Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

हेटौंडालाई स्थायी मुकाम बन्न कसैले रोक्न सक्दैनः बानियाँ

Indra-dai-1516633031.jpg

८ माघ, हेटौँडा । पूर्व गृहराज्य मन्त्री एवम् प्रदेशसभा सदस्य इन्द्रबहादुर बानियाँले हेटौंडा ३ नम्बर प्रदेशको स्थायी राजधानी बन्ने दावी गरेका छन् । नारायणी यातायात व्यवसायी संघ तथा उद्योग संघका नवनिर्वाचित कार्यसमितिलाई निर्माण व्यवसायी संघ मकवानपुरले गरेको स्वागत एवम् सम्मान कार्यक्रममा बोल्दै बानियाँले हेटौंडालाई ३ नम्बर प्रदेशको स्थायी राजधानी हुन कसैले रोक्न नसक्ने दावी गरेका हुन् ।
सरकारले यसलाई अस्थायी मुकाम तोकेर सही निर्णय गरेको भन्दै मध्यमाञ्चल क्षेत्रको प्रायः सबै क्षेत्रिय कार्यालयहरु रहेको हेटौंडा ३ नम्बर प्रदेशको स्थायी राजधानीको लागी उपयुक्त रहेको दावी गरे । फास्ट ट्रयाक र धरान चतरा मार्ग बनेपछि ३ नम्बर प्रदेशका सबै जिल्लालाई हेटौंडा आउन सहज हुने दावी गर्दै उनले यी दुवै संरचना छिटो निर्माणको लागि झक्झक्याउनुपर्ने सुझाव दिए ।
हेटौंडालाई प्रदेशको स्थायी मुकाम बनाउनको लागि अन्य जिल्लाका सांसद्हरुसंग सल्लाह गरिरहेको जानकारी दिँदै उनले काँग्रेसबाट निर्वाचित सबै प्रदेश सांसद्हरु सकारात्मक रहेको दावी समेत गरे ।
मकवानपुरबाट प्रदेशको मुकाम अन्त लैजान खोजे आन्दोलन गर्ने चेतावनी दिँदै बानियाँले त्यसको लागि आवश्यक सहयोग गर्न मकवानपुरका सबै संघ संस्थाहरुलाई आग्रह समेत गरे ।
कार्यक्रममा निर्माण व्यवसायी संघ मकवानपुर अध्यक्ष आनन्दराम पराजुलीले जिल्लामा रहेका व्यवसायिक संस्थाको बीचमा सुमधुर र व्यवसायिक सम्बन्ध हुनुपर्नेमा जोड दिए । यस्तै नारायणी यातायातका अध्यक्ष हिरालाल श्रेष्ठ, उद्योग संघका अध्यक्ष नवराज अर्यालले मकवानपुरको विकासको लागि व्यवसायिक संस्थाको बीचमा एकता र सुमधुर सम्बन्ध आवश्यक रहेको धारणा राखे ।
केही समयअघि भएको नारायणी यातायात र उद्योग संघका नयाँ निर्वाचित कार्यसमितिलाई निर्माण व्यवसायी संघले एक कार्यक्रमकाबीच बधाई तथा शुभकामना दिएको हो ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
धेरै स्थानमा मध्यम वर्षाको सम्भावना
rain-weather-1793408785.jpg

१४ कार्तिक, हेटौंडा । हाल देशमा बङ्गालको खाडीमा विकसित चक्रवात “अर्नब” को अवशेषका साथै पश्चिमी वायुको पनि...

पत्रकार शिवाकोटीबाट महासंघलाई १ लाख सहयोग
IMG_20261030_141242-1793353385.jpg

१३ कार्तिक, हेटौंडा । नेपाल पत्रकार महासंघ मकवानपुरका पूर्व कोषाध्यक्ष हाल अमेरिका निवासी सुदिप शिवाकोटीले...

कर्णाली याक्सद्वारा विराटनगर किंग्स पराजित
karnali-x-win-9a6112a1-70-1793325245.jpg

१३ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा कर्णाली याक्सले विराटनगर किंग्सलाई पराजित...

कांग्रेसका २० पदाधिकारीको वरीयता तोकियो
Gagan-Thapa-1760606336-1793324926.jpg

१३ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट निर्वाचित भएका २० पदाधिकारीको वरीयता तोकिएको...

अधिकांश स्थानमा बादल लाग्ने
cloudy-weather-1793324635.jpg

१३ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। साथै, बिहीबार साँझदेखि बङ्गालको खाडीमा...

नेतन्याहु सरकार गठनका लागि सिट पुर्‍याउन असफल
Benjamin-Netanyahu-1793237966.jpg

१२ कार्तिक, हेटौंडा । इजरायलको आमनिर्वाचनमा झन्डै ९० प्रतिशत मतगणना सकिँदासमेत कुनै पनि राजनीतिक गठबन्धनले...

कांग्रेस केन्द्रीय पदाधिकारी र सदस्यहरूको शपथग्रहण आज
nepali_congress-1793237424.jpg

१२ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसको १५औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिका पदाधिकारी र...

सुदूरपश्चिमद्वारा पोखरा एभेन्जर्स पराजित
Screenshot_20261029_07074-1793236973.jpg

 १२ कार्तिक, हेटौंडा । सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणमा पहिलो जित निकालेको...

एनपीएलमा आज दुई खेल हुँदै
Nepal_Premier_League_offi-1793236698.png

१२ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज दुई खेल हुँदैछन् । पहिलो खेलमा जनकपुर बोल्ट्स र...

थप समाचार