८ माघ, हेटौँडा । पूर्व गृहराज्य मन्त्री एवम् प्रदेशसभा सदस्य इन्द्रबहादुर बानियाँले हेटौंडा ३ नम्बर प्रदेशको स्थायी राजधानी बन्ने दावी गरेका छन् । नारायणी यातायात व्यवसायी संघ तथा उद्योग संघका नवनिर्वाचित कार्यसमितिलाई निर्माण व्यवसायी संघ मकवानपुरले गरेको स्वागत एवम् सम्मान कार्यक्रममा बोल्दै बानियाँले हेटौंडालाई ३ नम्बर प्रदेशको स्थायी राजधानी हुन कसैले रोक्न नसक्ने दावी गरेका हुन् ।
सरकारले यसलाई अस्थायी मुकाम तोकेर सही निर्णय गरेको भन्दै मध्यमाञ्चल क्षेत्रको प्रायः सबै क्षेत्रिय कार्यालयहरु रहेको हेटौंडा ३ नम्बर प्रदेशको स्थायी राजधानीको लागी उपयुक्त रहेको दावी गरे । फास्ट ट्रयाक र धरान चतरा मार्ग बनेपछि ३ नम्बर प्रदेशका सबै जिल्लालाई हेटौंडा आउन सहज हुने दावी गर्दै उनले यी दुवै संरचना छिटो निर्माणको लागि झक्झक्याउनुपर्ने सुझाव दिए ।
हेटौंडालाई प्रदेशको स्थायी मुकाम बनाउनको लागि अन्य जिल्लाका सांसद्हरुसंग सल्लाह गरिरहेको जानकारी दिँदै उनले काँग्रेसबाट निर्वाचित सबै प्रदेश सांसद्हरु सकारात्मक रहेको दावी समेत गरे ।
मकवानपुरबाट प्रदेशको मुकाम अन्त लैजान खोजे आन्दोलन गर्ने चेतावनी दिँदै बानियाँले त्यसको लागि आवश्यक सहयोग गर्न मकवानपुरका सबै संघ संस्थाहरुलाई आग्रह समेत गरे ।
कार्यक्रममा निर्माण व्यवसायी संघ मकवानपुर अध्यक्ष आनन्दराम पराजुलीले जिल्लामा रहेका व्यवसायिक संस्थाको बीचमा सुमधुर र व्यवसायिक सम्बन्ध हुनुपर्नेमा जोड दिए । यस्तै नारायणी यातायातका अध्यक्ष हिरालाल श्रेष्ठ, उद्योग संघका अध्यक्ष नवराज अर्यालले मकवानपुरको विकासको लागि व्यवसायिक संस्थाको बीचमा एकता र सुमधुर सम्बन्ध आवश्यक रहेको धारणा राखे ।
केही समयअघि भएको नारायणी यातायात र उद्योग संघका नयाँ निर्वाचित कार्यसमितिलाई निर्माण व्यवसायी संघले एक कार्यक्रमकाबीच बधाई तथा शुभकामना दिएको हो ।
१५ साउन, हेटौंडा । राष्ट्रियसभाको बैठक आज बस्दै छ । दिउँसो सवा १ बजेका लागि बोलाइएको हो । बैठकमा गृहमन्त्री सुधन...
१५ साउन, हेटौंडा । प्रधानमन्त्री बालेन शाहले सुनसरीसहित मधेशका विभिन्न जिल्लामा भएका घटनाको अनुसन्धान...
१५ साउन, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र शाहले राष्ट्रपति रामचन्द्र पौडेलसंग मुलुकको वर्तमान अवस्थाबारे...
१४ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपासमा...
१४ साउन, हेटौंडा । प्रतिनिधिसभाको बैठक पाँच दिनका लागि स्थगित भएको छ। १६ दिनपछि बिहीबार बसेको संसदको बैठक सभामुख...
१४ साउन, हेटौंडा । सिरहाको गोलबजारमा गोली लागेर एकजनाको मृत्यु भएको छ । बिहीबार भएको प्रदर्शनमा गोली लागेर १९...
१४ साउन, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले निर्वाचन आयोगको प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरू नियुक्त...
१४ साउन, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले सुनसरीको देवानगन्ज गाउँपालिका, कप्तानगन्ज लगायतका क्षेत्रमा...
१४ साउन, हेटौंडा । नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलको आज बसेको बैठकले मुख्यमन्त्री तथा संसदीय दलका नेता...
२ साउन, हेटौंडा । हेटौंडा-६ चौघडामा रहेको नवजीवन ज्योति क्लव भवनको बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर...
२ साउन, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले बागमती सरकारले प्रशासनिक खर्च कटौती र...
५ साउन, हेटौंडा । बाजुराको हिमाली गाउँपालिकामा भएको जिप दुर्घटनामा दुई जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा...
३ साउन, हेटौंडा । विश्वकपको तेस्रो स्थानका लागि भएको खेलमा इंग्ल्यान्ड विजयी भएको छ । फ्रान्सलाई ६-४ ले हराउँदै...
४ साउन, हेटौंडा । फ्रान्सका स्ट्राइकर किलियन एमबाप्पेले लगातार दोस्रो पटक ‘गोल्डेन बुट’ को उपाधि जितेका छन्...
१ साउन, हेटौंडा । बागमती प्रदेशमा ८ मन्त्रालय कायम भएको छ । प्रदेश सरकारले आजदेखि प्रदेशमा ८ मन्त्रालय कायम...
५ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानमा रहेको छ। देशको...
५ साउन, हेटौंडा । नेपाली राष्ट्रिय क्रिकेट टोलीले मंगलबार पहिलो खेलमा नामिबियासँग प्रतिस्पर्धा गर्दैछ । आईसीसी...
६ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानमा रहेको छ। जसको...















-1784273395.jpg)


