६ जेठ, हेटौँडा । साविक विजेता चेन्नई सुपर किंग्सलाई पराजित गर्दै रोयल च्यालेन्जर्स बेंग्लोर इन्डियन प्रिमियर लिग (आईपीएल) को प्लेअफमा पुगेको छ । पराजिय भएसँगै चेन्नइ आईपीएलको प्रतिश्पर्धाबाट बाहिरिएको छ ।
अन्तिम ६ खेलमा पुनरागमन गर्दै बेंग्लोर प्लेअफमा पुगेको हो । प्लेअफमा पुग्नेक्रममा बेंग्लोरले लिग चरणको अन्तिम खेलमा चेन्नईलाई २७ रनले पराजित ग¥यो । बेंग्लोर आईपीएलको प्लेअफमा पुग्ने अन्तिम टोली हो । यसअघि नै कोलकाता नाइट राइडर्स, राजस्थान रोयल्स र सनराइजर्स हैदरावाद प्लेअफमा पुगिसकेका छन् ।
चौथो स्थानमा रहेर लिग सक्काएको बेंग्लोरले ७ जितसहित १४ अंक जोड्यो। समान जितसहित १४ अंक रहेपनि चेन्नई पाँचौँ स्थानमा झ¥यो । बेंग्लोरको नेटरननेट ०.४५९ रह्यो। यता, चेन्नईको भने ०.३९२ रह्यो ।
चेन्नईले २०१ रन बनाएको भएपनि बेंग्लोर प्लेअफ दौडबाट बाहिरिने समीकरण थियो । तर, बेंग्लोरले दिएको २१९ रनको लक्ष्य पछ्याएको चेन्नईले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १९१ रन मात्रै बनाउन सक्यो ।
चेन्नईका रचिन रविन्द्रले सर्वाधिक ६१ रन बनाए । ३७ बल खेलेका उनले ५ चौका र ३ छक्का प्रहार गरे। अजिंक्य रहाणे ३३ र महेन्द्रसिंह धोनी २५ रनमा आउट हुँदा रविन्द्र जडेजा ४२ र शार्दुल ठाकुर १ रनमा अविजित रहे ।
चेन्नईका अन्यले ब्याटरले भने राम्रो प्रदर्शन गर्न सकेनन् । बेंग्लोरका यश दयालले सर्वाधिक २ विकेट लिए। ग्लेन म्याक्सवेल, मोहम्मद सिराज लौकी फर्ग्युसन र क्यारुन ग्रीनले १÷१ विकेट लिए । त्यसअघि एम चिन्नास्वामी स्टेडियम टस हारेर पहिला ब्याटिङ थालेको बेंग्लोरले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै २१८ रन बनाएको थियो ।
बेंग्लोरका कप्तान फाफ डुप्लेसीले सर्वाधिक ५४ रन बनाए । ३९ बल खेलेका उनले ३ चौका र ३ छक्का प्रहार गरे । ओपनर विराट कोहली ४७, रजन पाटीदार ४१, ग्लेन म्याक्सेवल १६ र दिनेश कार्तिक १४ रनमा आउट हुँदा क्यामरुन ग्रिन ३८ रनमा अविजित रहे । चेन्नइका शार्दुल ठाकुरले सर्वाधिक २ विकेट लिए । ४ ओभर बलिङ गरेका उनले ६१ रन खर्चिए । तुषार देशपाण्डे र मिचेल स्यान्टेनरल १÷१ विकेट लिए
२९ साउन, हेटौंडा । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नेपाली कम्युनिस्ट पार्टी (नेकपा) प्रदेशसभा संसदीय दलका...
२९ साउन, हेटौंडा । बागमती प्रदेश सरकारका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले भदौ १ गते विश्वासको मत लिने भएका...
२९ साउन, हेटौंडा । रोल्पामा चट्याङ लागेर एक जनाको मृत्यु भएको भएको छ । मृत्यु हुनेमा लुङ्ग्री गाउँपालिका-१ खदरका...
२९ साउन, हेटौंडा । अविरल वर्षापछि पहिराले घर पुरिँदा बाजुराको त्रिवेणी नगरपालिका-९ ताम्सुमा एक जना बेपत्ता भएका...
२९ साउन, हेटौंडा । नेपाली कांग्रेसको इतर समूहले आज काठमाडौंको सुकेधारास्थित मिराकल पार्टी प्यालेसमा राष्ट्रिय...
२९ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको...
२८ साउन, हेटौंडा । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले आफु राष्ट्रिय एकता सुदृढ गर्न स्वदेश...
२८ साउन, हेटौंडा । राष्ट्रियसभाको बैठक आज बस्दैछ । बैठक दिउँसो १:१५ बजे बस्ने भएको हो । बैठकमा संस्कृति, पर्यटन तथा...
२८ साउन, हेटौंडा । प्रहरीले जनआस्थाका सम्पादक किशोर श्रेष्ठलाई पक्राउ गरेको छ । कुसुन्तीस्थित निवास नजिकैबाट...
१८ साउन, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले बागमती प्रदेशमा देखिएको वर्तमान...
१९ साउन, हेटौंडा । बागमती प्रदेश सरकारमा हाम्रो नेपाली पार्टी (हानेपा) को 'इन्ट्रि' भएको छ । बागमती प्रदेशमा...
१८ साउन, हेटौंडा । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । पेट्रोल, डिजेल, मट्टितेल र हवाई इन्धनमा...
१८ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही...
१९ साउन, हेटौंडा । बागमती प्रदेश सरकारका नवनियुक्त भौतिक पूर्वाधार विकासमन्त्री शौलेन्द्रमान बज्राचार्यले...
१७ साउन, हेटौंडा । चर्चित नेपाली पर्वतारोही निर्मल पुर्जाको शव फेला परेको छ। पाकिस्तानको अल्पाइन क्लब (एसीपी) ले...
२१ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही...
२० साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही...
२६ साउन, हेटौंडा । पर्साको वीरगञ्जबाट स्रोत नखुलेको ५२ लाख ५० हजार नेपाली रुपैयाँसहित ४ जना पक्राउ परेका छन्...

-1786686763.jpg)















