विना विभागीय मन्त्री आले सपथ लिदै गर्दा
सुनिल शिवाकोटी
१ जेठ, हेटौंडा । बागमती प्रदेश सदस्य रमा आले मगर मन्त्री बनेको ४३ दिन भयो तर उनी अझै जिम्मेवारी विहिन छिन्।बागमती प्रदेशमा एकीकृत समाजवादीका तर्फबाट मन्त्री बनेकी उनलाई एकसाता भित्र जिम्मेवारी दिने मुख्यमन्त्री शालिकराम जम्कट्टेलले दावी गरेका थिए ।
कांग्रेस, माओवादी र एकीकृत समाजवादीबिचको गठबन्धन टुटेर एमाले र माओवादीबिच नयाँ गठबन्धन बनेपछि सत्ता टिकाउनका लागी मुख्यमन्त्री जम्कट्टेलले एकीकृत समाजवादीका आलेलाई मन्त्रीमा नियुक्त गरेका थिए । विश्वासको मत पाउन संकट भएको अवस्थामा मन्त्री आलेले बार्गेनिङ गर्दै पछि जिम्मेवारी पाउने शर्तमा विना विभागीय मन्त्रकिो शपथ लिएकी थिइन् ।
मुख्यमन्त्री जम्कट्टेलले आफुले २ सिट रहेको हाम्रो नेपाली पार्टीलाई महत्वपूर्ण मन्त्रालय दिएर विश्वासको मत त पाए तर प्रदेशसभामा ७ सिट सहित नेतृत्वमा रहेको नेकपा एसबाट मन्त्री बनेकी आलेले भने ४३ दिनसम्म पनि जिम्मेवारी पाउन सकेकी छैनन् । १२ मन्त्रालय र १३ मन्त्री रहेको बागमती प्रदेशमा दलहरुविच भागवण्डा नमिल्दा मन्त्री आलेले जिम्मेवारी पाउन नसकेको स्पष्ट छ ।
मुख्यमन्त्री जम्कट्टेलले मन्त्री आलेलाई जिम्मेवारी दिने विषयमा सत्ता साझेदार दलहरुविचमा छलफल भइरहेको र एकदुई दिन भित्रै निर्णयमा पुग्ने दावी गरेका छन् । यता यति लामोसमयसम्म जिम्मेवारी नपाएकी मन्त्री आलेले भने मुख्यमन्त्रीले आफुलाई धोका दिएको भन्दै असन्तुष्टि जनाएकी छन् । एकहप्ता भित्र मन्त्रालयको जिम्मेवारी दिन्छु भनेको स्मरण गराउँदै उनले मुख्यमन्त्रीले अहिले आएर विभिन्न बाहना बनाउने गरेको मन्त्री आलेको दावी छ ।
मन्त्री आलेसँगै प्रदेश सरकारमा एकीकृत समाजवादीका थप दुईजना मन्त्री छन् । सत्ता साझेदार दलहरुले भने एकीकृत समाजवादीले आफ्नो एकजना मन्त्रीलाई फिर्ता बोलाएर समस्याको समाधान गर्नुपर्ने बताउछन । यता एकीकृत समाजवादीले भने मन्त्रालयको संख्या १२ बाट ११ बनाए आफ्ना एकजना मन्त्रीलाई फिर्ता बोलाउन सक्ने बताउदै आएको छ । अन्यथा विना विभागीय मन्त्री आलेलाई तत्काल जिम्मेवारी दिनुपर्ने एकीकृत समाजवादीको माग छ ।
प्रदेश सरकारमा अहिले माओवादीका तर्फबाट मुख्यमन्त्रीसहित चार, एमालेका पाँच, एकीकृत समाजवादीका तीन र हाम्रो नेपाली पार्टीले एकजना मन्त्री रहेका छन् ।
११ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्सले खेल्दैछन्...
११ कार्तिक, हेटौंडा । उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग नेपालका लागि संघीय गणतन्त्र जर्मनीका राजदूत उडो...
११ कार्तिक, हेटौंडा । उच्च पहाडी तथा हिमाली क्षेत्रहरूमा भारी हिमपात, हिमआँधी र हिमपहिरोको उच्च जोखिम रहेकाले...
११ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको र बिहीबारदेखि बङ्गालको खाडीमा विकसित चक्रवात...
१० कार्तिक, हेटौंडा । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुनको मूल्य आज प्रतितोला ८ सय रुपैयाँले बढेको हो । आज...
१० कार्तिक, हेटौंडा । इजरायलमा संसद् नेसेटका १२० सिटका लागि आज निर्वाचन हुँदैछ । स्थानीय समयअनुसार बिहान ७...
१० कार्तिक, हेटौंडा । इंग्ल्यान्डका कप्तान तथा जर्मन क्लब बायर्न म्युनिखका स्ट्राइकर ह्यारी केनले यसपटकको...
१० कार्तिक, हेटौंडा । सोलुखुम्बुस्थित आमादब्लम हिमालमा लडेर एक जर्मन आरोहीको मृत्यु भएको छ । ६ हजार ८१४ मिटर...
१० कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिगमा मंगलबार दुई खेल हुँदैछन् । एनपीएलमा आज बिहान चितवन राइनोज र...
३० असोज, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले हाल कर्णाली र सुदूरपश्चिम...
२९ असोज, हेटौंडा । संसदीय सुनुवाइ समितिले दुई देशका लागि प्रस्तावित राजदूतकाे नाम अस्वीकृत गरेको छ। बुधबार...
३० असोज, हेटौंडा । नेपाली कांग्रेस बागमती प्रदेशका सभापति एवम् पूर्वमुख्यमन्त्री इन्द्रबहादुर बानियाँ...
४ कार्तिक, हेटौंडा । बडा दशैं अर्थात् दुर्गापक्षको मुख्य दिन आज मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रुपमा शुभ...
३१ असोज, हेटौंडा । पत्रकार किशोर श्रेष्ठ साइबर ब्युरोमा भएको छलफलपछि शनिबार साँझ रिहा भएका छन् । रिहा भएपछि...
३१ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५ औँ महाधिवेशनबाट निर्वाचित सभापति गगनकुमार थापाको शपथग्रहण आज हुने भएको छ...
२९ असोज, हेटौंडा । हाल देशमा पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले हाल देशका हिमाली र...
३१ असोज, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले बडादशैं २०८३ का अवसरमा देश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली...
२९ असोज, हेटौंडा । शारदीय नवरात्रको पाँचौँ दिन आश्विन शुक्ल पञ्चमीका अवसरमा आज नवदुर्गा भवानीको पाँचौँ स्वरूप...










-nepal-1792111426.jpg)







