२९ बैशाख, हेटौँडा । सामुदायिक विद्यालयको गुणस्तर सुधार पहिलो प्राथमिकता रहेको हेटौँडा ४ नं. वडाध्यक्ष नवीन सिग्देलले बताएका छन् । भुटनदेवी माविद्वारा आन्तरिक श्रोतबाट नव नियुक्त ९ जना शिक्षकलाई स्वागत र विद्यालयमा छोराछोरी अध्ययन गराउने शिक्षकलाई सम्मान गर्दै उनले यस्तो बताएका हुन् ।
अध्यक्ष सिग्देलले जबसम्म आफूले पढाउने विद्यालयमा शिक्षकले आफ्ना छोराछोरी अध्ययन गरौंदैनन तबसम्म सामुदायिक विद्यालयप्रति जनविश्वास नहुने बताए । शिक्षाको गुणस्तर सुधार गर्न शिक्षकको भूमिका सबैभन्दा महत्वपूर्ण हुने बताउँदै भुटनदेवी माविको व्यवस्थापन समितिको अध्यक्ष समेत रहेका सिग्देलले अन्यको भूमिका सहायक भएको दावि गरे ।
स्तर सुधारमा विभिन्न क्रियाकलाप सञ्चालन गर्दै आएको ४ नं. वडाका विद्यालयमा शिक्षकले आफ्ना छोराछोरी भर्ना गर्ने क्रम बढेको छ । यसअघि श्रमिक माविले पनि छोराछोरी आफ्नो विद्यालयमा भर्ना गर्ने शिक्षकलाई सम्मान गरेको थियो ।
विद्यालयका प्रधानाध्यापक माधव दाहालको अध्यक्षतामा भएको स्वागत सम्मान कार्यक्रममा बोल्दै प्रअ दाहालले सार्वजनिक विज्ञापन गरेर प्रतिस्पर्धाद्वारा उत्कृष्ट भएकालाई नयाँ शिक्षक नियुक्त गरिएको बताउँदै कर्तव्यनिष्ट भएर कार्य गर्नुपर्ने बताए ।
कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका सदस्यहरू राजेन्द्रकुमार बस्ताकोटी, कृष्णप्रसाद कंडेल, सहप्रअहरू वेदराज कोईराला, भरत पोख्रेल, शिक्षक प्रतिनिधि सूर्यप्रसाद घिमीरेलगायतको उपस्थिति रहेको थियो ।
८ भदौ, हेटौंडा । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशसभाबाट विश्वासको मत प्राप्त गरेका छन्।...
८ भदौ, हेटौंडा । बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री किरण थापा मगरले प्रदेशसभाबाट विश्वासको मत लिन बोलाईएको...
८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरको नियुक्तिबारे परेको रिटमा दुबै पक्षलाई छलफलका लागि...
८ भदौ, हेटौंडा । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुन तोलामा ३ हजार २ सय रुपैयाँ बढेको हो । आज सुन प्रतितोला ३...
८ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टीको विवादका कारण बागमती प्रदेशमा अन्यौलता उत्पन्न भएको छ ।...
८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले आज प्रदेश सभाबाट विश्वासको मत लिँदै छन्। सोमबार...
८ भदौ, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे बस्ने भएको हो। बैठकमा सर्वप्रथम उद्योग,...
८ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जनाएको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास...
७ भदौ, हेटौंडा । बाराको जितपुर सिमरा उपमहानगरपालिका-१ की तीन वर्षीया बालिका गरिमा चौधरीमाथि भएको जघन्य अपराधको...
२६ साउन, हेटौंडा । पर्साको वीरगञ्जबाट स्रोत नखुलेको ५२ लाख ५० हजार नेपाली रुपैयाँसहित ४ जना पक्राउ परेका छन्...
३० साउन, हेटौंडा । नेपाल आयल निगमको समन्वयमा आइतबार खाना पकाउने एलपी ग्याँस बिक्री गरिने भएको छ। निगमको समन्वयमा...
२८ साउन, हेटौंडा । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले आफु राष्ट्रिय एकता सुदृढ गर्न स्वदेश...
२९ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको...
२९ साउन, हेटौंडा । बागमती प्रदेश सरकारका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले भदौ १ गते विश्वासको मत लिने भएका...
२६ साउन, हेटौंडा । नेपाल क्रिकेट संघ (क्यान) ले सन्दीप लामिछानेको कप्तानीमा एसीसी प्रिमियर कपका लागि राष्ट्रिय...
२७ साउन, हेटौंडा । नेपाली बजारमा सुनको मूल्य घटेको छ । सुन तोलामा १२ सयले घटेको हो । आज छापावाल सुनको मूल्य...
३ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बागमती प्रदेशसभामा नेकपा एमालेका किरण थापालाई...
२७ साउन, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री एवं नेपाली कांग्रेस बागमती प्रदेश सभापति इन्द्रबहादुर...













-1786686763.jpg)



-1786539267.jpg)