४ जेठ, हेटौडा । हेटौडा–६ चौघडामा रहेको रानी सामुदायिक वन उपभोक्ता समूहले पिस पार्कमा निर्माण गरेको सालकको प्रतिमाको शुक्रवार अनावरण गरिएको छ ।
बागमती प्रदेशको वन तथा वातावरण मन्त्री केशव प्रसाद पोखरेलले एक समारोहका बीच प्रतिमाको अनावरण गरेका हुन्। प्रतिमा अनावरण कार्यक्रममा बोल्दै मन्त्री पोखरेलले वनको उचित ब्यवस्थापन गरि रोजगारी सिर्जना गर्नु पर्ने कुरामा जोड दिएका थिए।
कार्यक्रममा डिभिजन वन प्रमुख राकेश प्रसाद चन्द्रवंशीले वनलाई उत्पादनमा जोड्नु पर्ने बताए । कार्यक्रममा हेटौडा–६ का वडा अध्यक्ष विष्णु बहादुर दाहाल, वनस्पति अनुसन्धान केन्द्र मकवानपुरका वरिष्ट अधिकृत जयराम पराजुली, वनस्पति विभागमा ज्ञानभक्त महर्जन, सामुदायिक वन उपभोक्ता महासंघका केन्द्रीय सदस्य रामहरि चौलागाई, मकवानपुर अध्यक्ष साधुराम चौलागाई, निवर्तमान वडा अध्यक्ष अर्जुनप्रसाद चौलागाई, वडा सदस्य लेखराज ढकाल, विजय पौडेल, वन तथा वातावरण मन्त्रालयका विनय मिश्र, वन अधिकृत शम्भु तामाङ, अच्युत प्रसाद उपाध्याय, डिभिजन वन कार्यालय मकवानपुरका वन अधिकृत विशाल भट्टराई, सव डिभिजन वन कार्यालय हेटौडाकी प्रमुख सविना रिजाल, फरेष्टर यदुकुमार घिमिरे, समूहका उपाध्यक्ष केशव धिताल, कार्यसमिति, महिला समूह, सञ्चारकर्मी, उपभोक्ता लगायतको सहभागिता रहेको थियो ।
डिभिजन वन कार्यालय मकवानपुरको २ लाख ५० हजारको लागतमा सालकको प्रतिमा निर्माण गरिएको कार्यालय सचिव भीमसेन पौडेलले बताए । वन समूहले २०६२ सालदेखि सालक संरक्षण गर्दै आएको छ भने समूहको क्षेत्रभित्र करिव ३ दर्जन सालक रहेका छन्।
१८ भदौ, हेटौंडा । मकवानपुरको मकवानपुरगढी गाउँपालिका–४ ज्वालादेवीस्थित एक घरमा राति आगलागी भएको छ । स्थानीय...
१८ भदौ, हेटौंडा । रसुवास्थित भोटेकोशी नदीको बाढीमा परी मृत्यु भएका एक हजार २२२ जनाको शव फेला परेको छ । ३४ बालक, ४३...
१८ भदौ, हेटौंडा । एसिसी प्रिमियर कपको तेस्रो संस्करणको दोस्रो खेलमा आज नेपालले आयोजक मलेसियाको सामना गर्दैछ...
१८ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा...
१७ भदौ, हेटौंडा । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषबाट एक अर्ब रुपैयाँ तत्कालै बाढी प्रभावित क्षेत्रमा...
१७ भदौ, हेटौंडा । काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिकाकी भवन निर्माण तथा बस्ती विकास शाखाकी प्रमुख इन्जिनियर...
१७ भदौ, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज दिउँसो १ बजे बस्दै छ । आजको बैठकमा सभामुख डोलप्रसाद अर्यालले...
१६ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा...
१६ भदौ, हेटौंडा । नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । सुनको मूल्य प्रतितोला ५०० रुपैयाँ र चाँदीको मूल्य १५...
८ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टीको विवादका कारण बागमती प्रदेशमा अन्यौलता उत्पन्न भएको छ ।...
८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरको नियुक्तिबारे परेको रिटमा दुबै पक्षलाई छलफलका लागि...
५ भदौ, हेटौंडा । हेटौंडा-१९ बस्तिपुरस्थित बासुदेव खोलाले बगाएर बेपत्ता भएकी ११ वर्षीया सुमित्रा ब्लोनको शव फेला...
४ भदौ, हेटौंडा । बागमती प्रदेशका ६ जना मन्त्रीले शपथग्रहण गरेका छन् । प्रदेशप्रमुख दिपक देवकोटाले उनीहरूलाई...
६ भदौ, हेटौंडा । राप्रपाले बागमतीमा मन्त्री बनेका तीन सांसदलाई किन कारबाही नगर्ने भन्दै अल्टिमेटमसहित...
८ भदौ, हेटौंडा । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशसभाबाट विश्वासको मत प्राप्त गरेका छन्।...
८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले आज प्रदेश सभाबाट विश्वासको मत लिँदै छन्। सोमबार...
९ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...
८ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जनाएको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास...


















