Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

मनहरीको दुई वडामा कांग्रेसको अगुवा कार्यकर्ता भेला

Screenshot_20240514_19531-1715695716.jpg

१ जेठ, हेटौंडा । नेपाली कांग्रेस मनहरी गाउँपालिकाको २ वटा वडामा मंगलबार अगुवा कार्यकर्ता भेला तथा छलफल गरेको छ ।
कांग्रेस मनहरी गाउँपालिकाको वडा २ को झुल्यान र मनहरी ५ को स्कुलचोक डिल्लीपुरमा नेपाली कांग्रेस बागमती प्रदेश सभापति एवं प्रदेशसभा सदस्य ईन्द्रबहादुर बानियाँको उपस्थितिमा अगुवा कार्यकर्ता भेला तथा स्थानीय समस्याको बारेमा छलफल गरिएको हो ।
भेलामा कांग्रेसका अगुवा कार्यकर्ताले जनप्रतिनिधि र पार्टी बीचको समन्वयको अवस्था, आगामी वर्षको बजेटमा गर्नुपर्ने शिक्षा, स्वास्थ्य र विकाशनिर्माणको अबस्था बारेमा आआफ्नो बिचार ब्यक्त गरेका थिए ।
नेता बानियाँले स्थानीयस्तरमा रहेका विद्यमान समस्या, पार्टी र जनप्रतिनिधिबीचको सम्बन्ध, गाउँपालिका र प्रदेश सरकारले बनाउने बजेटमा स्थानीयको समस्याका साथै पार्टीको अवस्था र भावी रणनीति बारे वडा सभापतिहरु, पार्टीका स्थानीय नेता, अगुवा कार्यकर्ता र जनप्रतिनिधिहरुसंग छलफल गरेका थिए ।
प्रदेश सभापति एवं प्रदेशसभा सदस्य बानियाँले जनप्रतिनिधिले जनताको माग अनुसार विकासको काममा लाग्नुपर्ने बताए ।
भेलामा कांग्रेस मकवानपुर प्रतिनिधि सभा २ (ख) का क्षेत्रीय सभापति रञ्जन कालाखेती, जिल्ला सदस्य रामबहादुर विष्ट, मनहरी गाउँपालिका सभापति प्रकाश बर्तौला, मनहरी २ का सभापति प्रेम गोङ्वा, ५ का सभापति विष्णुप्रसाद उप्रेती सुधिर, स्थानीय नेताहरु नारायण उप्रेती, योगेन्द्र अर्याललगायत अगुवा कार्यकर्ताहरुले धारणा राखेका थिए ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
मकवानपुरगढीको एक घरमा आगलागी
aagolagi-1788399122.jpg

१८ भदौ, हेटौंडा । मकवानपुरको मकवानपुरगढी गाउँपालिका–४ ज्वालादेवीस्थित एक घरमा राति आगलागी भएको छ । स्थानीय...

भोटेकोशी बाढी: एक हजार २२२ शव फेला
rasuwa-badhi_syafrubesi-1788397712.jpg

१८ भदौ, हेटौंडा । रसुवास्थित भोटेकोशी नदीको बाढीमा परी मृत्यु भएका एक हजार २२२ जनाको शव फेला परेको छ । ३४ बालक, ४३...

नेपालले आयोजक मलेसियाको सामना गर्दै
Nepali-cricket-1788397360.jpg

१८ भदौ, हेटौंडा । एसिसी प्रिमियर कपको तेस्रो संस्करणको दोस्रो खेलमा आज नेपालले आयोजक मलेसियाको सामना गर्दैछ...

देशभर साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1788396872.jpg

१८ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा...

एक अर्ब रुपैयाँ बाढी प्रभावित क्षेत्रमा पठाइने
rasuwa-badhi_syafrubesi-1788312325.jpg

१७ भदौ, हेटौंडा । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषबाट एक अर्ब रुपैयाँ तत्कालै बाढी प्रभावित क्षेत्रमा...

इन्जिनियर कार्की घुससहित पक्राउ
Akhtiyar-CIAA-Nepal-1788311973.jpg

१७ भदौ, हेटौंडा । काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिकाकी भवन निर्माण तथा बस्ती विकास शाखाकी प्रमुख इन्जिनियर...

प्रतिनिधिसभाको बैठक बस्दै
Screenshot_20260628_16321-1788311335.jpg

१७ भदौ, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज दिउँसो  १ बजे बस्दै छ ।  आजको बैठकमा सभामुख डोलप्रसाद अर्यालले...

कांग्रेस बागमती र संसदीय दलबाट बाढीप्रभावितलाई १० लाख ६६ हजार सहयोग
IMG-20260901-WA0022-1788272838.jpg

१६ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा...

आज सुनचाँदीको मूल्य घट्यो
gold1616689900-1788244458.jpg

१६ भदौ, हेटौंडा । नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । सुनको मूल्य प्रतितोला ५०० रुपैयाँ र चाँदीको मूल्य १५...

थप समाचार