१ जेठ, हेटौंडा। समाचार संकलनकालागि हेटौंडा -१४ को कार्यालय मयुरधाप पुगेका २ जना संचारकर्मीहरुलाई हेटौंडा १४ का वडाअध्यक्ष दिपक खड्काले गरेको दुव्यवहारको विरोधमा नेपाल पत्रकार महासंघ मकवानपुर, नेपाल प्रेस युनियन र प्रेस सेन्टर मकवानपुरले ध्यानाकर्षण भएको जनाएको छ।
मंगलबार बिहान वडा कार्यालयमा रहेका वडाध्यक्ष खड्काले समाचार संकलनका लागि वडा कार्यालय पुुगेका सौर्य दैनिकका मकवानपुर सम्वाददाता छविलाला श्रेष्ठ (अनित्य) र प्रदेश संचार अनलाइनमा कार्यरत पत्रकार मन्जिता मैनालीमाथि गालीगलौज गर्दै दुर्व्यवहार गरेको पत्रकार अनित्यले सामाजिक संजाल फेसबुकमा उल्लेख गरेका थिए।
पत्रकार अनित्यले वडाध्यक्ष खड्कासंग वडा भित्र रहेका ६ जना चेपाङ बालबालिकालको जन्मदर्तासंग सम्बन्धित विषयको बारेमा बुझ्न खोज्दा ‘सबै पत्रकार चोर हुन’ भन्दै वडाध्यक्षको कार्यकक्षबाट थुतेर बाहिर निकाल्ने धम्की दिएको बताए ।
'खड्काले गालीगलौज गर्दा अडियो रेकर्ड गर्न लाग्दा हाम्रो मोबाइल समेत नियन्त्रणमा लिने प्रयास भयो' -पत्रकार अनित्यले भने।
मकवानपुरको दुईजना पत्रकारलाई समाचार संकलनका क्रममा कार्यकक्षमै गालीगलौज र दुर्व्यवहारका विषयलाई लिएर नेपाल पत्रकार महासंघ मकवानपुरले विज्ञप्ति जारी गरि ध्यानाकर्षण भएको जनाएको छ। महासंघ मकवानपुर अध्यक्ष मणिराज गौतमले पत्रकारलाई गालीगलौज गर्नु निन्दनीय भएको र समाचार संकलनका वातावरण बनाउन सरोकारवाला निकायलाई अनुरोध समेत गरेको छ।
त्यसैगरी घटनाको विषयमा नेपाल प्रेस युनियन मकवानपुर र प्रेस सेन्टर मकवानपुरले विज्ञप्ति जारी गर्दै घटनाको विरोध गरेका छन्। वडाध्यक्ष खड्का नेकपा एमालेबाट दोस्रो कार्यकालका लागि निर्वाचित वडाध्यक्ष हुन्।
११ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्सले खेल्दैछन्...
११ कार्तिक, हेटौंडा । उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग नेपालका लागि संघीय गणतन्त्र जर्मनीका राजदूत उडो...
११ कार्तिक, हेटौंडा । उच्च पहाडी तथा हिमाली क्षेत्रहरूमा भारी हिमपात, हिमआँधी र हिमपहिरोको उच्च जोखिम रहेकाले...
११ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको र बिहीबारदेखि बङ्गालको खाडीमा विकसित चक्रवात...
१० कार्तिक, हेटौंडा । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुनको मूल्य आज प्रतितोला ८ सय रुपैयाँले बढेको हो । आज...
१० कार्तिक, हेटौंडा । इजरायलमा संसद् नेसेटका १२० सिटका लागि आज निर्वाचन हुँदैछ । स्थानीय समयअनुसार बिहान ७...
१० कार्तिक, हेटौंडा । इंग्ल्यान्डका कप्तान तथा जर्मन क्लब बायर्न म्युनिखका स्ट्राइकर ह्यारी केनले यसपटकको...
१० कार्तिक, हेटौंडा । सोलुखुम्बुस्थित आमादब्लम हिमालमा लडेर एक जर्मन आरोहीको मृत्यु भएको छ । ६ हजार ८१४ मिटर...
१० कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिगमा मंगलबार दुई खेल हुँदैछन् । एनपीएलमा आज बिहान चितवन राइनोज र...
३० असोज, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले हाल कर्णाली र सुदूरपश्चिम...
२९ असोज, हेटौंडा । संसदीय सुनुवाइ समितिले दुई देशका लागि प्रस्तावित राजदूतकाे नाम अस्वीकृत गरेको छ। बुधबार...
३० असोज, हेटौंडा । नेपाली कांग्रेस बागमती प्रदेशका सभापति एवम् पूर्वमुख्यमन्त्री इन्द्रबहादुर बानियाँ...
४ कार्तिक, हेटौंडा । बडा दशैं अर्थात् दुर्गापक्षको मुख्य दिन आज मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रुपमा शुभ...
३१ असोज, हेटौंडा । पत्रकार किशोर श्रेष्ठ साइबर ब्युरोमा भएको छलफलपछि शनिबार साँझ रिहा भएका छन् । रिहा भएपछि...
३१ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५ औँ महाधिवेशनबाट निर्वाचित सभापति गगनकुमार थापाको शपथग्रहण आज हुने भएको छ...
२९ असोज, हेटौंडा । हाल देशमा पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले हाल देशका हिमाली र...
३१ असोज, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले बडादशैं २०८३ का अवसरमा देश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली...
२९ असोज, हेटौंडा । शारदीय नवरात्रको पाँचौँ दिन आश्विन शुक्ल पञ्चमीका अवसरमा आज नवदुर्गा भवानीको पाँचौँ स्वरूप...










-nepal-1792111426.jpg)







