६ जेठ, हेटौँडा । यसअघि बागमती प्रदेश सभामा दलहरुबीच संसदीय समितिको सभापतिको नेतृत्वको विषयलाई लिएर सहमती हुन नसकेपछि प्रदेश सभामा एउटा समिति थप्ने सहमती भएको थियो । सोही अनुसार शनिवार दिउँसो बसेको बागमती प्रदेश सभाको बैठकले प्रदेशमा प्रदेश विशेषाधिकार समिति गठन गरेको छ । यससँगै बागमती प्रदेश सभामा समितिको संख्या ६ पुगेको छ ।
प्रदेश सभा बैठकमा माओवादी केन्द्रका मुख्यम सचेतक रत्न प्रसाद ढकालले नेपालको संविधानको धारा १९३ तथा प्रदेश सभा नियमावली २०७४ को नियम १६७ को उपनियम १ बमोजिम विशेषाधिकार समिति गठन गर्न बैठकमा गरेको प्रस्तावलाई निर्णायार्थ प्रस्तुत गर्दा प्रस्ताव गरेका थिए ।
उनको प्रस्तावमा कांग्रेसका प्रमुख सचेतक गोविन्द लम्साल, एमालेका मधुसुदन पौडेल, राप्रपाकाकी कुमारी तामाङ र एकीकृत समाजवादीका कृष्ण प्रसाद शर्मा खनालले समर्थन गरेका थिए । यस्तै प्रदेश सभाका सभामुख भुवन पाठकले विशेषाधिकार समितिको सदस्यहरुमा कृष्ण प्रसाद शर्मा खनाल, कृष्ण प्रसाद सिलवाल, विरबहादुर तामाङ, गोविन्द लम्साल, जयराम थापा, देवेन्द्र श्रेष्ठ, धनेश्वरी प्रजापति, प्रभात तामाङ, बिन्दु श्रेष्ठ, मायादेवी शर्मा, रत्नप्रसाद ढकाल, राजु विष्ट, रामकृष्ण चित्रकार, सुश्पा भुजेल न्यौपाने, सरिता खड्गी, सुना परियार, सुरेन्द्रराज गोसाईँको नाम प्रस्ताव गरेकोमा बैठकले सर्वसम्मत अनुमोदन गरको थियो ।
यसैगरी बैठकमा सभामुख पाठकले प्रदेश सभा नियमावली २०७४ को नियम १५० बमोजिम प्रदेश मामिला समितिमा रहेका आनन्द श्रेष्ठ र उद्योग पर्यटन तथा वातावरण समितिमा रहेका प्रेमभक्त महर्जनलाई हेरफेर गर्न गरेको प्रस्ताव पनि बैठकले अनुमोदन गरेको छ । यससँगै शनिवारको प्रदेश सभा बैठक आइतबार बिहान ११ बजे बस्नेगरी स्थगित भएको छ ।
११ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्सले खेल्दैछन्...
११ कार्तिक, हेटौंडा । उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग नेपालका लागि संघीय गणतन्त्र जर्मनीका राजदूत उडो...
११ कार्तिक, हेटौंडा । उच्च पहाडी तथा हिमाली क्षेत्रहरूमा भारी हिमपात, हिमआँधी र हिमपहिरोको उच्च जोखिम रहेकाले...
११ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको र बिहीबारदेखि बङ्गालको खाडीमा विकसित चक्रवात...
१० कार्तिक, हेटौंडा । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुनको मूल्य आज प्रतितोला ८ सय रुपैयाँले बढेको हो । आज...
१० कार्तिक, हेटौंडा । इजरायलमा संसद् नेसेटका १२० सिटका लागि आज निर्वाचन हुँदैछ । स्थानीय समयअनुसार बिहान ७...
१० कार्तिक, हेटौंडा । इंग्ल्यान्डका कप्तान तथा जर्मन क्लब बायर्न म्युनिखका स्ट्राइकर ह्यारी केनले यसपटकको...
१० कार्तिक, हेटौंडा । सोलुखुम्बुस्थित आमादब्लम हिमालमा लडेर एक जर्मन आरोहीको मृत्यु भएको छ । ६ हजार ८१४ मिटर...
१० कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिगमा मंगलबार दुई खेल हुँदैछन् । एनपीएलमा आज बिहान चितवन राइनोज र...
३० असोज, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले हाल कर्णाली र सुदूरपश्चिम...
२९ असोज, हेटौंडा । संसदीय सुनुवाइ समितिले दुई देशका लागि प्रस्तावित राजदूतकाे नाम अस्वीकृत गरेको छ। बुधबार...
३० असोज, हेटौंडा । नेपाली कांग्रेस बागमती प्रदेशका सभापति एवम् पूर्वमुख्यमन्त्री इन्द्रबहादुर बानियाँ...
४ कार्तिक, हेटौंडा । बडा दशैं अर्थात् दुर्गापक्षको मुख्य दिन आज मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रुपमा शुभ...
३१ असोज, हेटौंडा । पत्रकार किशोर श्रेष्ठ साइबर ब्युरोमा भएको छलफलपछि शनिबार साँझ रिहा भएका छन् । रिहा भएपछि...
३१ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५ औँ महाधिवेशनबाट निर्वाचित सभापति गगनकुमार थापाको शपथग्रहण आज हुने भएको छ...
२९ असोज, हेटौंडा । हाल देशमा पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले हाल देशका हिमाली र...
३१ असोज, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले बडादशैं २०८३ का अवसरमा देश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली...
२९ असोज, हेटौंडा । शारदीय नवरात्रको पाँचौँ दिन आश्विन शुक्ल पञ्चमीका अवसरमा आज नवदुर्गा भवानीको पाँचौँ स्वरूप...









-nepal-1792111426.jpg)







