६ जेठ, हेटौँडा । बागमती प्रदेश सभाको दोस्रो कार्यकाल सुरु भएको झण्डै पन्ध्र महिनापछि ४ वटा संसदीय समितिहरुले नेतृत्व पाएका छन् । प्रदेश सभामा रहेका ६ मध्ये ४ वटा संसदीय समितिहरुले शनिवार सभापति पाएका हुन् ।
शनिवार भएको निर्वाचन प्रकृयाबाट प्रदेश मामिला समितिको सभापतिमा कांग्रेसका छिरिङ दोर्जे लामा, सार्वजनिक लेखा समितिको सभापतिमा कांग्रेस कै श्रीराम लामिछाने, अर्थ तथा विकास समितिको सभापतिमा राप्रपाका नुरज बज्राचार्य र शिक्षा स्वास्थ्य तथा कृषि समितिमा माओवादी केन्द्रका ठाकुर ढकाल चयन भएका छन् ।
शनिवार दिउँसो बसेका संसदीय समितिहरुको बैठकबाट साभपतिहरु सर्वसम्मत चयन गरिएको प्रदेश सभा सचिवालयका प्रवक्ता मनोज गुप्ताले जानकारी दिए । यसअघि बिहीबार नै दलहरु बिच कांग्रेसले दुई तथा एमाले, माओवादी केन्द्र, राप्रपा र एकीकृत समाजवादीले एक÷एकवटा समितिको सभापति लिने सहमती भएको थियो ।
सोही अनुसार शनिवार भएको निर्वाचन प्रकृयाबाट चारवटा समितिमा सभापति सर्वसम्मत भएका हुन् । निर्वाचन तालिका अनुसार शुक्रबार नै ती समितिहरुमा एक÷एकजनाको मात्रै उम्मेदवारी परेको थियो । सम्पूर्ण निर्वाचन प्रक्रिया पुरा गरेपछि समितिका ज्येष्ठ सदस्यहरुले निर्वाचित भएका सभापतिको नाम घोषणा गरेका थिए ।
प्रदेश सभामा बाँकी रहेका दुईवटा सममितिको सभापतिको लागी भने ७ जेठमा निर्वाचन हुने भएको छ । बागमति प्रदेश सभा सचिवालयका सचिव कृष्णहरी खड्काले उद्योग पर्यटन तथा वातावरण समिति र प्रदेश विशेषाधिकार समितिको सभापतिको लागि ७ जेठमा निर्वाचन हुने जानकारी दिए । त्यसका लागी प्रदेश साभा सचिवालयले निर्वाचन कार्यतालिका समेत सार्वजनिक गरेको छ ।
१८ भदौ, हेटौंडा । मकवानपुरको मकवानपुरगढी गाउँपालिका–४ ज्वालादेवीस्थित एक घरमा राति आगलागी भएको छ । स्थानीय...
१८ भदौ, हेटौंडा । रसुवास्थित भोटेकोशी नदीको बाढीमा परी मृत्यु भएका एक हजार २२२ जनाको शव फेला परेको छ । ३४ बालक, ४३...
१८ भदौ, हेटौंडा । एसिसी प्रिमियर कपको तेस्रो संस्करणको दोस्रो खेलमा आज नेपालले आयोजक मलेसियाको सामना गर्दैछ...
१८ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा...
१७ भदौ, हेटौंडा । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषबाट एक अर्ब रुपैयाँ तत्कालै बाढी प्रभावित क्षेत्रमा...
१७ भदौ, हेटौंडा । काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिकाकी भवन निर्माण तथा बस्ती विकास शाखाकी प्रमुख इन्जिनियर...
१७ भदौ, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज दिउँसो १ बजे बस्दै छ । आजको बैठकमा सभामुख डोलप्रसाद अर्यालले...
१६ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा...
१६ भदौ, हेटौंडा । नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । सुनको मूल्य प्रतितोला ५०० रुपैयाँ र चाँदीको मूल्य १५...
८ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टीको विवादका कारण बागमती प्रदेशमा अन्यौलता उत्पन्न भएको छ ।...
८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरको नियुक्तिबारे परेको रिटमा दुबै पक्षलाई छलफलका लागि...
५ भदौ, हेटौंडा । हेटौंडा-१९ बस्तिपुरस्थित बासुदेव खोलाले बगाएर बेपत्ता भएकी ११ वर्षीया सुमित्रा ब्लोनको शव फेला...
४ भदौ, हेटौंडा । बागमती प्रदेशका ६ जना मन्त्रीले शपथग्रहण गरेका छन् । प्रदेशप्रमुख दिपक देवकोटाले उनीहरूलाई...
६ भदौ, हेटौंडा । राप्रपाले बागमतीमा मन्त्री बनेका तीन सांसदलाई किन कारबाही नगर्ने भन्दै अल्टिमेटमसहित...
८ भदौ, हेटौंडा । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशसभाबाट विश्वासको मत प्राप्त गरेका छन्।...
८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले आज प्रदेश सभाबाट विश्वासको मत लिँदै छन्। सोमबार...
९ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...
८ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जनाएको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास...

















