Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

हेटौँडा अस्पतालको स्वामित्व मदन भण्डारी स्वास्थ्य प्रतिष्ठानलाई हस्तान्तरण गर्न लागेकोमा विरोध

Hetauda-Hospital-1715406430.jpg

२९ बैशाख, हेटौंडा । हेटौँडा अस्पतालको स्वामित्व मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई हस्तान्तरण गर्न लागेकोमा मकवानपुरका राजनीतिक दलले विरोध गरेका छन् ।  
विज्ञप्ति जारी गर्दै नेपाली कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी, राष्ट्रिय स्वतन्त्र पार्टी, जसपा नेपाल, राप्रपा नेपाल, राप्रपा र नेकपाले राज्यको ठूलो सम्पत्ति, आफ्नै अस्तित्व र गरिमा रहेको र दैनिक २ हजार भन्दा बढी नागरिकले उपचार सेवा पाइरहेको हेटौँडा अस्पताललाई प्रतिष्ठानमा गाभ्ने र अस्तित्व नै नामेट पार्ने गरी भइरहेको गतिविधिले सबैको ध्यानाकर्षण भएको जनाएका छन् ।
विज्ञप्तिमा मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको आफ्नै भौतिक पूर्वाधार तयार नभएसम्मका लागि हेटौँडा अस्पताललाई प्रयोगशालाका रुपमा लिइने भनेर गरिएको सहमतिमा एकाएक हेटौँडा अस्पताललाई मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई नै सम्पूर्ण सम्पत्ति र स्वामित्व हस्तान्तरण गर्ने गरी प्रदेश सरकारले स्वास्थ्य मन्त्रालयमार्फत आरम्भ गरेको भन्दै सरकारमै रहेका र बाहिर रहेका दललाई स्वीकार्य नहुने उल्लेख छ ।
उनीहरूले मकवानपुरको विकासमा योगदान दिने कामको स्वागत गर्दै हेटौँडा अस्पतालाई प्रतिष्ठानमा गाभ्ने प्रक्रिया तत्काल वन्द नगरे सडक र प्रदेश सभामा समेत आन्दोलनको कार्यक्रम सञ्चालन गर्ने चेतावनी दिएका छन् ।
विज्ञप्ति जारी गर्नेमा नेपाली कांग्रेसका सभापति बुद्ध लामा, नेकपा एसका अध्यक्ष विष्णु दाहाल, 
नेकपा माओवादी केन्द्रका संयोजक भीम पाखिन, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति भरत प्रसाद पराजुली, जसपा नेपालका अध्यक्ष सोम घलान, राप्रपा नेपालका अध्यक्ष गुरुप्रसाद सापकोटा, राप्रपाका उपाध्यक्ष अर्जुनप्रसाद गौतम र नेकपाका ईन्चार्ज वाटर सि. रहेका छन् ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
मकवानपुरगढीको एक घरमा आगलागी
aagolagi-1788399122.jpg

१८ भदौ, हेटौंडा । मकवानपुरको मकवानपुरगढी गाउँपालिका–४ ज्वालादेवीस्थित एक घरमा राति आगलागी भएको छ । स्थानीय...

भोटेकोशी बाढी: एक हजार २२२ शव फेला
rasuwa-badhi_syafrubesi-1788397712.jpg

१८ भदौ, हेटौंडा । रसुवास्थित भोटेकोशी नदीको बाढीमा परी मृत्यु भएका एक हजार २२२ जनाको शव फेला परेको छ । ३४ बालक, ४३...

नेपालले आयोजक मलेसियाको सामना गर्दै
Nepali-cricket-1788397360.jpg

१८ भदौ, हेटौंडा । एसिसी प्रिमियर कपको तेस्रो संस्करणको दोस्रो खेलमा आज नेपालले आयोजक मलेसियाको सामना गर्दैछ...

देशभर साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1788396872.jpg

१८ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा...

एक अर्ब रुपैयाँ बाढी प्रभावित क्षेत्रमा पठाइने
rasuwa-badhi_syafrubesi-1788312325.jpg

१७ भदौ, हेटौंडा । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषबाट एक अर्ब रुपैयाँ तत्कालै बाढी प्रभावित क्षेत्रमा...

इन्जिनियर कार्की घुससहित पक्राउ
Akhtiyar-CIAA-Nepal-1788311973.jpg

१७ भदौ, हेटौंडा । काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिकाकी भवन निर्माण तथा बस्ती विकास शाखाकी प्रमुख इन्जिनियर...

प्रतिनिधिसभाको बैठक बस्दै
Screenshot_20260628_16321-1788311335.jpg

१७ भदौ, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज दिउँसो  १ बजे बस्दै छ ।  आजको बैठकमा सभामुख डोलप्रसाद अर्यालले...

कांग्रेस बागमती र संसदीय दलबाट बाढीप्रभावितलाई १० लाख ६६ हजार सहयोग
IMG-20260901-WA0022-1788272838.jpg

१६ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा...

आज सुनचाँदीको मूल्य घट्यो
gold1616689900-1788244458.jpg

१६ भदौ, हेटौंडा । नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । सुनको मूल्य प्रतितोला ५०० रुपैयाँ र चाँदीको मूल्य १५...

थप समाचार