Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

अनेरास्ववियुको जिल्ला सम्मेलन फागुनमा

FB_IMG_1516963833922-1516963884.jpg

१२ माघ,हेटौँड।नेकपा एमाले निटक विद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) मकवानपुरको जिल्ला सम्मेलन आउँदो फागुन १५ र १६ गते हेटौँडामा हुने भएको छ । अनेरास्ववियुले शुक्रबार  हेटौँडामा पत्रकार सम्मेलनको आयोजना गरि संगठनको  २७ औँ जिल्ला सम्मेलन फागुन १५ र १६ गते हुने जानकारी गराएको हो  ।

फागुन १० गतेसम्म जिल्लाभरका सबै प्रतिनिधिहरुको टुंगो लागीसक्ने र । संगठनको निर्णय प्रक्रियालाई थप सहज बनाउनको लागि १० सदस्यीय सचिवालय समेत निर्माण गरिएको  प्रचार   प्रसार  संयोजक गिरीजा अधिकारीले  बताए ।

संगठनको माघ ८ गते जिल्ला सम्मेलन आयोजक कमिटिका संयोजक घिसिङको अध्यक्षता बसेको बैठकले सम्मेलन सफल बनाउनका लागि गिरिजा अधिकारी, अमृत बर्तौला, शुभराज भोम्जन, आकाश अधिकारी, शिशिर पराजुली, बिना देवकोटा, रुपा बिडारी, प्रमोद फुयाँल, आशिष अस्लामी र उज्ज्वल बर्तौलालाई सचिवालय सदस्यमा मनोनित गरिएको जनाइएको छ । त्यस्तै प्रतिनिधि तथा प्रतिवेदन लेखनमा संयोजक घिसिङ, कुमार केसी र अरुण वर्तौला सदस्य रहने गरि उप–समिति बनाइएको थियो ।

त्यस्तै आर्थिक विभागतर्फ कुमार रुम्बाको संयोजकत्वमा कृष्ण घिमिरे, अमृत बर्तौला, आकाश अधिकारी, रुपा बिडारी र सुजन तिमल्सिनालाई चयन गरिएको छ भने प्रचारप्रसारतर्फ गिरिजा अधिकारीलाई संयोजक तोकिएको छ । त्यस्तै हल मञ्च तथा स्वयम सेवकमा कृष्ण घिमिरे संयोजक रहने गरि शिशिर पराजुली र उज्ज्वल बर्तौलालाई सदस्य तोकी जिम्मेवारी दिइएको छ । खाना तथा आवासमा रुपा बिडारी संयोजक रहने गरि शुभराज भोम्जन र आशिष अस्लामीलाई जिम्मेवारी दिइएको छ । कार्यालय विभागमा भोम्जन संयोजक रहने गरि जय न्यौपानेलाई जिम्मेवारी दिइएको छ ।

FB_IMG_1516963833922-1516963888.jpg

समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
धेरै स्थानमा मध्यम वर्षाको सम्भावना
rain-weather-1793408785.jpg

१४ कार्तिक, हेटौंडा । हाल देशमा बङ्गालको खाडीमा विकसित चक्रवात “अर्नब” को अवशेषका साथै पश्चिमी वायुको पनि...

पत्रकार शिवाकोटीबाट महासंघलाई १ लाख सहयोग
IMG_20261030_141242-1793353385.jpg

१३ कार्तिक, हेटौंडा । नेपाल पत्रकार महासंघ मकवानपुरका पूर्व कोषाध्यक्ष हाल अमेरिका निवासी सुदिप शिवाकोटीले...

कर्णाली याक्सद्वारा विराटनगर किंग्स पराजित
karnali-x-win-9a6112a1-70-1793325245.jpg

१३ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा कर्णाली याक्सले विराटनगर किंग्सलाई पराजित...

कांग्रेसका २० पदाधिकारीको वरीयता तोकियो
Gagan-Thapa-1760606336-1793324926.jpg

१३ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट निर्वाचित भएका २० पदाधिकारीको वरीयता तोकिएको...

अधिकांश स्थानमा बादल लाग्ने
cloudy-weather-1793324635.jpg

१३ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। साथै, बिहीबार साँझदेखि बङ्गालको खाडीमा...

नेतन्याहु सरकार गठनका लागि सिट पुर्‍याउन असफल
Benjamin-Netanyahu-1793237966.jpg

१२ कार्तिक, हेटौंडा । इजरायलको आमनिर्वाचनमा झन्डै ९० प्रतिशत मतगणना सकिँदासमेत कुनै पनि राजनीतिक गठबन्धनले...

कांग्रेस केन्द्रीय पदाधिकारी र सदस्यहरूको शपथग्रहण आज
nepali_congress-1793237424.jpg

१२ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसको १५औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिका पदाधिकारी र...

सुदूरपश्चिमद्वारा पोखरा एभेन्जर्स पराजित
Screenshot_20261029_07074-1793236973.jpg

 १२ कार्तिक, हेटौंडा । सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणमा पहिलो जित निकालेको...

एनपीएलमा आज दुई खेल हुँदै
Nepal_Premier_League_offi-1793236698.png

१२ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज दुई खेल हुँदैछन् । पहिलो खेलमा जनकपुर बोल्ट्स र...

थप समाचार