Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

बैशाख ३१ गते वजेट अधिवेशन आह्वान गर्न सिफारिस

Mantriparishad-Baithak-1715301725.JPG

२८ बैशाख, हेटौंडा । बिहीबार बसको बागमती प्रदेश मन्त्रिपरिषद बैठकले बागमती प्रदेश सभाको बर्खे अधिवेशन आह्वान गर्न सिफारिस गर्ने निर्णय गरेको छ । प्रदेश सरकारका प्रवक्त एवं आन्तरिक मामिला तथा योजना मन्त्री गंगानारायण श्रेष्ठका अनुसार प्रदेश सभाको बर्खे अधिवेशन ३१ वैशाखमा गर्ने गरी आह्वान गर्न सिफारिस गरिएको हो । 
बैठक वैशाख ३१ गते दिउँसो १ बजेका लागी आह्वान गर्न प्रदेश प्रमुख यादवचन्द्र शर्मा समक्ष सिफारिस गर्ने निर्णय गरेको हो । मन्त्रिपरिषदको सिफारिस अनुसार नै प्रदेश प्रमुख शर्माले बर्खे अधिवेशन आह्वान गर्ने मन्त्री श्रेष्ठको भनाई छ । बजेट अधिवेशनको रूपमा रहेको अधिवेशनबाट सरकारको नीति तथा कार्यक्रम, आगामी आर्थिक वर्षको बजेट संसदमा पेस गर्ने तथा छलफल गरी पारित गरिने छ । 
प्रदेश सभाको हिउँदे अधिवेशन गत वैशाख १२ गते राति १२ बजेबाट अन्त्य गरिएको थियो । यसैगरी मन्त्रिपरिषद बैठकले भौतिक पूर्वाधार विकास मन्त्रालय अन्तर्गतको कार्यालय स्थानान्तरण गर्ने निर्णय पनि गरेको छ । निर्णय अनुसार ग्रामिण सडक सञ्जाल सुधार आयोजना (आसिआइपीएफ)को कार्यालय हेटौंडाबाट भक्तपुर सारिने भएको छ । 
संघीय सरकारसंग समन्वय गर्न र उक्त कार्यालय अन्तर्गत कार्यान्वयन भइरहेको ६ वटा योजनाहरु कार्यान्वयन गराउन सहजता हुने भएकाले कार्यालय स्थानान्तरण गर्ने निर्णय गरिएको मन्त्री श्रेष्ठले बताए । 
बैठकले खरको छानो मुक्त बागमती प्रदेश कार्यक्रम संचालन पहिलो संशोधन स्वीकृत गरेको छ भने नमुना वडा समाजवादी कार्यक्रम कार्यान्वयन कार्यविधि २०८० को पहिलो संशोधन र लैगिंक समानता तथा सामाजिक समावेशीकरण परिक्षण मापदण्ड २०८१ पनि स्वीकृत गरेको छ । यसैगरी प्रदेश नीति तथा योजना आयोगमा रिक्त रहेका एउटा सदस्य पदमा दिपेन्द्र श्रेष्ठलाई नियुक्त गर्ने निर्णय गरिएको मन्त्री श्रेष्ठले बताए । 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्सले खेल्दै
Nepal_Premier_League_offi-1793149654.png

११ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्सले खेल्दैछन्...

उपराष्ट्रपति र जर्मनीका राजदूतबीच भेटवार्ता
vice-prisident-udo-ujen-1793149094.jpg

 ११ कार्तिक, हेटौंडा । उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग नेपालका लागि संघीय गणतन्त्र जर्मनीका राजदूत उडो...

कात्तिक १२ देखि १४ गतेसम्म पदयात्रा नगर्न अध्यागमनको आग्रह
Padyatra_OSSnrMIcsF_btCFJ-1793148759.jpg

११ कार्तिक, हेटौंडा । उच्च पहाडी तथा हिमाली क्षेत्रहरूमा भारी हिमपात, हिमआँधी र हिमपहिरोको उच्च जोखिम रहेकाले...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1793148451.jpg

११ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको र बिहीबारदेखि बङ्गालको खाडीमा विकसित चक्रवात...

सुनको मूल्य बढ्यो, चाँदीको घट्यो
Gold-1793083660.jpg

१० कार्तिक, हेटौंडा । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुनको मूल्य आज प्रतितोला ८ सय रुपैयाँले बढेको हो । आज...

इजरायलमा आज निर्वाचन हुँदै
benjamin-netanyahu-178627-1793065886.jpg

१० कार्तिक, हेटौंडा । इजरायलमा संसद् नेसेटका १२० सिटका लागि आज निर्वाचन हुँदैछ । स्थानीय समयअनुसार बिहान ७...

ह्यारी केनलाई बालोन डी’ओर अवार्ड
ken-1793063053-1793065630.jpg

१० कार्तिक, हेटौंडा । इंग्ल्यान्डका कप्तान तथा जर्मन क्लब बायर्न म्युनिखका स्ट्राइकर ह्यारी केनले यसपटकको...

आमादब्लममा एक जर्मन आरोहीको मृत्यु
Mount-Everest-1793065451.png

१० कार्तिक, हेटौंडा । सोलुखुम्बुस्थित आमादब्लम हिमालमा लडेर एक जर्मन आरोहीको मृत्यु भएको छ । ६ हजार ८१४ मिटर...

एनपीएलमा मंगलबार दुई खेल हुँदै
Nepal_Premier_League_offi-1793064964.png

१० कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिगमा मंगलबार दुई खेल हुँदैछन् ।  एनपीएलमा आज बिहान चितवन राइनोज र...

थप समाचार