२५ बैशाख, हेटौैँडा । बागमती प्रदेशको समाजिक विकास मन्त्रालय अन्तर्गत प्रदेश युवा परिषदको आयोजनामा प्रदेशको राजधानी हेटौँडामा यहि बैशाख २८ देखि ३० गतेसम्म हुने युवा सम्मेलनको तयारी पुरा भएको छ । मंगलबार हेटौँडामा पत्रकार सम्मेलनको आयोजा गर्दै सम्मेलनको तयारी पुरा भएको जानकारी गराइएको हो ।
युवालाई सामाजिक र सार्वजनिक जीवनमा सहभागी गराउने, नवप्रवर्तन र उद्यमशीलता विकास गर्ने लगाएतका उद्देश्यले सम्मेलनको आयोजना गर्न लागीएको प्रदेश युवा परिषद्का कार्यकारी उपाध्यक्ष सन्तोष चौलागाईले जानकारी दिए । सम्मेलन युवाहरुको क्षमता विकास तथा उद्यमशीलता र रोजगारीसँगै सिप विकासमा उपयोगी हुने उपाध्यक्ष चौलागाईँको दावी छ । उनले सम्मेलनले पछिल्लो समय युवा पुस्तामादेखिएको चरम निराशालाई चिर्दै आशा र उर्जा थप्न मद्धत गर्ने विश्वास व्यक्त गरेका छन् ।
सम्मेलनमा विभिन्न क्षेत्रमा रहेर काम गरिरहेका १८ देखि ३० वर्षका २०० बढी युवाहरुको सहभागिता निश्चित भइसकेको उपाध्यक्ष चौलागाईले जानकारी दिए । सम्मेलनमा युवाको सहभागितालाई प्रभावकारी बनाउन १३ जिल्लाका सामुदायिक क्याम्पसका उत्कृष्ट विद्यार्थी, आदिवासी जनजाति, दलित, सिमान्तकृत समुदायबाट महिलालाई प्राथमिकता दिएर सहभागी गराउने तयारी रहेको उनको भनाई छ ।
सम्मेलनमा शिक्षा, सिप, नवप्रवर्तन, रोजगारी र नीतिगत सुधारका ५ वटा फरक फरक बिषयहरु समेटेर विभिन्न चरणमा छलफल गरिने बताइएको छ । यस्तै सम्मेलनको अन्तिम दिन बागमतीको राजधानी चिनाउने र बागमतीलाई पहिचान गराउने कार्यक्रम रहने छ भने युवासंग मुख्यमन्त्री कार्यक्रम आयोजना गरी छलफलमा उठेका विषयहरु र राज्यले गरिरहेका पहल र भएका कमजोरीका बारेमा छलफल गरिने छ ।
‘युवा सिप वर्ष २०८१’ घोषणा गरिने
सम्मेलन पश्चात २०८१ लाई सिप वर्ष घोषणा गर्ने तयारी गएिको पनि उपाध्यक्ष चौलागाईँले जानकारी दिए । जसअन्तर्गत प्रदेशका ५ हजार युवालाई सिपमुलक तालिम प्रदान गरी उद्यमशिलता तर्फ अग्रसर गराउने तयारी रहेको उनको भनाई छ । उपाध्यक्ष चौलागाईंले विभिन्न १० वटा क्षेत्रमा एकसय बढी पेशाका सिप सिकाई सिप परीक्षण पश्चात बिउपुँजी प्रदान गर्नेगरी कार्यक्रम तयार गरिएको जानकारी दिए । उनले कार्यक्रम अन्तर्गत निर्माण, कृषि, सेवा, होटल तथा पर्यटन, होजियारी तथा तयारी पोशाक र सूचना तथा सञ्चारको क्षेत्रमा तालिम दिइ सिप परिक्षण सहितको व्यवस्था गरिने बताए । तालिम स्थानीय तह, सामुदायिक विद्यालय, कलेज, सामाजिक संस्थाहरुको समन्वयमा सञ्चालन गरिने र तालिम पश्चात सामाजिक विकास मन्त्रालय, सीटीईभीटी र प्रदेश युवा परिषद्को त्रिपक्षीय सम्झौतामा सिप परीक्षण हुने उपाध्यक्ष चौलागाईले बताए । विगतका तुलनामा केही फरक शैलीका तालिम प्रदान गरिने उनको भनाई छ ।
७ भदौ, हेटौंडा । बाराको जितपुर सिमरा उपमहानगरपालिका-१ की तीन वर्षीया बालिका गरिमा चौधरीमाथि भएको जघन्य अपराधको...
७ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...
६ भदौ, हेटौंडा । सुदूरपश्चिम प्रदेशका तीन मन्त्री र दुई राज्यमन्त्रीले शपथग्रहण गरेका छन् । शुक्रबार साँझ प्रदेश...
६ भदौ, हेटौंडा । राप्रपाले बागमतीमा मन्त्री बनेका तीन सांसदलाई किन कारबाही नगर्ने भन्दै अल्टिमेटमसहित...
६ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...
५ भदौ, हेटौंडा । कैलालीमा जापानिज इन्सेफलाइटिसका कारण दुई जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा घोडाघोडी...
५ भदौ, हेटौंडा । हेटौंडा-१९ बस्तिपुरस्थित बासुदेव खोलाले बगाएर बेपत्ता भएकी ११ वर्षीया सुमित्रा ब्लोनको शव फेला...
५ भदौ, हेटौंडा । नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष महेश्वरभक्त श्रेष्ठको नियुक्ति सर्वोच्च अदालतले बदर...
५ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...
२६ साउन, हेटौंडा । पर्साको वीरगञ्जबाट स्रोत नखुलेको ५२ लाख ५० हजार नेपाली रुपैयाँसहित ४ जना पक्राउ परेका छन्...
३० साउन, हेटौंडा । नेपाल आयल निगमको समन्वयमा आइतबार खाना पकाउने एलपी ग्याँस बिक्री गरिने भएको छ। निगमको समन्वयमा...
२५ साउन, हेटौंडा । प्रधानमन्त्री वालेन्द्र शाहसँग नेपालका लागि जनवादी गणतन्त्र चीनका राजदूत झाङ माओमिङले...
२८ साउन, हेटौंडा । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले आफु राष्ट्रिय एकता सुदृढ गर्न स्वदेश...
२६ साउन, हेटौंडा । नेपाल क्रिकेट संघ (क्यान) ले सन्दीप लामिछानेको कप्तानीमा एसीसी प्रिमियर कपका लागि राष्ट्रिय...
२९ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको...
२७ साउन, हेटौंडा । नेपाली बजारमा सुनको मूल्य घटेको छ । सुन तोलामा १२ सयले घटेको हो । आज छापावाल सुनको मूल्य...
२७ साउन, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री एवं नेपाली कांग्रेस बागमती प्रदेश सभापति इन्द्रबहादुर...
२९ साउन, हेटौंडा । बागमती प्रदेश सरकारका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले भदौ १ गते विश्वासको मत लिने भएका...
















-1786539267.jpg)
-1786686763.jpg)