Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

बागमतीमा ४ वटा समितिले पाए नेतृत्व

२ वटाको निर्वाचन ७ गते हुने

pradesh-sabha-1716084340.JPG

६ जेठ, हेटौँडा । बागमती प्रदेश सभाको दोस्रो कार्यकाल सुरु भएको झण्डै पन्ध्र महिनापछि ४ वटा संसदीय समितिहरुले नेतृत्व पाएका छन् । प्रदेश सभामा रहेका ६ मध्ये ४ वटा संसदीय समितिहरुले शनिवार सभापति पाएका हुन् । 
शनिवार भएको निर्वाचन प्रकृयाबाट प्रदेश मामिला समितिको सभापतिमा कांग्रेसका छिरिङ दोर्जे लामा, सार्वजनिक लेखा समितिको सभापतिमा कांग्रेस कै श्रीराम लामिछाने, अर्थ तथा विकास समितिको सभापतिमा राप्रपाका नुरज बज्राचार्य र शिक्षा स्वास्थ्य तथा कृषि समितिमा माओवादी केन्द्रका ठाकुर ढकाल चयन भएका छन् ।
शनिवार दिउँसो बसेका संसदीय समितिहरुको बैठकबाट साभपतिहरु सर्वसम्मत चयन गरिएको प्रदेश सभा सचिवालयका प्रवक्ता मनोज गुप्ताले जानकारी दिए । यसअघि बिहीबार नै दलहरु बिच कांग्रेसले दुई तथा एमाले, माओवादी केन्द्र, राप्रपा र एकीकृत समाजवादीले एक÷एकवटा समितिको सभापति लिने सहमती भएको थियो । 
सोही अनुसार शनिवार भएको निर्वाचन प्रकृयाबाट चारवटा समितिमा सभापति सर्वसम्मत भएका हुन् । निर्वाचन तालिका अनुसार शुक्रबार नै ती समितिहरुमा एक÷एकजनाको मात्रै उम्मेदवारी परेको थियो । सम्पूर्ण निर्वाचन प्रक्रिया पुरा गरेपछि समितिका ज्येष्ठ सदस्यहरुले निर्वाचित भएका सभापतिको नाम घोषणा गरेका थिए । 
प्रदेश सभामा बाँकी रहेका दुईवटा सममितिको सभापतिको लागी भने ७ जेठमा निर्वाचन हुने भएको छ । बागमति प्रदेश सभा सचिवालयका सचिव कृष्णहरी खड्काले उद्योग पर्यटन तथा वातावरण समिति र प्रदेश विशेषाधिकार समितिको सभापतिको लागि ७ जेठमा निर्वाचन हुने जानकारी दिए । त्यसका लागी प्रदेश साभा सचिवालयले निर्वाचन कार्यतालिका समेत सार्वजनिक गरेको छ ।
 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्सले खेल्दै
Nepal_Premier_League_offi-1793149654.png

११ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्सले खेल्दैछन्...

उपराष्ट्रपति र जर्मनीका राजदूतबीच भेटवार्ता
vice-prisident-udo-ujen-1793149094.jpg

 ११ कार्तिक, हेटौंडा । उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग नेपालका लागि संघीय गणतन्त्र जर्मनीका राजदूत उडो...

कात्तिक १२ देखि १४ गतेसम्म पदयात्रा नगर्न अध्यागमनको आग्रह
Padyatra_OSSnrMIcsF_btCFJ-1793148759.jpg

११ कार्तिक, हेटौंडा । उच्च पहाडी तथा हिमाली क्षेत्रहरूमा भारी हिमपात, हिमआँधी र हिमपहिरोको उच्च जोखिम रहेकाले...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1793148451.jpg

११ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको र बिहीबारदेखि बङ्गालको खाडीमा विकसित चक्रवात...

सुनको मूल्य बढ्यो, चाँदीको घट्यो
Gold-1793083660.jpg

१० कार्तिक, हेटौंडा । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुनको मूल्य आज प्रतितोला ८ सय रुपैयाँले बढेको हो । आज...

इजरायलमा आज निर्वाचन हुँदै
benjamin-netanyahu-178627-1793065886.jpg

१० कार्तिक, हेटौंडा । इजरायलमा संसद् नेसेटका १२० सिटका लागि आज निर्वाचन हुँदैछ । स्थानीय समयअनुसार बिहान ७...

ह्यारी केनलाई बालोन डी’ओर अवार्ड
ken-1793063053-1793065630.jpg

१० कार्तिक, हेटौंडा । इंग्ल्यान्डका कप्तान तथा जर्मन क्लब बायर्न म्युनिखका स्ट्राइकर ह्यारी केनले यसपटकको...

आमादब्लममा एक जर्मन आरोहीको मृत्यु
Mount-Everest-1793065451.png

१० कार्तिक, हेटौंडा । सोलुखुम्बुस्थित आमादब्लम हिमालमा लडेर एक जर्मन आरोहीको मृत्यु भएको छ । ६ हजार ८१४ मिटर...

एनपीएलमा मंगलबार दुई खेल हुँदै
Nepal_Premier_League_offi-1793064964.png

१० कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिगमा मंगलबार दुई खेल हुँदैछन् ।  एनपीएलमा आज बिहान चितवन राइनोज र...

थप समाचार