौंडा । रसुवास्थित भोटेकोशी नदीमा बुधबार बिहान आएको बाढीका कारण साँझ ७ बजेसम्म ९५ जनाको मृत्यु भएको...

















