२६ जेठ, हेटौंडा। मकवानपुरको मनहरी गाउँपालिकामा एकै पटक ३ वटा पक्कि पुलको उद्घाटन् गरिएको छ। गाउँपालिकाले आफ्नो आन्तरिक स्रोतबाट करिब १९ करोड रुपैयाँ खर्चिएर निर्माण गरेको तीन वटा पक्की पुल शनिबार बागमती प्रदेश सदस्य तथा पूर्व गृहमन्त्री मन्त्री इन्द्र बहादुर बानियाँले उद्घाटन् गरेका हुन् ।
गाउँपालिकाको लगानीमा लामिटार–मकरी–चकरी–बेलडाँडा सडकअन्तर्गत निर्माणाधीन ५ वटा पक्की पुलमध्ये ३ वटा पुलको बानियाँले शनिबार एक समारोहका बीच उद्घाटन गरेका हुन् ।
गाउँपालिकाले बनाएको मनहरी १ र २ जोड्ने च्यापलखोला पुल, वडा नम्बर ३ र ४ जोड्ने ट्वाङ्ग्रा खोला पुल र वडा नम्बर ३ र ४ जोड्ने अर्को मसिने खोला पुलको उद्घाटन् गरिएको हो।च्यापल खोला पुल ६ करोड २८ लाख ९८ हजार रुपैयाँमा ठेक्का सम्झौता गरी काम गरिएको, त्यसैगरी २ स्पानको ट्वाङ्ग्रा खोलाको पुल ६ करोड ४९ लाख ६० हजार रुपैयाँमा निर्माण गरिएको र यस्तै २ स्पानको ७४ दशमलव ५५ मिटर लामो मसिने खोला पुल ६ करोड ५९ लाख ५० हजार रुपैयाँमा निर्माण सम्पन्न गरिएको गाउँपालिका अध्यक्ष रंन्जन कालाखेतीले बताएका छन् । बानियाँ हिराचन जेभीले निर्माण गरेको तीन वटा पुल २ वर्षभित्रै सम्पन्न गर्नेगरी २०७७ सालमै पुल निर्माणको काम थालिएको भएता पनि विविध समस्याका कारण निर्माण पक्षले समय थप गरी पुल निर्माण सकेको हो
हेटौंडा उपमहानगरपालिकाको १३ नम्बर वडा हुँदै मनहरीको १ देखि ४ नम्बर वडालाई जोड्दै वैकल्पिक मार्गको विकास गर्ने अवधारणाअनुसार गाउँपालिकाले एकैसाथ ५ वटा पुल निर्माण सुरु गरेको थियो । सो सडकअन्तर्गत सबै पुल निर्माण हुने र सडक पनि स्तरोन्नती हुँदा त्यस क्षेत्रका कृषि उपजको बजारीकरणमा सहजता हुने र स्थानीयबासीको पनि दैनिक जीवनयापन सहज हुने अपेक्षा गरिएको छ ।
गाउँपालिकाका अध्यक्ष रन्जन कालाखेतीको अध्यक्षतामा भएको पुल उद्घाटन समारोहमा बोल्दै प्रदेशसभा सदस्य ईन्द्रबहादुर बानियाँले पुल निर्माणसँगै मनहरीका चार वटा वडाका बासिन्दालाई प्रत्यक्ष फाइदा पुग्ने बताएका छन्। कार्यक्रममा गाउँपालिकाका पूर्वअध्यक्ष एकराज उप्रेती, पूर्वउपाध्यक्ष मनिला विष्ट, वडाध्यक्षहरु शिव खनाल, राजकुमार पाख्रिन, अनन्तप्रकाश अर्याल, प्रकाश थापा, पूर्व वडाध्यक्ष ध्रुव खड्का, संविधानसभा सदस्य राजाराम स्याङ्तान, गाउँपालिकाकी उपाध्यक्ष सीता पुलामी मगरलगायतले मन्तव्य व्यक्त गरेका थिए।
११ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्सले खेल्दैछन्...
११ कार्तिक, हेटौंडा । उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग नेपालका लागि संघीय गणतन्त्र जर्मनीका राजदूत उडो...
११ कार्तिक, हेटौंडा । उच्च पहाडी तथा हिमाली क्षेत्रहरूमा भारी हिमपात, हिमआँधी र हिमपहिरोको उच्च जोखिम रहेकाले...
११ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको र बिहीबारदेखि बङ्गालको खाडीमा विकसित चक्रवात...
१० कार्तिक, हेटौंडा । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुनको मूल्य आज प्रतितोला ८ सय रुपैयाँले बढेको हो । आज...
१० कार्तिक, हेटौंडा । इजरायलमा संसद् नेसेटका १२० सिटका लागि आज निर्वाचन हुँदैछ । स्थानीय समयअनुसार बिहान ७...
१० कार्तिक, हेटौंडा । इंग्ल्यान्डका कप्तान तथा जर्मन क्लब बायर्न म्युनिखका स्ट्राइकर ह्यारी केनले यसपटकको...
१० कार्तिक, हेटौंडा । सोलुखुम्बुस्थित आमादब्लम हिमालमा लडेर एक जर्मन आरोहीको मृत्यु भएको छ । ६ हजार ८१४ मिटर...
१० कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिगमा मंगलबार दुई खेल हुँदैछन् । एनपीएलमा आज बिहान चितवन राइनोज र...
३० असोज, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले हाल कर्णाली र सुदूरपश्चिम...
२९ असोज, हेटौंडा । संसदीय सुनुवाइ समितिले दुई देशका लागि प्रस्तावित राजदूतकाे नाम अस्वीकृत गरेको छ। बुधबार...
३० असोज, हेटौंडा । नेपाली कांग्रेस बागमती प्रदेशका सभापति एवम् पूर्वमुख्यमन्त्री इन्द्रबहादुर बानियाँ...
४ कार्तिक, हेटौंडा । बडा दशैं अर्थात् दुर्गापक्षको मुख्य दिन आज मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रुपमा शुभ...
३१ असोज, हेटौंडा । पत्रकार किशोर श्रेष्ठ साइबर ब्युरोमा भएको छलफलपछि शनिबार साँझ रिहा भएका छन् । रिहा भएपछि...
३१ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५ औँ महाधिवेशनबाट निर्वाचित सभापति गगनकुमार थापाको शपथग्रहण आज हुने भएको छ...
२९ असोज, हेटौंडा । हाल देशमा पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले हाल देशका हिमाली र...
३१ असोज, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले बडादशैं २०८३ का अवसरमा देश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली...
२९ असोज, हेटौंडा । शारदीय नवरात्रको पाँचौँ दिन आश्विन शुक्ल पञ्चमीका अवसरमा आज नवदुर्गा भवानीको पाँचौँ स्वरूप...










-nepal-1792111426.jpg)







