Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

खेलकुद

आईपिएलमा मुम्बईमाथि कोलकाताको शानदार जित

1714759884-7051-1714791856.jpg

२२ बैशाख, हेटौंडा ।  इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत गएराति भएको खेलमा मुम्बई इन्डियन्समाथि कोलकाता नाइट राइडर्सले २४ रनको शानदार जित निकालेको छ।
टस हारेर सुरुमा ब्याटिङको निम्तो पाएको कोलकाताले दिएको १७० रनको मध्यम लक्ष्य पछ्याएको मुम्बई ७ बल खेल्न बाँकी हुँदै १४५ रनमा समेटिएको हो। यो जितसँगै कोलकाता १४ अंकसहित दोस्रो स्थानमा यथावत छ। मुम्बई भने ६ अंकसहित नवौं स्थानमा छ।
सुरुमा ब्याटिङ गरेको कोलकाताका ओपनर र चर्चित ब्याट्सम्यान चल्न सकेनन्। उसका लागि वेंकटेश अय्यरले बनाएको शानदार अर्धशतक नै जितका लागि पर्याप्त भयो। उनले ५२ बलमा ६ चौका र ३ छक्काको मद्दतमा ७० रन बनाए। मनिष पाण्डे ४३ रनमा आउट हुँदा अङ्कृष्न रघुवंशीले मात्र १३ रन जोडे। अन्य ब्याट्सम्यानले भने दोहोरो अंक जोड्न सकेनन्।
फिल साल्ट ५, सुनिल नारायन ८, कप्तान श्रेयस अय्यर ६ र रिंकु सिंह ९ रनमा आउट हुँदा आन्द्रे रसेलले मात्र ७ रन बनाए। कोलकाता एक बल खेल्न बाँकी हुँदै १६९ रन बनाएर अलआउट भएको थियो।
कोलकातालाई सस्तैमा समेट्न मुम्बईका नुवान तुषारा र जसप्रित बुमराहले तीनतीन विकेट हात पारे। कप्तान हार्दिक पाण्डेयले दुई विकेट लिँदा पियुष चावलाले एक विकेट हात पारे।
१७० रनको लक्ष्य पछ्याएको मुम्बईकाको ब्याटसमेत कलकाताविरुद्ध चल्न सकेन। उसका लागि सूर्यकुमार यादवले अर्धशतक बनाउनुबाहेक अन्य ब्याट्सम्यानले खेल्न सकेनन्। यादवले ३५ बलमा ५६ रन बनाए। टिम डेबिडले २४ रन बनाउँदा कप्तान हार्दिक पाण्डे तीन बल खेल्दै १ रनमा आउट भए। इशन किसन १३, रोहित शर्मा ११, नमन धिर ११, नेहल वढेरा ६ रनमा आउट हुँदा तिलक बर्माले ४ रन मात्र जोडे। मुम्बई ७ बल बाँकी हुँदै १४५ रनमा अलआउट भएको हो।
मुम्बईलाई सस्तैमा समेट्न कोलकाताका लागि मिचेल स्टार्कले एक्लै चार विकेट लिए भने वरुण चक्रवर्ती सुनिल नारायन र आन्द्रे रसेलले २/२ विकेट हात पारे ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
अर्थमन्त्री वाग्ले र कतारका अर्थमन्त्रीबीच भेटवार्ता
Swarnim-1790730561.jpg

१४ असोज, हेटौंडा । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले कतारका अर्थमन्त्री अली बिन अहमद अल कुवारीसँग दोहामा...

चार संसदीय समितिको बैठक बस्दै
sanghiya-samsad-pic-1790730092.jpg

१४ असोज, हेटौंडा । संघीय संसद्का चार संसदीय समितिको बैठक बस्दै छ । अर्थ समिति, कानुन, न्याय तथा मानव अधिकार समिति,...

प्रतिनिधिसभाको बैठक आज बस्दै
Screenshot_20260628_16321-1790729635.jpg

१४ असोज, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज दिउँसो १ बजे सिंहदरबारमा बस्दै छ । आजको बैठकमा विभिन्न...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
rain_PiLaQvymrm-1790729351.jpg

१४ असोज, हेटौंडा । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ । देशभर मनसुनी वायु र पश्चिमी वायुको...

नेपाल एसियाली पूर्वाधार लगानी बैंकको उपाध्यक्ष चयन
AIIB-1790614499-1790645406.png

१३ असोज, हेटौंडा । नेपाल एसियाली पूर्वाधार लगानी बैंक (एआईआईबी) को उपाध्यक्ष पदमा चयन भएको छ।  कतारको राजधानी...

एसियाली खेलकुद: क्रिकेटबाट नेपाल बाहिरियो
HSAa0KNacAAs8de_edit_2844-1790645255.jpg

१३ असोज, हेटौंडा । जापानमा जारी एसियाली खेलकुदअन्तर्गत पुरुष क्रिकेटमा नेपाल र श्रीलंकाबीचको तेस्रो...

दुर्गा प्रसाईंलाई तीन दिन थुनामा राख्न अनुमति
Durga-parshain-1790644807.jpg

१३ असोज, हेटौंडा । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई तीन दिन थुनामा राखेर अनुसन्धान गर्न काठमाडाैँ जिल्ला...

प्रतिनिधिसभाको बैठक आज बस्दै
Screenshot_20260628_16320-1790644596.jpg

१३ असोज, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक बिहान १० बजे सिंहदरबारमा बस्नेछ । बैठकमा प्रधानमन्त्री...

देशभर आंशिक बादल लाग्ने
cloudy-weather-1771119240-1790644364.jpg

१३ असोज, हेटौंडा । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ । देशभर मनसुनी वायु र पश्चिमी वायुको...

थप समाचार