१८ बैशाख, हेटौंडा । सामुदायिक महिला विकास केन्द्रको आयोजनामा मकवानपुरको दुई विद्यालयमा सरसफाई तथा कुहिने र नकुहिने फोहोर व्यवस्थापन सामग्री हस्तान्तरण भएको छ ।
खानेपानी सरसफाइ डिभिजन नम्बर १ मकवानपुरको सहयोगमा मकवानपुरगढी गाउँपालिका ५ मा रहेको शारदा मावि र बकैया ७ भिरकोटमा रहेको जनक माविमा कार्यक्रम भएको हो । सचेतनासहित समुदाय तहमा स्वच्छ र सुरक्षित खानेपानी सम्बन्धि तालिम समेत प्रदान गरिएको थियो ।
दुवै विद्यालयलाई सरसफाइ तथा कुहिने र नकुहिने फोहर व्यवस्थापन सामग्री समेत सहयोग गरिएको थियो । संस्थाका सचिव निलम देवकोटाको अध्यक्षतामा भएको कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय सहमहामन्त्री महालक्ष्मी उपाध्याय डिनाको प्रमुख आतिथ्यता रहेको थियो । प्रमुख अतिथि डिनाले सरसफाई र खानेपानीमा ध्यान नदिँदा ग्रामीण क्षेत्रमा धेरै सर्वसाधारण विभिन्न रोगको संक्रमणमा पर्ने गरेको भन्दै यसतर्फ ध्यान दिन अनुरोध गरिन् ।
‘गर्मी बढ्दो छ । गर्मीमा यसैपनि विभिन्न रोगले आक्रमण गर्दछ, यो समयमा खानेपानी र सरसफाईमा विशेष ध्यान दिन जरुरी छ’, कांग्रेस सहमहामन्त्री डिनाले भनिन्, ‘विद्यालयस्तरमा यस्ता कार्यक्रम गर्दा सचेतना अभियानमा पक्कै टेवा पुग्ने विश्वास लिएका छौं ।’
मकवानपुरगढीमा भएको कार्यक्रममा बागमती प्रदेशसभा सदस्य लक्ष्मीदेवी श्रेष्ठ, मकवानपुरगढी गाउँपालिकाका अध्यक्ष दोर्जे स्याङ्तान, वडा अध्यक्ष दिपेश दाहाल, प्रधानाध्यापक ईन्द्र कार्की, कांग्रेसका नेताहरु आनन्दराम पराजुली, यतिराज सापकोटा, प्रमिला खतिवडा, ईश्वर पण्डित, भीम लामा, उत्सव ईटेनी, संजय श्रेष्ठ, खानेपानी तथा सरसफाइ डिभिजन नम्बर १ का अधिकृत सुभद्रा रेग्मी, प्रशिक्षक प्रल्हाद तिमल्सिना, संस्थाका सदस्य ईश्वरी शिल्पकार, अमृता थापालगायतको आतिथ्यता रहेको थियो ।
यस्तै बकैयामा भएको कार्यक्रममा कांग्रेस नेताहरु दामोदर खनाल, मिठाराम दाहाल, सुनिल अधिकारी, राजन घिमिरे, रामशरण माझीलगायत उपस्थित थिए । आगामी दिनमा मकवानपुरका अन्य विद्यालयमा समेत सामग्री सहयोग र तालिमको आयोजना गरिने सामुदायिक महिला विकास केन्द्रका सचिव निलम देवकोटाले जानकारी दिइन् ।
७ भदौ, हेटौंडा । बाराको जितपुर सिमरा उपमहानगरपालिका-१ की तीन वर्षीया बालिका गरिमा चौधरीमाथि भएको जघन्य अपराधको...
७ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...
६ भदौ, हेटौंडा । सुदूरपश्चिम प्रदेशका तीन मन्त्री र दुई राज्यमन्त्रीले शपथग्रहण गरेका छन् । शुक्रबार साँझ प्रदेश...
६ भदौ, हेटौंडा । राप्रपाले बागमतीमा मन्त्री बनेका तीन सांसदलाई किन कारबाही नगर्ने भन्दै अल्टिमेटमसहित...
६ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...
५ भदौ, हेटौंडा । कैलालीमा जापानिज इन्सेफलाइटिसका कारण दुई जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा घोडाघोडी...
५ भदौ, हेटौंडा । हेटौंडा-१९ बस्तिपुरस्थित बासुदेव खोलाले बगाएर बेपत्ता भएकी ११ वर्षीया सुमित्रा ब्लोनको शव फेला...
५ भदौ, हेटौंडा । नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष महेश्वरभक्त श्रेष्ठको नियुक्ति सर्वोच्च अदालतले बदर...
५ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...
२६ साउन, हेटौंडा । पर्साको वीरगञ्जबाट स्रोत नखुलेको ५२ लाख ५० हजार नेपाली रुपैयाँसहित ४ जना पक्राउ परेका छन्...
३० साउन, हेटौंडा । नेपाल आयल निगमको समन्वयमा आइतबार खाना पकाउने एलपी ग्याँस बिक्री गरिने भएको छ। निगमको समन्वयमा...
२५ साउन, हेटौंडा । प्रधानमन्त्री वालेन्द्र शाहसँग नेपालका लागि जनवादी गणतन्त्र चीनका राजदूत झाङ माओमिङले...
२८ साउन, हेटौंडा । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले आफु राष्ट्रिय एकता सुदृढ गर्न स्वदेश...
२६ साउन, हेटौंडा । नेपाल क्रिकेट संघ (क्यान) ले सन्दीप लामिछानेको कप्तानीमा एसीसी प्रिमियर कपका लागि राष्ट्रिय...
२९ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको...
२७ साउन, हेटौंडा । नेपाली बजारमा सुनको मूल्य घटेको छ । सुन तोलामा १२ सयले घटेको हो । आज छापावाल सुनको मूल्य...
२७ साउन, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री एवं नेपाली कांग्रेस बागमती प्रदेश सभापति इन्द्रबहादुर...
२९ साउन, हेटौंडा । बागमती प्रदेश सरकारका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले भदौ १ गते विश्वासको मत लिने भएका...

















-1786539267.jpg)
-1786686763.jpg)