२३ बैशाख, हेटौंडा । भीम विराग संगीत साहित्य कला प्रतिष्ठान हेटौंडाद्वारा साहित्य कला तथा संगित क्षेत्रमा क्रियाशील ९ जनालाई सम्मान गरेको छ । प्रतिष्ठानले शनिबार हेटौँडामा एक कार्यक्रम आयोजना गरी साहित्य, संगीत, कला र पत्रकारितातर्फका विभिन्न विधामा योगदान गरेका तथा क्रियाशील ९ जनालाई सम्मान गरेको हो ।
प्रतिष्ठानले साहित्यतर्फ योगदान गरेको भन्दै भीम विराग राष्ट्रिय साहित्य पुरस्कार २०८० बाट सुनसरीकी कुन्ता शर्मा, गीत संगितको माध्यमबाट योगदान गरेको भन्दै भीम विराग राष्ट्रिय संगीत पुरस्कार २०८० बाट मकवानपुरका लाल श्रेष्ठ, कला पुरस्कारमा योगदान पु¥याएको भन्दै भीम विराग राष्ट्रिय कला पुरस्कार २०८० बाट मकवानपुरका कलाकार बीएस राना र पत्रकारिताका क्षेत्रबाट साहित्य कला तथा संगितमा योगदान गरेको भन्दै भीम विराग राष्ट्रिय पत्रकारिता पुरस्कार २०८० बाट ललितपुरका जयदेव भट्टराईलाई पुरस्कृत गरेको हो । भट्टराई मधुपर्कका पूर्वसम्पादक समेत हुन् । उनीहरुलाई जनही २५ हजार रुपैयाँसहित पुरस्कृत गरेको हो ।
त्यस्तै प्रतिष्ठानले तुलसीमाया–शिवकुमारी सृजनशील नारी सम्मानबाट १५ हजार रुपैयाँ सहित मञ्जु खराल, शिला नारी पुरस्कार १५ हजार रुपैयाँसहित निरु मगर र २० हजार रुपैयाँको रामकृष्ण बानियाँ स्मृति लोक संगीत पुरस्कार पम्फा थापा मगरलाई प्रदान गरेको छ ।
त्यस्तै १० हजार रुपैयाँ राशीको मंगलादेवी स्मृति स्वास्थ्य सेवा पुरस्कार सीमा मिश्र र अजित सेन गुप्ता भिन्न क्षमता पुरस्कार बाराकी अञ्जु धिताललाई प्रदान गरिएको छ । कार्यक्रममा हेटौंडा उपमहानगरपालिकाका प्रमुख मिनाकुमारी लामा, प्रतिष्ठानका अध्यक्ष केशवलाल श्रेष्ठ तौजलले लगाएतले सम्मान तथा पुरस्कार वितरण गरेका थिए ।
१२ कार्तिक, हेटौंडा । इजरायलको आमनिर्वाचनमा झन्डै ९० प्रतिशत मतगणना सकिँदासमेत कुनै पनि राजनीतिक गठबन्धनले...
१२ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसको १५औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिका पदाधिकारी र...
१२ कार्तिक, हेटौंडा । सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणमा पहिलो जित निकालेको...
१२ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज दुई खेल हुँदैछन् । पहिलो खेलमा जनकपुर बोल्ट्स र...
१२ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। साथै बङ्गालको खाडीमा विकसित चक्रवात...
११ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्सले खेल्दैछन्...
११ कार्तिक, हेटौंडा । उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग नेपालका लागि संघीय गणतन्त्र जर्मनीका राजदूत उडो...
११ कार्तिक, हेटौंडा । उच्च पहाडी तथा हिमाली क्षेत्रहरूमा भारी हिमपात, हिमआँधी र हिमपहिरोको उच्च जोखिम रहेकाले...
११ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको र बिहीबारदेखि बङ्गालको खाडीमा विकसित चक्रवात...
३० असोज, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले हाल कर्णाली र सुदूरपश्चिम...
३० असोज, हेटौंडा । नेपाली कांग्रेस बागमती प्रदेशका सभापति एवम् पूर्वमुख्यमन्त्री इन्द्रबहादुर बानियाँ...
४ कार्तिक, हेटौंडा । बडा दशैं अर्थात् दुर्गापक्षको मुख्य दिन आज मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रुपमा शुभ...
३१ असोज, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले बडादशैं २०८३ का अवसरमा देश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली...
३१ असोज, हेटौंडा । पत्रकार किशोर श्रेष्ठ साइबर ब्युरोमा भएको छलफलपछि शनिबार साँझ रिहा भएका छन् । रिहा भएपछि...
३१ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५ औँ महाधिवेशनबाट निर्वाचित सभापति गगनकुमार थापाको शपथग्रहण आज हुने भएको छ...
२ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव छ। यसको असरका कारण देशका हिमाली तथा पहाडी भू-भागमा...
३ कार्तिक, हेटौंडा । आज नवदुर्गा भवानीको नवौँ स्वरूप देवी सिद्धिदात्रीको पूजा तथा आराधना गरिन्छ। यस दिन...
४ कार्तिक, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले विजया दशमीमा शुभसाइतमा गुरु पुरोहितबाट टीका जमरा ग्रहण गर्ने...










-nepal-1792111426.jpg)







