१० माघ, हेटौँडा । एकलाख राशीको बिजुलीमाया वनः श्रेष्ठ राष्ट्रिय संगीत पुरस्कारबाट भाषा, संगीत, साहित्य कला एंव सस्कृतिविद् चेतन कार्कीलाई सम्मान गर्ने भएको छ ।
भीम विराग संगीत साहित्य कला प्रतिष्ठान नेपालले प्रदान गर्दै आएको एकलाख राशीको बिजुलीमाया वनः श्रेष्ठ राष्ट्रिय संगीत पुरस्कार यस वर्ष कार्कीलाई प्रदान गर्ने जनाएको हो । बुधबार हेटौंडामा पत्रकार सम्मेलन गर्दै आगामी माघ १५ गते भाषा, संगीत, साहित्य कला एंव सस्कृतिविद् कार्कीलाई उक्त पुरस्कारबाट सम्मानित गर्ने प्रतिष्ठानका अध्यक्ष उज्वल शर्मा भण्डारीले बताउनुभयो ।
वरिष्ठ संगीत साधक, कवि एंव गीतकार भीम विराग जन्मजयन्तीको अवसरमा प्रतिष्ठानले विभिन्न क्षेत्रका व्यक्तित्वहरुलाई सम्मान गर्दै आइरहेको छ । यसैगरी प्रतिष्ठानले नगद १० हजार राशीको तुलसीमाया शिवकुमारी सृजनशील नारी पुरस्कार मकवानपुरकी साहित्यकार अनिता न्यौपानेलाई प्रदान गर्ने जनाएको छ । नगद ७ हजार ५ सय राशीको भीम मथुरा बाल प्रतिभा पुरस्कारबाट हेटौडाका चिराग डंगोल, १५ हजार नगद राशीको शीला नारी संगीत पुरस्कारबाट हेटौंडाकी गायिका विद्या तिवारी, २५ हजार नगद राशीको हर्षनर बज्राचार्य स्मृति पुरस्कारबाट नाट्यकर्मी कुमार शाहलाई सम्मानित गरिने प्रतिष्ठानले बताएको छ । यसैगरी २० हजार राशीको विजय बानियाँ स्मृति लोक संगीत पुरस्कार लोक गायिका कोमल वलीलाई प्रदान गरिने छ । यस्तै मकवानपुरे साहित्यकार निमेष निखिललाई ११ हजार १ सय ११ रुपैंया राशीको चिनु कुमारी लामा स्मृति साहित्य पुरस्कार र स्वास्थ्य क्षेत्रमा लामो समय स्वंयमसेवीको कार्य गरेकी चम्पा कोजुलाई प्रतिष्ठानले नगद १० हजार राशीको मङ्गलादेवी श्रेष्ठ स्मृति स्वास्थ्य पुरस्कार प्रदान गरिने प्रतिष्ठानले जनाएको छ । आगामी १५ गते हुने पुरस्कार समारोहमा गायक, संगीतकार तथा गीतकार जगत मर्दन थापा प्रमुख अतिथिको रुपमा हेटौंडा आउनुहुने प्रतिष्ठानका भण्डारीले बताउनुभयो ।
१४ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा...
१३ भदौ, हेटौंडा । प्रत्येक वर्ष भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठदिन मनाइने परम्परागत सांस्कृतिक पर्व...
१३ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा...
१२ भदौ, हेटौंडा । नेपाली फाइटर रवीन्द्र ढाँट रोड टु युएफसीको फाइनलमा प्रवेश गरेका छन् । चीनको साङ्घाईस्थित...
१२ भदौ, हेटौंडा । मन्त्रिपरिषद् बैठकका मुख्य मुख्य निर्णयहरू सार्वजनिक गरिएको छ । सरकारका प्रवक्ता एवं...
१२ भदौ, हेटौंडा । शिक्षा मन्त्रालयले विश्वविद्यालयका सबै परीक्षा स्थगित गर्न निर्देशन दिएको छ । प्राकृतिक...
१२ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण प्रभावित भएका विभिन्न जिल्लाबाट हालसम्म ४६९...
१२ भदौ, हेटौंडा । आज जनै पूर्णिमा तथा रक्षा बन्धन पर्व । श्रावण शुक्ल पूर्णिमाका दिन उपाकर्म, ऋषितर्पणी र...
११ भदौ, हेटौंडा । भोटेकोशी नदीमा आएको बाढीपछि सिर्जित संकटको घडीमा उद्धार र राहत कार्यलाई राजनीतिक...
३ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बागमती प्रदेशसभामा नेकपा एमालेका किरण थापालाई...
८ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टीको विवादका कारण बागमती प्रदेशमा अन्यौलता उत्पन्न भएको छ ।...
८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरको नियुक्तिबारे परेको रिटमा दुबै पक्षलाई छलफलका लागि...
३१ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको...
१ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आज प्रदेश सभामा विश्वासको मत लिने भएका...
१ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव कायम छ। मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको आसपास र...
१ भदौ, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै छ । प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे र...
३१ साउन, हेटौंडा । मुग्लिन-काठमाडौं सडक सञ्चालनमा आएको छ । पहिरो पन्छाएसँगै आज बिहान ६ बजेबाट सडक सञ्चालनमा आएको...
४ भदौ, हेटौंडा । कैलालीमा शिकार खेल्ने क्रममा गोली लागेर एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बर्दगोरिया...


















