९ माघ, हेटौँडा । नेकपा माओवादी केन्द्रले राष्ट्रियसभा सदस्यको निर्वाचनका लागि १३ जनाको उम्मेदवारी टुङ्गो लगाएको छ ।
सोमबार बसेको माओवादी केन्द्रको प्रदेश इन्चार्जसहित शीर्ष नेताको बैठकले उम्मेदवार छनोट गर्न अध्यक्ष दाहाल, नेता नारायणकाजी श्रेष्ठ र थापालाई जिम्मा दिएसंगै मंगलवार माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को निवास खुमलटारमा बसेको तीन शीर्ष नेताको बैठकले पार्टीका वरिष्ठ नेता रामबहादुर थापा बादल र दीनानाथ शर्मा सहित सातै प्रदेशका प्रदेश सभाको उम्मेदवारी टुङ्गो लगाएको हो । बादल प्रदेश नम्बर ३ बाट खुल्ला तर्फबाट उम्मेदवार बनेका छन भने दिनानाथ शर्मा प्रदेश नम्बर ४ बाट खुल्लातर्फबाट उम्मेदवार बनेका छन् ।
त्यसैगरी प्रदेश नं १ मा बिना पोखरेल (महिला) र प्रदेश नं २ मा शशिकला दाहाल (महिला) छनोट गरिएको छ । प्रदेश नं १ मा एक उम्मेदवार नाम छनोट गर्न बाँकी रहेको छ ।
यस्तै प्रदेश नं ३ मा रामबहादुर थापा (खुला) र गंगा पराजुली (महिला), प्रदेश नं ४मा दिनानाथ शर्मा (खुला), खिमकुमार विक (दलित), प्रदेश नं ५ मा राजकुमार कुँवर (अल्पसंख्यक र अपांग) र चन्द्रबहादुर खड्का (खुला), प्रदेश नं ६ बाट जीवन बुढा (अपाङ्ग र अल्पसंख्यक), युटुल लामा (महिला) र कालीबहादुर मल्ल (खुला) बाट उम्मेदवार बन्ने भएका छन् । त्यस्तै प्रदेश नं ७ मा लालीराम लोहार (दलित) र हरिराम चौधरी (खुला) लाई उम्मेदवार बनाउने निर्णय गरिएको छ ।
नेकपा (एमाले) र माओवादी केन्द्रले राष्ट्रियसभा सदस्यमा संयुक्त रुपमा उम्मेदवार उठाउने निर्णय गरेका संगै माओवादी केन्द्रले १४ उम्मेदवार उठाउने निर्णय गरेको छ भने एमालेले २९ उम्मेदवार उठाउने निर्णय गरेको छ ।
१४ कार्तिक, हेटौंडा । हाल देशमा बङ्गालको खाडीमा विकसित चक्रवात “अर्नब” को अवशेषका साथै पश्चिमी वायुको पनि...
१३ कार्तिक, हेटौंडा । नेपाल पत्रकार महासंघ मकवानपुरका पूर्व कोषाध्यक्ष हाल अमेरिका निवासी सुदिप शिवाकोटीले...
१३ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा कर्णाली याक्सले विराटनगर किंग्सलाई पराजित...
१३ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट निर्वाचित भएका २० पदाधिकारीको वरीयता तोकिएको...
१३ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। साथै, बिहीबार साँझदेखि बङ्गालको खाडीमा...
१२ कार्तिक, हेटौंडा । इजरायलको आमनिर्वाचनमा झन्डै ९० प्रतिशत मतगणना सकिँदासमेत कुनै पनि राजनीतिक गठबन्धनले...
१२ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसको १५औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिका पदाधिकारी र...
१२ कार्तिक, हेटौंडा । सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणमा पहिलो जित निकालेको...
१२ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज दुई खेल हुँदैछन् । पहिलो खेलमा जनकपुर बोल्ट्स र...
४ कार्तिक, हेटौंडा । बडा दशैं अर्थात् दुर्गापक्षको मुख्य दिन आज मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रुपमा शुभ...
३१ असोज, हेटौंडा । पत्रकार किशोर श्रेष्ठ साइबर ब्युरोमा भएको छलफलपछि शनिबार साँझ रिहा भएका छन् । रिहा भएपछि...
४ कार्तिक, हेटौंडा । नेपाल प्रहरीले दशैंको अवसरमा निःशुल्क बस सेवा सञ्चालन गरेको छ । नेपाल प्रहरीले बडा दशैंको...
४ कार्तिक, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले विजया दशमीमा शुभसाइतमा गुरु पुरोहितबाट टीका जमरा ग्रहण गर्ने...
२ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव छ। यसको असरका कारण देशका हिमाली तथा पहाडी भू-भागमा...
३ कार्तिक, हेटौंडा । आज नवदुर्गा भवानीको नवौँ स्वरूप देवी सिद्धिदात्रीको पूजा तथा आराधना गरिन्छ। यस दिन...
४ कार्तिक, हेटौंडा । आइसिसी विश्वकप लिग-२ श्रृंखला खेलेर नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोली स्वदेश फर्किएको छ ।...
१ कार्तिक, हेटौंडा । चीनसँग सिमाना जोडिएको सिन्धुपाल्चोकस्थित तातोपानी नाका आजदेखि तीन खुल्ने भएको छ । उद्योग,...
४ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा डिसिजन रिभ्यू सिस्टम (डीआरएस) प्रयोग गरिने...


















