३१ जेठ, हेटौंडा । हेटौंडा उपमहानगरपालिका वडा नम्बर ११ सिमलटारमा निर्माण सम्पन्न खेलमैदानको बुधबार उद्घाटन भएको छ । खेल मैदानको हेटौँडा उपमहानगरपालिकाका नगर प्रमुख मीनाकुमारी लामा र उपप्रमुख राजेश बानियाँले संयुक्त रुपमा उद्घाटन गरेका हुन् ।
हेटौँडा उपमहानगरपालिकाको १० र हेटौंडा ११ नम्बर वडाको १० लाख गरी २० लाख रुपियाँको लागतमा खेल मैदान निर्माण गरीएको हो । खेल मैदानको उद्घाटन गर्दै नगर प्रमुख लामाले खेलकुदको बिकासका लागि पुर्वाधार निर्माणको कामलाई गति दिएको बताइन् । खेलाडि उत्पादन र खेल क्षेत्रको बिकासका लागि नगरका १९ वटै वडाहरुमा खेलमैदान निर्माणका लागि चालु आथिक बर्षमा बजेट बिनियोजन गरी काम भैरहेको उनले जानकारी दिइन् ।
कार्यक्रममा उपप्रमुख बानियाँले खेल मैदानको थप व्यवस्थापनका लागि उपमहानगरले निरन्तर सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे । उनले अहिले खेलकुद मैदान मात्रै निर्माण गरिएको भएपनि भविष्यमा यसलाई स्टेडियमका रुपमा विकास गर्न सकिने बताए ।
सिमलटार टोल बिकास सस्थाका अध्यक्ष सुर्यमान लामाको अध्यक्षतामा भएको कार्यक्रममा ११ नम्बरका वडा अध्यक्ष जुना दाहाल, एन्फाका केन्द्रीय सदस्य टिकाराम लामा, नगर खेलकुद बिकास समितिका अध्यक्ष रबिन्द्र घिमिरे लगाएतले खेलकुदको माध्यमबाट स्वस्थ्य र अनुशासित जिवन जिउन सकिने बताए । कार्यक्रममा खेलमैदान निर्माणका लागि महत्वपुर्ण भूमिका निर्वाह गर्ने व्यक्ति र संस्थाहरुलाई सम्मान समेत गरिएको थियो ।
१० असार, हेटौंडा। मकवानपुरका सबै जसो स्थानीय तहले मंगलबार नीति तथा कार्यक्रम सार्वजनिक गरेका छन्। जील्लाको...
१० असार, हेटौंडा। हेटौंडा उपमहानगरपालिकाले आर्थिक वर्ष २०८२/०८३ का लागि २ अर्ब ९० करोड ३ लाख १० हजारको बजेट...
१० असार, हेटौंडा। मकवानपुरको कैलाश गाउँपालिकाले ७ जना चेलिलाई सम्मान गरेको छ । पालिकाले चेलि प्रोत्साहन...
१० असार, हेटौंडा। मकवानपुरको विकट मानिएको कैलाश गाउँपालिकाको आर्थिक वर्ष २०८२/८३ को नीति तथा कार्यक्रम बहुमतले...
१० असार, हेटौंडा । मकवानपुरको कैलाश गाउँपालिकाले आगामी आव २०८२/०८३ को नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ ।...
१० असार, हेटौंडा । प्रतिनिधिसभाको आजको बैठकबाट विनियोजन विधेयक, २०८२ पारित गरिने भएको छ । आज बिहान ११ बजे बस्ने...
१० असार, हेटौंडा । भिजिट भिसाको दुरुपयोग र यससँग जोडिएको मानव तस्करी तथा अनियमितताको बढ्दो गुनासोबीच सरकारले...
१० असार, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले ...
९ असार, हेटौंडा । कैलालीको नेपालभारत सिमाना क्षेत्रबाट नेपाली प्रहरीले कटुवा पेस्तोलसहित दुई जना भारतीय...
२९ जेठ, हेटौंडा । हेटौंडा-१० मा राप्तीरोडमा रहेको दास इम्पोरियमका संचालकमाथि कुटपिटमा संलग्नताको आरोपमा ९ जना...
५ असार, हेटौंडा । मकवानपुरको थाहानगरमा धारिलो हतियार प्रहार गरी महिलाको मृत्यु भएको छ। महिलालाई देवरले धारिलो...
४ असार, हेटौंडा। हेटौँडा उपमहानगरपालिका–१ का वडाध्यक्ष तथा नगर प्रवक्ता तथा नेपाली काँग्रेस हेटौंडा नगर सचिव...
७ असार, हेटौंडा । चितवनमा भएको सवारी दुर्घटनामा मृत्यु भएका ७ जनामध्ये दुई जनाको पहिचान खुलेको छ। पहिचान...
२९ जेठ, हेटौंडा । हेटौंडा-१० मा राप्तीरोडमा रहेको दास इम्पोरियमका संचालकमाथि कुटपिट भएको छ । राप्तीरोडमा रहेका...
२८ जेठ, हेटौंडा। कैलाश गाउँपालिकाका अध्यक्ष लोकबहादुर मुक्तानले विभिन्न रोगव्यादीका साथै प्राकृतिक विपद्का...
४ असार, हेटौंडा। हेटौंडा उपमहानगरपालिका वडा नम्बर १६ बाट ५ जना जुवाडे पक्राउ परेका छन् ।हेटौंडा १६ गौरीटार...
३१ जेठ, हेटौंडा। पूर्व पश्चिम राजमार्ग अन्तर्गत मकवानपुरको हेटौंडा उपमहानगरपालिका -१५ डाईभरडाँडामा ब्रेक फेल...
७ असार, भण्डारा । चितवनको डडुवामा यात्रुवाहक बस र ईभी (भ्यान) माइक्रो एक आपसमा ठोक्किँदा सात जनाको मृत्यु भएको...