Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

दुलाल बन्धु सेवा समाज मकवानपुरको अध्यक्षमा गोविन्द चयन

Screenshot_20240525_21575-1716653678.jpg

१२ जेठ, हेटौंडा । दुलाल बन्धु सेवा समाज मकवानपुरको अध्यक्षमा गोविन्द प्रसाद दुलाल चयन भएका छन् ।
हेटौंडा-१६ शक्तेश्वर मन्दिर परिसरमा भएको चौथो साधारणसभाले गोविन्दको अध्यक्षतामा १५ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो ।
सभाले बरिष्ठ उपाध्यक्षमा मातृका दुलाल, उपाध्यक्षमा कृष्ण प्रसाद दुलाल (रामनगर), सचिवमा रूपेश दुलाल, कोषाध्यक्षमा किशोर दुलाल र सहसचिवमा बलराम दुलाललाई चयन गरेको छ । समाजको सदस्यमा देवनारायण दुलाल, शम्भु प्रसाद दुलाल, ध्रुवप्रसाद दुलाल, पिताम्बर दुलाल, सरस्वति गौतम दुलाल, गोमा न्यौपाने दुलाल, कृष्णप्रसाद दुलाल (कमाने), भीमप्रसाद दुलाल र अशोक दुलाल चयन भएका छन् ।
त्यसगरी, समाजको सल्लाहकारमा संस्थापक अध्यक्ष तिलकप्रसाद दुलाल, पूर्व अध्यक्ष गोपाल दुलाल, निवर्तमान अध्यक्ष ध्रुवकुमार दुलाल र निवर्तमान उपाध्यक्ष उत्तरकुमार दुलाललाई मनोनित गरिएको छ । 
समाजका केन्द्रीय सदस्य दीपक दुलालको प्रमुख आतिथ्यता एवं जिल्ला अध्यक्ष ध्रुवकुमार दुलालको सभाध्यक्षतामा भएको कार्यक्रममा कार्यक्रममा जग्गादाता स्वर्गीय जगन्नाथ दुलालका छोराबुहारी नवराज दुलाल, चण्डिका दुलाल, ध्रुव दुलाल र निर्मला दुलाल, संस्थापक अध्यक्ष तिलकप्रसाद दुलाल, पूर्व अध्यक्ष गोपाल दुलाल, मन्दिर निर्माणमा महत्त्वपूर्ण भुमिका निर्वाह गर्ने गोविन्दप्रसाद दुलाललाई सम्मान गरिएको थियो । सभामा नालामी दुलालहरूको तर्फबाट संकलित २८ हजार ५ सय ७१ रूपैयाँ हस्तान्तरण गरिएको थियो ।
कार्यक्रममा प्रदेश सदस्य अर्जुनप्रसाद दुलाल, पूर्व केन्द्रीय सल्लाहकार भवनाथ दुलाल, चितवन जिल्ला अध्यक्ष रामकृष्ण दुलाल, सिन्धुपाल्चोक जिल्ला सदस्य कृष्ण दुलाल, उपाध्यक्ष मातृका दुलाल लगायतले मन्तव्य व्यक्त गरेका थिए ।
कार्यक्रममा पूर्व जिल्ला अध्यक्ष गोपाल दुलाल, चितवनका कार्यसमिति सदस्य रामप्रसाद दुलाल, नेपाल प्रहरीका प्रहरी नायव निरीक्षक रामशरण दुलाल लगायतको उपस्थिति रहेको थियो ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्सले खेल्दै
Nepal_Premier_League_offi-1793149654.png

११ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्सले खेल्दैछन्...

उपराष्ट्रपति र जर्मनीका राजदूतबीच भेटवार्ता
vice-prisident-udo-ujen-1793149094.jpg

 ११ कार्तिक, हेटौंडा । उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग नेपालका लागि संघीय गणतन्त्र जर्मनीका राजदूत उडो...

कात्तिक १२ देखि १४ गतेसम्म पदयात्रा नगर्न अध्यागमनको आग्रह
Padyatra_OSSnrMIcsF_btCFJ-1793148759.jpg

११ कार्तिक, हेटौंडा । उच्च पहाडी तथा हिमाली क्षेत्रहरूमा भारी हिमपात, हिमआँधी र हिमपहिरोको उच्च जोखिम रहेकाले...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1793148451.jpg

११ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको र बिहीबारदेखि बङ्गालको खाडीमा विकसित चक्रवात...

सुनको मूल्य बढ्यो, चाँदीको घट्यो
Gold-1793083660.jpg

१० कार्तिक, हेटौंडा । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुनको मूल्य आज प्रतितोला ८ सय रुपैयाँले बढेको हो । आज...

इजरायलमा आज निर्वाचन हुँदै
benjamin-netanyahu-178627-1793065886.jpg

१० कार्तिक, हेटौंडा । इजरायलमा संसद् नेसेटका १२० सिटका लागि आज निर्वाचन हुँदैछ । स्थानीय समयअनुसार बिहान ७...

ह्यारी केनलाई बालोन डी’ओर अवार्ड
ken-1793063053-1793065630.jpg

१० कार्तिक, हेटौंडा । इंग्ल्यान्डका कप्तान तथा जर्मन क्लब बायर्न म्युनिखका स्ट्राइकर ह्यारी केनले यसपटकको...

आमादब्लममा एक जर्मन आरोहीको मृत्यु
Mount-Everest-1793065451.png

१० कार्तिक, हेटौंडा । सोलुखुम्बुस्थित आमादब्लम हिमालमा लडेर एक जर्मन आरोहीको मृत्यु भएको छ । ६ हजार ८१४ मिटर...

एनपीएलमा मंगलबार दुई खेल हुँदै
Nepal_Premier_League_offi-1793064964.png

१० कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिगमा मंगलबार दुई खेल हुँदैछन् ।  एनपीएलमा आज बिहान चितवन राइनोज र...

थप समाचार