२० जेठ, हेटौंडा । विश्व बुवाआमा दिवसको अवसरमा हेटौँडामा ५४ जना जेष्ठ नागरिकलाई शनिबार निमोनिया विरुद्धको खोप लगाइएको छ । यस्तै उक्त अवसरमा ८४ वर्षदेखि १०३ वर्ष उमेरसम्मका २ सयजना ज्येष्ठ नागरिकहरुलाई थर्मस पनि वितरण गरिएको छ ।
हेटौँडा उपमहानगरपालिका वडा नम्बर २ को आर्थिक सहयोगमा निर्माण भएको जेष्ठ नागरिक सेवा केन्द्र शुभारम्भ गर्ने क्रममा जलेश्वर मन्दिर व्यवस्थापन समितिको व्यवस्थापनमा निमोनिया विरुद्धको खोप लगाइएको हो । हेटौँडा २ का वडा अध्यक्ष बिष्णु गोपाल महर्जनले पहिलो चरणमा सीमित बजेटका कारण ५४ जनालाई मात्रै नोमोनिया विरुद्धको खोप लगाएको जानकारी दिँदै वडा आगामी वर्षको बजेटमा वडाका बाँकी जेष्ठ नागरिकलाई खोप कार्यक्रममा समेट्ने जानकारी दिए ।
वडा अध्यक्ष महर्जनका अनुसार शनिवार आयोजित कार्यक्रमका अवसमार वडामा रहेका जेष्ठ नागरिकहरुको सुगर, प्रेसर र अन्य स्वास्थ्यसँग सम्बन्धित निशुल्क जाँच समेत गरिएको छ । बागमती प्रदेश सरकारको सामाजिक विकास मन्त्री कुमारी मुक्तानले दिवा सेवा केन्द्रको शुभारम्भ गरेकी हुन् । उनले सेवा केन्द्रले जेष्ठ नागरिकहरुका लागी आफ्ना दौतरीहरुसँग भेटघाट गर्ने र सुखदुःख साटासाट गर्न सहजता प्रदान गर्ने विश्वास व्यक्त गरिन् ।
कार्यक्रममा हेटौँडा उपमहानगरपालिका उप प्रमुख राजेश कुमार बनियाँले जेष्ठ नागरिकको अनुभव, ज्ञान र सीप युवा पुस्ताले ग्रहण गर्नुपर्नेमा जोड दिए । उनले जेष्ठ सदस्यहरु जिउँदा इतिहास भएको उल्लेख गर्दै नयाँ पुस्ताले उहाँहरुबाट धेरैकुरा सिक्न सक्ने बताए ।
कार्यक्रममा ज्येष्ठ नागरिक जिल्ला संघ मकवानपुर अध्यक्ष हरि प्रसाद सिग्देल, ज्येष्ठ नागरिक समाज मकवानपुर अध्यक्ष केदार न्यौपाने, जलेश्वर महादेव क्षेत्र विकास समिति अध्यक्ष मुरारी सुवेदी, वनस्खण्डी देवी सामुदायिक वन समिति अध्यक्ष भवसागर श्रेष्ठ, हेटौँडा २ का वडा सदस्य सुरज बतौँला लगायतले राज्यले जेष्ठ सदस्यहरुलाई समाजमा सम्मानित जिवन यापनको वातावरण तयार गर्न नीति नै बनाएर अगाडी बढ्नपर्ने भन्दै सुझाव दिएका थिए ।
११ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्सले खेल्दैछन्...
११ कार्तिक, हेटौंडा । उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग नेपालका लागि संघीय गणतन्त्र जर्मनीका राजदूत उडो...
११ कार्तिक, हेटौंडा । उच्च पहाडी तथा हिमाली क्षेत्रहरूमा भारी हिमपात, हिमआँधी र हिमपहिरोको उच्च जोखिम रहेकाले...
११ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको र बिहीबारदेखि बङ्गालको खाडीमा विकसित चक्रवात...
१० कार्तिक, हेटौंडा । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुनको मूल्य आज प्रतितोला ८ सय रुपैयाँले बढेको हो । आज...
१० कार्तिक, हेटौंडा । इजरायलमा संसद् नेसेटका १२० सिटका लागि आज निर्वाचन हुँदैछ । स्थानीय समयअनुसार बिहान ७...
१० कार्तिक, हेटौंडा । इंग्ल्यान्डका कप्तान तथा जर्मन क्लब बायर्न म्युनिखका स्ट्राइकर ह्यारी केनले यसपटकको...
१० कार्तिक, हेटौंडा । सोलुखुम्बुस्थित आमादब्लम हिमालमा लडेर एक जर्मन आरोहीको मृत्यु भएको छ । ६ हजार ८१४ मिटर...
१० कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिगमा मंगलबार दुई खेल हुँदैछन् । एनपीएलमा आज बिहान चितवन राइनोज र...
३० असोज, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले हाल कर्णाली र सुदूरपश्चिम...
२९ असोज, हेटौंडा । संसदीय सुनुवाइ समितिले दुई देशका लागि प्रस्तावित राजदूतकाे नाम अस्वीकृत गरेको छ। बुधबार...
३० असोज, हेटौंडा । नेपाली कांग्रेस बागमती प्रदेशका सभापति एवम् पूर्वमुख्यमन्त्री इन्द्रबहादुर बानियाँ...
४ कार्तिक, हेटौंडा । बडा दशैं अर्थात् दुर्गापक्षको मुख्य दिन आज मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रुपमा शुभ...
३१ असोज, हेटौंडा । पत्रकार किशोर श्रेष्ठ साइबर ब्युरोमा भएको छलफलपछि शनिबार साँझ रिहा भएका छन् । रिहा भएपछि...
३१ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५ औँ महाधिवेशनबाट निर्वाचित सभापति गगनकुमार थापाको शपथग्रहण आज हुने भएको छ...
२९ असोज, हेटौंडा । हाल देशमा पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले हाल देशका हिमाली र...
३१ असोज, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले बडादशैं २०८३ का अवसरमा देश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली...
२९ असोज, हेटौंडा । शारदीय नवरात्रको पाँचौँ दिन आश्विन शुक्ल पञ्चमीका अवसरमा आज नवदुर्गा भवानीको पाँचौँ स्वरूप...









-nepal-1792111426.jpg)







