Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

आगामी बजेटमा शिक्षा र स्वास्थ्यलाई प्राथमिकताः मेयर लामा

cc-1714438258.jpg

१८ बैशाख, हेटौंडा । हेटौंडा उपमहानगरपालिकाका मेयर मीनाकुमारी लामाले आगामी वर्षको बजेटमा शिक्षा र स्वास्थ्यलाई विशेष प्राथमिकतामा राखिने बताएकी छिन् । हेटौंडा–८ मा भएको योजना तर्जुमा कार्यक्रममा उनले विकास निर्माणको बजेटलाई कामलाई कम गर्दै अब शैक्षिक गुणस्तर सुधार र नगरबासीको स्वास्थ्यलाई ध्यान दिएर बजेट निर्माण गर्ने बताएकी हुन् । 
पूर्वाधार निर्माणको क्षेत्रमा अति आवश्यकलाई मात्र समेट्ने उल्लेख गर्दै उनले शिक्षा र स्वास्थ्य सुधारका लागि बजेट एवम् नीति कार्यक्रम ल्याउने जानकारी दिइन् । आगामी वर्ष हेटौंडा–८ को सडकलाई व्यवस्थित बनाउन प्राथमिकतामा राखेर बजेट विनियोजन गर्ने लामाको प्रतिद्धता रहेको थियो । 
नगरको दिगो विकासका लागि योजनाबद्ध काम गर्ने जानकारी दिँदै उनले उपमहानगरको कामलाई सकारात्मक ढंगबाट बुझिदिन नगरबासीलाई आग्रह गरिन् । जनताबाटै आएको सुझाव अनुसार नगरको विकासलाई अघि बढाउने उद्देश्यसहित उपमहानगरपालिकाले ८ नम्बर वडामा योजना तर्जुमा गोष्ठी आयोजना गरेको हो । 
हेटौंडा ८ मा आर्थिक बर्ष २०८१÷०८२ को वार्षिक योजना निर्माणका लागि सरोकारवालाहरुसँग छलफल तथा सुझाव संकलन गरिएको हो । ८ नम्बर वडामा भएको सुझाव संकलनमा स्थानीयले शिक्षा, स्वास्थ्य, खेलकुद, सडक, ढलसहित दिगो आयआर्जनका काममा महिलाहरुलाई जोड्ने योजना बनाउन सुझाव दिएका थिए । 
हेटांैडा ८ का रमेश थापाले नगरले गौरवको योजनाको रुपमा अघि सारेको चन्द्रोदय मिनी रंगशालाको काम लामो समय देखि अलपत्र पर्दा समस्या भएको विषय उठान गरे । २ करोड रुपैयाँ बजेट बिनियोजन गरेर काम अघि बढाए पनि जगको काम पछि मिनी रंगशालाको काम अघि नबढेको भन्दै उनले ध्यानाकर्षण गराए ।
स्थानीयले उपमहानगरको सडक योजनामा स्ल्याब ढलानको काम धेरै भएको भन्दै पछि समस्या आउने बताए । अहिले राम्रो रहुन्जेल मात्र होइन पछि स्ल्याबको व्यवस्थापन कसरी गर्ने भन्नेबारे सोच्न जरुरी रहेको उनीहरुको भनाई थियो । स्थानीयले निर्माण भएका सडकबीचमा रहेका बिजुलीको पोल व्यवस्थापन जरुरी रहेको औंल्याएका थिए । 
हेटौंडा–८ का वडा अध्यक्ष रामकृष्ण थापाको अध्यक्षतामा भएको कार्यक्रममा कार्यपालिका सदस्य मञ्जु भुर्तेल, वडा सदस्य रिता मग्राती, बाल सञ्जाल वडा संयोजक प्रकृति भण्डारीसहित स्थानीय राजनीतिक दलका प्रतिनिधि, विद्यालयका प्रधानाध्याप, टोल विकास संस्थाका प्रतिनिनि, बाल समूहको सहभागिता थियो । 
उपमहानगरले यसअघि १, ३, ४, ५, ६ र ७ नम्बरमा सुझाव संकलनको काम गरिसकेको सामाजिक विकास महशाखा प्रमुख भीमप्रसाद तिमल्सिनाले जानकारी दिए ।
 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
सोमबार तीन जिल्लामा सार्वजनिक बिदा
bida_20200122133821_tRirD-1788430879.jpg

१८ भदौ, हेटौंडा । बागमती प्रदेश सरकारले चेपाङ समुदायले मनाउने सांस्कृतिक पर्व न्वागी (छोनाम) को अवसरमा सार्वजनिक...

मकवानपुरगढीको एक घरमा आगलागी
aagolagi-1788399122.jpg

१८ भदौ, हेटौंडा । मकवानपुरको मकवानपुरगढी गाउँपालिका–४ ज्वालादेवीस्थित एक घरमा राति आगलागी भएको छ । स्थानीय...

भोटेकोशी बाढी: एक हजार २२२ शव फेला
rasuwa-badhi_syafrubesi-1788397712.jpg

१८ भदौ, हेटौंडा । रसुवास्थित भोटेकोशी नदीको बाढीमा परी मृत्यु भएका एक हजार २२२ जनाको शव फेला परेको छ । ३४ बालक, ४३...

नेपालले आयोजक मलेसियाको सामना गर्दै
Nepali-cricket-1788397360.jpg

१८ भदौ, हेटौंडा । एसिसी प्रिमियर कपको तेस्रो संस्करणको दोस्रो खेलमा आज नेपालले आयोजक मलेसियाको सामना गर्दैछ...

देशभर साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1788396872.jpg

१८ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा...

एक अर्ब रुपैयाँ बाढी प्रभावित क्षेत्रमा पठाइने
rasuwa-badhi_syafrubesi-1788312325.jpg

१७ भदौ, हेटौंडा । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषबाट एक अर्ब रुपैयाँ तत्कालै बाढी प्रभावित क्षेत्रमा...

इन्जिनियर कार्की घुससहित पक्राउ
Akhtiyar-CIAA-Nepal-1788311973.jpg

१७ भदौ, हेटौंडा । काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिकाकी भवन निर्माण तथा बस्ती विकास शाखाकी प्रमुख इन्जिनियर...

प्रतिनिधिसभाको बैठक बस्दै
Screenshot_20260628_16321-1788311335.jpg

१७ भदौ, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज दिउँसो  १ बजे बस्दै छ ।  आजको बैठकमा सभामुख डोलप्रसाद अर्यालले...

कांग्रेस बागमती र संसदीय दलबाट बाढीप्रभावितलाई १० लाख ६६ हजार सहयोग
IMG-20260901-WA0022-1788272838.jpg

१६ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा...

थप समाचार