२८ बैशाख, हेटौंडा । बिहीबार बसको बागमती प्रदेश मन्त्रिपरिषद बैठकले बागमती प्रदेश सभाको बर्खे अधिवेशन आह्वान गर्न सिफारिस गर्ने निर्णय गरेको छ । प्रदेश सरकारका प्रवक्त एवं आन्तरिक मामिला तथा योजना मन्त्री गंगानारायण श्रेष्ठका अनुसार प्रदेश सभाको बर्खे अधिवेशन ३१ वैशाखमा गर्ने गरी आह्वान गर्न सिफारिस गरिएको हो ।
बैठक वैशाख ३१ गते दिउँसो १ बजेका लागी आह्वान गर्न प्रदेश प्रमुख यादवचन्द्र शर्मा समक्ष सिफारिस गर्ने निर्णय गरेको हो । मन्त्रिपरिषदको सिफारिस अनुसार नै प्रदेश प्रमुख शर्माले बर्खे अधिवेशन आह्वान गर्ने मन्त्री श्रेष्ठको भनाई छ । बजेट अधिवेशनको रूपमा रहेको अधिवेशनबाट सरकारको नीति तथा कार्यक्रम, आगामी आर्थिक वर्षको बजेट संसदमा पेस गर्ने तथा छलफल गरी पारित गरिने छ ।
प्रदेश सभाको हिउँदे अधिवेशन गत वैशाख १२ गते राति १२ बजेबाट अन्त्य गरिएको थियो । यसैगरी मन्त्रिपरिषद बैठकले भौतिक पूर्वाधार विकास मन्त्रालय अन्तर्गतको कार्यालय स्थानान्तरण गर्ने निर्णय पनि गरेको छ । निर्णय अनुसार ग्रामिण सडक सञ्जाल सुधार आयोजना (आसिआइपीएफ)को कार्यालय हेटौंडाबाट भक्तपुर सारिने भएको छ ।
संघीय सरकारसंग समन्वय गर्न र उक्त कार्यालय अन्तर्गत कार्यान्वयन भइरहेको ६ वटा योजनाहरु कार्यान्वयन गराउन सहजता हुने भएकाले कार्यालय स्थानान्तरण गर्ने निर्णय गरिएको मन्त्री श्रेष्ठले बताए ।
बैठकले खरको छानो मुक्त बागमती प्रदेश कार्यक्रम संचालन पहिलो संशोधन स्वीकृत गरेको छ भने नमुना वडा समाजवादी कार्यक्रम कार्यान्वयन कार्यविधि २०८० को पहिलो संशोधन र लैगिंक समानता तथा सामाजिक समावेशीकरण परिक्षण मापदण्ड २०८१ पनि स्वीकृत गरेको छ । यसैगरी प्रदेश नीति तथा योजना आयोगमा रिक्त रहेका एउटा सदस्य पदमा दिपेन्द्र श्रेष्ठलाई नियुक्त गर्ने निर्णय गरिएको मन्त्री श्रेष्ठले बताए ।
१८ भदौ, हेटौंडा । मकवानपुरको मकवानपुरगढी गाउँपालिका–४ ज्वालादेवीस्थित एक घरमा राति आगलागी भएको छ । स्थानीय...
१८ भदौ, हेटौंडा । रसुवास्थित भोटेकोशी नदीको बाढीमा परी मृत्यु भएका एक हजार २२२ जनाको शव फेला परेको छ । ३४ बालक, ४३...
१८ भदौ, हेटौंडा । एसिसी प्रिमियर कपको तेस्रो संस्करणको दोस्रो खेलमा आज नेपालले आयोजक मलेसियाको सामना गर्दैछ...
१८ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा...
१७ भदौ, हेटौंडा । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषबाट एक अर्ब रुपैयाँ तत्कालै बाढी प्रभावित क्षेत्रमा...
१७ भदौ, हेटौंडा । काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिकाकी भवन निर्माण तथा बस्ती विकास शाखाकी प्रमुख इन्जिनियर...
१७ भदौ, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज दिउँसो १ बजे बस्दै छ । आजको बैठकमा सभामुख डोलप्रसाद अर्यालले...
१६ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा...
१६ भदौ, हेटौंडा । नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । सुनको मूल्य प्रतितोला ५०० रुपैयाँ र चाँदीको मूल्य १५...
८ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टीको विवादका कारण बागमती प्रदेशमा अन्यौलता उत्पन्न भएको छ ।...
८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरको नियुक्तिबारे परेको रिटमा दुबै पक्षलाई छलफलका लागि...
५ भदौ, हेटौंडा । हेटौंडा-१९ बस्तिपुरस्थित बासुदेव खोलाले बगाएर बेपत्ता भएकी ११ वर्षीया सुमित्रा ब्लोनको शव फेला...
४ भदौ, हेटौंडा । बागमती प्रदेशका ६ जना मन्त्रीले शपथग्रहण गरेका छन् । प्रदेशप्रमुख दिपक देवकोटाले उनीहरूलाई...
६ भदौ, हेटौंडा । राप्रपाले बागमतीमा मन्त्री बनेका तीन सांसदलाई किन कारबाही नगर्ने भन्दै अल्टिमेटमसहित...
८ भदौ, हेटौंडा । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशसभाबाट विश्वासको मत प्राप्त गरेका छन्।...
८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले आज प्रदेश सभाबाट विश्वासको मत लिँदै छन्। सोमबार...
९ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...
८ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जनाएको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास...

















