Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

खेलकुद

अभ्यास खेलमा नेपालद्वारा ह्युस्टन टिम पराजित

20240525_102359-1716612012.jpg

१२ जेठ, हेटौंडा । टी-२० विश्वकपका लागि अमेरिकामा रहेको नेपाली राष्ट्रिय क्रिकेट टिमले ह्युस्टनमा स्थानीय टिम ह्युस्टन हरिकेन्ससँगको अभ्यास खेलमा ६ रनले जित हासिल गरेको छ । प्रेरी भ्यु क्रिकेट मैदानमा भएको खेलमा शुक्रबार राति नेपालले १ सय ४७ रनको मध्यम लक्ष्य जोगाउँदै जित हासिल गर्‍याे।
नेपालले दिएको १४७ रनको लक्ष्य पछ्याएको ह्युस्टनले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय ४० रन मात्र बनाएको थियो। ह्युरीकेन्सका लागि लाहिरु मिलान्थाले सर्वाधिक ३३ रन बनाए भने अली शेख २३ रनको योगदान गरे।
नेपालका लागि सोमपाल कामी र करण केसीले समान २-२ विकेट लिए। त्यस्तै, रोहित पौडेल, कुशल भुर्तेल, सागर ढकाल र अभिनाश बोहराले समान एक-एक विकेट लिए।
त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय ४६ रन बनाएको थियो। नेपालका लागि अनिलकुमार शाहले ३० बलमा ४७ रन बनाउँदा कप्तान रोहितकुमार पौडेलले २३ रन तथा गुलसन झाले २० रन बनाए।
नेपालले हुरीकेन्ससँग दोस्रो तथा अन्तिम अभ्यास खेल आइतबार खेल्ने कार्यतालिका रहेको छ। त्यसपछि नेपालले विश्वकपको दुई औपचारिक वार्मअप खेल खेल्ने छ।
विश्वकपमा भने नेपालले आफ्नो पहिलो खेलमा २२ जेठमा नेदरल्यान्ड्ससँग खेल्नेछ ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
सुदूरपश्चिमको मुख्यमन्त्रीमा भट्ट नियुक्त
khagaraj-bhatta-mukhyaman-1786695057.jpg

२९ साउन, हेटौंडा । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नेपाली कम्युनिस्ट पार्टी (नेकपा) प्रदेशसभा संसदीय दलका...

मुख्यमन्त्री बानियाँले भदौ १ गते विश्वासको मत लिने
Indra-Baniya-(3)-1786686763.jpg

२९ साउन, हेटौंडा । बागमती प्रदेश सरकारका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले भदौ १ गते विश्वासको मत लिने भएका...

चट्याङ लागेर एक जनाको मृत्यु
chatyang-1786674780.jpg

२९ साउन, हेटौंडा । रोल्पामा चट्याङ लागेर एक जनाको मृत्यु भएको भएको छ । मृत्यु हुनेमा लुङ्ग्री गाउँपालिका-१ खदरका...

पहिराले घर पुरिँदा एक जना बेपत्ता
prithivi-rajmarg-1786673765.jpg

२९ साउन, हेटौंडा । अविरल वर्षापछि पहिराले घर पुरिँदा बाजुराको त्रिवेणी नगरपालिका-९ ताम्सुमा एक जना बेपत्ता भएका...

कांग्रेस इतर समूहको राष्ट्रिय भेला आज
deuba-1-1786673280.jpg

२९ साउन, हेटौंडा । नेपाली कांग्रेसको इतर समूहले आज काठमाडौंको सुकेधारास्थित मिराकल पार्टी प्यालेसमा राष्ट्रिय...

मध्यम वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1786672992.jpg

२९ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको...

राष्ट्रिय एकता सुदृढ गर्न स्वदेश फर्किएँ: देउवा
sher-bhadur-deuba-4_edit_-1786608034.jpg

२८ साउन, हेटौंडा । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले आफु राष्ट्रिय एकता सुदृढ गर्न स्वदेश...

राष्ट्रियसभाको बैठक आज बस्दै
rastriya-sabha-2-17677507-1786586000.jpg

२८ साउन, हेटौंडा । राष्ट्रियसभाको बैठक आज बस्दैछ । बैठक दिउँसो १:१५ बजे बस्ने भएको हो । बैठकमा संस्कृति, पर्यटन तथा...

किशोर श्रेष्ठ पक्राउ, घरमा छापा
kishor-sth_YJu19Smq2t_625-1786585813.jpg

२८ साउन, हेटौंडा । प्रहरीले जनआस्थाका सम्पादक किशोर श्रेष्ठलाई पक्राउ गरेको छ । कुसुन्तीस्थित निवास नजिकैबाट...

थप समाचार