८ माघ, हेटौँडा । अखिल नेपाल फुटबल संघ (एन्फा)ले मकवानपुर जिल्ला फुटबल संघको गत ५ गते भएको साधारणसभा एवम् निर्वाचन आधिकारिक र मान्यता प्राप्त नभएको बताएको छ ।
निकै विवादका बीच ५ गते शुक्रबार भएको साधारणसभा एवम् अधिवेशनलाई एन्फाले मान्यता र आधिकारिता नदिएको भन्दै एन्फाले ३ दिनपछि विज्ञप्ति निकालेको हो ।
एन्फाका महासचिव धीरेन्द्र प्रधानद्वारा हस्ताक्षरित प्रेस विज्ञप्तिमा फुटबल संघ अध्यक्ष राजेन्द्र श्रेष्ठले साधारणसभा गराउन नसकिने अवस्था आएको जानकारी गराए पछि साधारणसभा नगर्नु नगराउनू भनि एन्फाले पठाएको तर सञ्चार माध्यमहरुमा मकवानपुर जिल्ला फुटबल संघको साधारणसभाबाट नयाँ नेतृत्व सर्वसम्मत चयन भएको भन्ने समाचारले ध्यानाकर्षण भएको उल्लेख गरिएको छ ।
एन्फाको निर्देशिका २०७४ बमोजिम एन्फाको निर्वाचन प्रतिनिधिको रोहबरमा भएको निर्वाचनलाई मात्र मान्यता दिने प्रावधान अनुरुप मकवानपुर जिल्ला फुटबल संघको निर्वाचनलाई एन्फाले मान्यता र आधिकारिता नदिएको विज्ञप्तिमा उल्लेख छ ।
यस सम्बन्धमा एन्फाले छानबीन समिति गठन गरी सत्यतथ्य पत्ता लगाई यसबारे थप निर्णय गर्ने विज्ञप्ति मार्फत जानकारी दिएको छ ।
फुटबल संघको साधारणसभाले टीकाराम लामाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको थियो । एन्फाको यो विज्ञप्तिसंगै फुटबल संघमा थप विवाद आउने स्थिती देखिएको छ ।
यता मकवानपुर जिल्ला फुटबल संघको कार्यसमितिमा रहेको भनिएका पूर्व द्वितीय उपाध्यक्ष अतुल बर्मा र राजकुमार श्रेष्ठले आफूहरु सदस्य पदमा नरहेको जानकारी दिएका छन् ।
५ गते भएको साधारणसभा तथा निर्वाचनबाट कार्यसमिति सदस्य पदमा रहेको भन्ने समाचार आएको भन्दै उनीहरुले ध्यानाकर्षण भएको जनाएका हुन् । आफनो स्वीकृति विनानै कार्यसमिति सदस्यमा राखिएको भन्दै सहमति नभएको विज्ञप्तिमा उल्लेख गरिएको छ ।
बर्मा र श्रेष्ठद्धारा हस्ताक्षरीत विज्ञप्तिमा नयाँ कार्यसमितिलाई सफलताको शुभकामना दिदैँ आफुहरु भने कार्यसमितिमा नरहेको बताएका छन् । साधारणसभाको लागि आयोजकको नाताले उपस्थित भएको तर केन्द्रीय प्रतिनिधि समेत नभएको र एन्फाले साधारणसभा रोक्न पत्र पठाएपछि आफूहरु निस्किएर हिँडेको उनीहरुले निकालेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।
१४ कार्तिक, हेटौंडा । हाल देशमा बङ्गालको खाडीमा विकसित चक्रवात “अर्नब” को अवशेषका साथै पश्चिमी वायुको पनि...
१३ कार्तिक, हेटौंडा । नेपाल पत्रकार महासंघ मकवानपुरका पूर्व कोषाध्यक्ष हाल अमेरिका निवासी सुदिप शिवाकोटीले...
१३ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा कर्णाली याक्सले विराटनगर किंग्सलाई पराजित...
१३ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट निर्वाचित भएका २० पदाधिकारीको वरीयता तोकिएको...
१३ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। साथै, बिहीबार साँझदेखि बङ्गालको खाडीमा...
१२ कार्तिक, हेटौंडा । इजरायलको आमनिर्वाचनमा झन्डै ९० प्रतिशत मतगणना सकिँदासमेत कुनै पनि राजनीतिक गठबन्धनले...
१२ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसको १५औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिका पदाधिकारी र...
१२ कार्तिक, हेटौंडा । सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणमा पहिलो जित निकालेको...
१२ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज दुई खेल हुँदैछन् । पहिलो खेलमा जनकपुर बोल्ट्स र...
४ कार्तिक, हेटौंडा । बडा दशैं अर्थात् दुर्गापक्षको मुख्य दिन आज मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रुपमा शुभ...
३१ असोज, हेटौंडा । पत्रकार किशोर श्रेष्ठ साइबर ब्युरोमा भएको छलफलपछि शनिबार साँझ रिहा भएका छन् । रिहा भएपछि...
४ कार्तिक, हेटौंडा । नेपाल प्रहरीले दशैंको अवसरमा निःशुल्क बस सेवा सञ्चालन गरेको छ । नेपाल प्रहरीले बडा दशैंको...
४ कार्तिक, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले विजया दशमीमा शुभसाइतमा गुरु पुरोहितबाट टीका जमरा ग्रहण गर्ने...
२ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव छ। यसको असरका कारण देशका हिमाली तथा पहाडी भू-भागमा...
३ कार्तिक, हेटौंडा । आज नवदुर्गा भवानीको नवौँ स्वरूप देवी सिद्धिदात्रीको पूजा तथा आराधना गरिन्छ। यस दिन...
४ कार्तिक, हेटौंडा । आइसिसी विश्वकप लिग-२ श्रृंखला खेलेर नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोली स्वदेश फर्किएको छ ।...
१ कार्तिक, हेटौंडा । चीनसँग सिमाना जोडिएको सिन्धुपाल्चोकस्थित तातोपानी नाका आजदेखि तीन खुल्ने भएको छ । उद्योग,...
४ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा डिसिजन रिभ्यू सिस्टम (डीआरएस) प्रयोग गरिने...


















