२० जेठ, हेटौंडा । मकवानपुरमा क्रियाशील राजनीतिक दलहरु हेटौँडा अस्पताललाई प्रतिष्ठान मातहत नराखी छुट्टै सञ्चालन गर्नुपर्नेमा एक मत भएका छन् । शनिवार हेटौँडामा भएको भेलाले यस्तो निर्णय गरेको नेपाली कांग्रेस मकवानपुरका प्रवक्ता अर्जुन चौलागाईंले जानकारी दिए ।
बागमती प्रदेश सरकारले हेटौँडा अस्पताललाई मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान मातहत राख्ने गरी गाभ्ने निर्णय गरेसँगै त्यसको विरुद्धमा रहेका मकवानपुरको क्रियाशील राजनीतिक दलले हेटौँडा अस्पताललाई छुट्टै राख्न माग गरेका हुन् ।
हेटौँडामा शनिबार भएको राजनीतिक दलको भेलाले जिल्लाको गौरवको रुपमा रहेको हेटौँडा अस्पताललाई प्रतिष्ठान मातहत नराख्न प्रदेश सरकारसँग माग गर्ने निर्णय गरेको हो । राजनीतिक दलहरुको भेलाले हेटौँडा अस्पताललाई प्रतिष्ठान मातहत लैजाने गरी बनाएको ऐन संशोधन गरी हेटौँडा अस्पतालमा नगाभ्न माग गर्ने निर्णय गरेको कांग्रेस मकवानपुरका प्रवक्ता चौलागाईंले बताए ।
भेलाले हेटौँडा अस्पताललाई छुुट्टै सञ्चालन गर्नुपर्ने, प्रतिष्ठानका लागि आवश्यक अस्पताल छुट्टै स्थापना गर्नुपर्ने र प्रतिष्ठानलाई उद्देश्य अनुसार प्रभावकारी रुपमा सञ्चालन गर्न माग गर्ने निर्णय गरेको उनको भनाई छ । भेलामा जिल्ला समन्वय समितिका प्रमुख ललित घलान, उपप्रमुख सानुकाजी लुइटेल, कांग्रेस मकवानपुरका सभापति बुद्ध लामा, नेकपा (माओवादी केन्द्र)का वीरबहादुर घलान, नेकपा एकीकृत समाजवादी मकवानपुरका अध्यक्ष विष्णु दाहाल, राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल मकवानपुरका अध्यक्ष गुरुप्रसाद सापकोटाले हेटौंडा अस्पताललाई प्रतिष्ठानबाट अलग राख्नुपर्ने धारणा राखेका थिए ।
कार्यक्रममा राप्रपाकी गीता सापकोटा, नेकपा मकवानपुरका जिल्ला इञ्चार्ज राम सी, जनता समाजवादी नेपाल मकवानपुरका अध्यक्ष सोम घलान, नेपाल समाजवादी पार्टी मकवानपुरका अध्यक्ष राजकुमार भेटवाललगायतको सहभागिता रहेको थियो । यसअघि कांग्रेस मकवानपुरले कांग्रेसबाट बागमती प्रदेश सभामा प्रतिनिधित्व गर्ने प्रदेश सभा सदस्यसँग छलफल कार्यक्रमको आयोजना गरी अस्पताललाई प्रतिष्ठानमा गाभ्ने निर्णय गलत भएको भन्दै ध्यानाकर्षण गराएको थियो ।
११ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्सले खेल्दैछन्...
११ कार्तिक, हेटौंडा । उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग नेपालका लागि संघीय गणतन्त्र जर्मनीका राजदूत उडो...
११ कार्तिक, हेटौंडा । उच्च पहाडी तथा हिमाली क्षेत्रहरूमा भारी हिमपात, हिमआँधी र हिमपहिरोको उच्च जोखिम रहेकाले...
११ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको र बिहीबारदेखि बङ्गालको खाडीमा विकसित चक्रवात...
१० कार्तिक, हेटौंडा । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुनको मूल्य आज प्रतितोला ८ सय रुपैयाँले बढेको हो । आज...
१० कार्तिक, हेटौंडा । इजरायलमा संसद् नेसेटका १२० सिटका लागि आज निर्वाचन हुँदैछ । स्थानीय समयअनुसार बिहान ७...
१० कार्तिक, हेटौंडा । इंग्ल्यान्डका कप्तान तथा जर्मन क्लब बायर्न म्युनिखका स्ट्राइकर ह्यारी केनले यसपटकको...
१० कार्तिक, हेटौंडा । सोलुखुम्बुस्थित आमादब्लम हिमालमा लडेर एक जर्मन आरोहीको मृत्यु भएको छ । ६ हजार ८१४ मिटर...
१० कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिगमा मंगलबार दुई खेल हुँदैछन् । एनपीएलमा आज बिहान चितवन राइनोज र...
३० असोज, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले हाल कर्णाली र सुदूरपश्चिम...
२९ असोज, हेटौंडा । संसदीय सुनुवाइ समितिले दुई देशका लागि प्रस्तावित राजदूतकाे नाम अस्वीकृत गरेको छ। बुधबार...
३० असोज, हेटौंडा । नेपाली कांग्रेस बागमती प्रदेशका सभापति एवम् पूर्वमुख्यमन्त्री इन्द्रबहादुर बानियाँ...
४ कार्तिक, हेटौंडा । बडा दशैं अर्थात् दुर्गापक्षको मुख्य दिन आज मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रुपमा शुभ...
३१ असोज, हेटौंडा । पत्रकार किशोर श्रेष्ठ साइबर ब्युरोमा भएको छलफलपछि शनिबार साँझ रिहा भएका छन् । रिहा भएपछि...
३१ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५ औँ महाधिवेशनबाट निर्वाचित सभापति गगनकुमार थापाको शपथग्रहण आज हुने भएको छ...
२९ असोज, हेटौंडा । हाल देशमा पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले हाल देशका हिमाली र...
३१ असोज, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले बडादशैं २०८३ का अवसरमा देश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली...
२९ असोज, हेटौंडा । शारदीय नवरात्रको पाँचौँ दिन आश्विन शुक्ल पञ्चमीका अवसरमा आज नवदुर्गा भवानीको पाँचौँ स्वरूप...









-nepal-1792111426.jpg)







