१० माघ, हेटौँडा । एकलाख राशीको बिजुलीमाया वनः श्रेष्ठ राष्ट्रिय संगीत पुरस्कारबाट भाषा, संगीत, साहित्य कला एंव सस्कृतिविद् चेतन कार्कीलाई सम्मान गर्ने भएको छ ।
भीम विराग संगीत साहित्य कला प्रतिष्ठान नेपालले प्रदान गर्दै आएको एकलाख राशीको बिजुलीमाया वनः श्रेष्ठ राष्ट्रिय संगीत पुरस्कार यस वर्ष कार्कीलाई प्रदान गर्ने जनाएको हो । बुधबार हेटौंडामा पत्रकार सम्मेलन गर्दै आगामी माघ १५ गते भाषा, संगीत, साहित्य कला एंव सस्कृतिविद् कार्कीलाई उक्त पुरस्कारबाट सम्मानित गर्ने प्रतिष्ठानका अध्यक्ष उज्वल शर्मा भण्डारीले बताउनुभयो ।
वरिष्ठ संगीत साधक, कवि एंव गीतकार भीम विराग जन्मजयन्तीको अवसरमा प्रतिष्ठानले विभिन्न क्षेत्रका व्यक्तित्वहरुलाई सम्मान गर्दै आइरहेको छ । यसैगरी प्रतिष्ठानले नगद १० हजार राशीको तुलसीमाया शिवकुमारी सृजनशील नारी पुरस्कार मकवानपुरकी साहित्यकार अनिता न्यौपानेलाई प्रदान गर्ने जनाएको छ । नगद ७ हजार ५ सय राशीको भीम मथुरा बाल प्रतिभा पुरस्कारबाट हेटौडाका चिराग डंगोल, १५ हजार नगद राशीको शीला नारी संगीत पुरस्कारबाट हेटौंडाकी गायिका विद्या तिवारी, २५ हजार नगद राशीको हर्षनर बज्राचार्य स्मृति पुरस्कारबाट नाट्यकर्मी कुमार शाहलाई सम्मानित गरिने प्रतिष्ठानले बताएको छ । यसैगरी २० हजार राशीको विजय बानियाँ स्मृति लोक संगीत पुरस्कार लोक गायिका कोमल वलीलाई प्रदान गरिने छ । यस्तै मकवानपुरे साहित्यकार निमेष निखिललाई ११ हजार १ सय ११ रुपैंया राशीको चिनु कुमारी लामा स्मृति साहित्य पुरस्कार र स्वास्थ्य क्षेत्रमा लामो समय स्वंयमसेवीको कार्य गरेकी चम्पा कोजुलाई प्रतिष्ठानले नगद १० हजार राशीको मङ्गलादेवी श्रेष्ठ स्मृति स्वास्थ्य पुरस्कार प्रदान गरिने प्रतिष्ठानले जनाएको छ । आगामी १५ गते हुने पुरस्कार समारोहमा गायक, संगीतकार तथा गीतकार जगत मर्दन थापा प्रमुख अतिथिको रुपमा हेटौंडा आउनुहुने प्रतिष्ठानका भण्डारीले बताउनुभयो ।
१४ कार्तिक, हेटौंडा । हाल देशमा बङ्गालको खाडीमा विकसित चक्रवात “अर्नब” को अवशेषका साथै पश्चिमी वायुको पनि...
१३ कार्तिक, हेटौंडा । नेपाल पत्रकार महासंघ मकवानपुरका पूर्व कोषाध्यक्ष हाल अमेरिका निवासी सुदिप शिवाकोटीले...
१३ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा कर्णाली याक्सले विराटनगर किंग्सलाई पराजित...
१३ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट निर्वाचित भएका २० पदाधिकारीको वरीयता तोकिएको...
१३ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। साथै, बिहीबार साँझदेखि बङ्गालको खाडीमा...
१२ कार्तिक, हेटौंडा । इजरायलको आमनिर्वाचनमा झन्डै ९० प्रतिशत मतगणना सकिँदासमेत कुनै पनि राजनीतिक गठबन्धनले...
१२ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसको १५औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिका पदाधिकारी र...
१२ कार्तिक, हेटौंडा । सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणमा पहिलो जित निकालेको...
१२ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज दुई खेल हुँदैछन् । पहिलो खेलमा जनकपुर बोल्ट्स र...
४ कार्तिक, हेटौंडा । बडा दशैं अर्थात् दुर्गापक्षको मुख्य दिन आज मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रुपमा शुभ...
३१ असोज, हेटौंडा । पत्रकार किशोर श्रेष्ठ साइबर ब्युरोमा भएको छलफलपछि शनिबार साँझ रिहा भएका छन् । रिहा भएपछि...
४ कार्तिक, हेटौंडा । नेपाल प्रहरीले दशैंको अवसरमा निःशुल्क बस सेवा सञ्चालन गरेको छ । नेपाल प्रहरीले बडा दशैंको...
४ कार्तिक, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले विजया दशमीमा शुभसाइतमा गुरु पुरोहितबाट टीका जमरा ग्रहण गर्ने...
२ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव छ। यसको असरका कारण देशका हिमाली तथा पहाडी भू-भागमा...
३ कार्तिक, हेटौंडा । आज नवदुर्गा भवानीको नवौँ स्वरूप देवी सिद्धिदात्रीको पूजा तथा आराधना गरिन्छ। यस दिन...
४ कार्तिक, हेटौंडा । आइसिसी विश्वकप लिग-२ श्रृंखला खेलेर नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोली स्वदेश फर्किएको छ ।...
१ कार्तिक, हेटौंडा । चीनसँग सिमाना जोडिएको सिन्धुपाल्चोकस्थित तातोपानी नाका आजदेखि तीन खुल्ने भएको छ । उद्योग,...
४ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा डिसिजन रिभ्यू सिस्टम (डीआरएस) प्रयोग गरिने...


















