२४ बैशाख, हेटौंडा । नेपालको जनसंख्या वृद्धिदर जनगणना भएको इतिहासमै पहिलो पटक एक प्रतिशतभन्दा तल झरेको छ । राष्ट्रिय तथ्याङ्क कार्यालयले आज सार्वजनिक गरेको जनसंख्या साक्षरता पुस्तक तथा जनसांख्यिक सूचकहरू अनुसार नेपालको वार्षिक जनसङ्ख्या वृद्धिदर शून्य दशमलव ९२ प्रतिशतमा झरेको हो ।
यो वृद्धिदर जनगणना शुरु भएको ८० वर्षको इतिहासमा सबैभन्दा कम रहेको जनसंख्या शाखाका निर्देशक ढुण्डिराज लामिछाने जानकारी दिए । यस्तै एक जना महिलाले औसतमा बच्चा जन्माउने दर पनि दुई प्रतिशतभन्दा तल झरेको छ । एउटा महिलाले आफ्नो जीवनकालमा औसतमा एक दशमलव ९४ जना बच्चा जन्माउने गरेको देखिएको लामिछानेले बताए ।
जनसंख्याको मापदण्डअनुसार औसतमा एक जना महिलाले दुई दशमलव एक अर्थात् १० जना महिलाले २१ वटा बच्चा जन्माएमा जनसंख्या स्थिर रहन्छ । तर महिलाको प्रजनन दर दुई प्रतिशतभन्दा पनि तल गएको देखिएकाले यो विषयलाई सरकारले समयमै सम्बोधन गर्नुपर्ने निर्देशक लामिछानेले बताए ।
यस्तै देशमा छोरी जन्माउने दर पनि घट्दै गएको देखिएको छ । छोरीहरूको सङ्ख्या घट्दा जन्मदर तीव्र गतिमा घट्दै जाने खतरा हुन्छ । शिशु मृत्युदरमा भने सुधार आएको छ । २०६८ सालको जनगणनामा जीवित जन्मिएका एक हजार जना शिशुमध्येमा पाँच वर्ष नपुग्दै ४० जनाको मृत्यु हुने गरेको थियो । यो सङ्ख्या १७ जनामा झरेको छ ।
यस्तै नेपालको कुल औसत आयु ७१ दशमलव तीन वर्ष पुगेको छ । पुरुषको ६८ दशमलव दुई वर्ष र महिलाको ७३ दशमलव आठ वर्ष रहेको छ । पुरुष र महिलाको मृत्युको अन्तर बढ्दै गएको छ । नेपालमा एकल परिवार अर्थात् बाबुआमा र छोराछोरी मात्रै बस्ने परिवारको सङ्ख्या ६० प्रतिशत पुगेको छ ।
१२ कार्तिक, हेटौंडा । इजरायलको आमनिर्वाचनमा झन्डै ९० प्रतिशत मतगणना सकिँदासमेत कुनै पनि राजनीतिक गठबन्धनले...
१२ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसको १५औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिका पदाधिकारी र...
१२ कार्तिक, हेटौंडा । सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणमा पहिलो जित निकालेको...
१२ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज दुई खेल हुँदैछन् । पहिलो खेलमा जनकपुर बोल्ट्स र...
१२ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। साथै बङ्गालको खाडीमा विकसित चक्रवात...
११ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्सले खेल्दैछन्...
११ कार्तिक, हेटौंडा । उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग नेपालका लागि संघीय गणतन्त्र जर्मनीका राजदूत उडो...
११ कार्तिक, हेटौंडा । उच्च पहाडी तथा हिमाली क्षेत्रहरूमा भारी हिमपात, हिमआँधी र हिमपहिरोको उच्च जोखिम रहेकाले...
११ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको र बिहीबारदेखि बङ्गालको खाडीमा विकसित चक्रवात...
३० असोज, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले हाल कर्णाली र सुदूरपश्चिम...
३० असोज, हेटौंडा । नेपाली कांग्रेस बागमती प्रदेशका सभापति एवम् पूर्वमुख्यमन्त्री इन्द्रबहादुर बानियाँ...
४ कार्तिक, हेटौंडा । बडा दशैं अर्थात् दुर्गापक्षको मुख्य दिन आज मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रुपमा शुभ...
३१ असोज, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले बडादशैं २०८३ का अवसरमा देश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली...
३१ असोज, हेटौंडा । पत्रकार किशोर श्रेष्ठ साइबर ब्युरोमा भएको छलफलपछि शनिबार साँझ रिहा भएका छन् । रिहा भएपछि...
३१ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५ औँ महाधिवेशनबाट निर्वाचित सभापति गगनकुमार थापाको शपथग्रहण आज हुने भएको छ...
२ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव छ। यसको असरका कारण देशका हिमाली तथा पहाडी भू-भागमा...
३ कार्तिक, हेटौंडा । आज नवदुर्गा भवानीको नवौँ स्वरूप देवी सिद्धिदात्रीको पूजा तथा आराधना गरिन्छ। यस दिन...
४ कार्तिक, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले विजया दशमीमा शुभसाइतमा गुरु पुरोहितबाट टीका जमरा ग्रहण गर्ने...









-nepal-1792111426.jpg)







