१ असार, हेटौंडा। मकवानपुरका युवाहरुले गाँजा खेतीको वैधानिकताका लागिअभियानको सुरुवात गरेका छन् ।
अभियान स्वरूप युवाहरुले शनिबार मनहरी गाउँपालिका–८ स्थित पिस पार्कमा जनप्रतिनिधि सहभागी गराई उक्त अभियानको स्थानीय तहबाटै राज्यस्तरमा पहल गर्न दबाब सिर्जना गरेका हुन् ।
लामो समयदेखि गाँजाको वैधानिक खेतीका लागि अभियान सञ्चालन गरिरहेका तरूण दल केन्द्रीय सदस्य तथा मकवानपुरका युवा व्यवसायी राजेश भेटवालको अगुवाइमा भएको भेलामा मनहरी, राक्सिराङ र कैलाश गाउँपालिकाका प्रमुख, वडा अध्यक्ष एवम् गाँजा बोक्दा जेल जीवन बिताइरहेका भरियाका परिवारको सहभागिता रहेको थियो ।
गाँजा बोक्ने भरियारहरु अनाहकमा जेल जीवन बिताइरहेका छन्, राज्यले वैधानिकताको सवाल उठाउने अनि मौन बस्ने गर्दा सोझा जनताहरु समस्यामा परिरहेका छन्। अब वैधानिको रुपमा हामी सबैले सरकारलाई दवाव दिन जरुरी रहेको भेटवालले बताएका छन्। उनले यस कुराको सम्बोधन नभए चरणबद्ध आन्दोलन गर्न पछि नहट्ने बताए।
भेलामा मनहरी गाउँपालिकाका प्रमुख रञ्जन कालाखेती, राक्सिराङ गाउँपालिका प्रमुख राजकुमार मल्ल र कैलाश गाउँपालिका फ्रमुख लोक मोक्तानले स्थानीय तहले निर्माण गर्ने नीति तथा कार्यत्रम र बजेटमा यस विषयलाई समावेश गर्ने, आफ्नो स्थानीय तहबाट जेल जीवन विताइरहेकाहरु तथ्यांक राख्ने र गाँजाको वैधानिकताका लागि प्रदेश र संघीय सरकारलाई विभिन्न कार्यक्रम गरी दबाब सिर्जना गर्ने प्रतिवद्धता जनाएका थिए । भेलामा वनविज्ञान विद्यार्थी साधना पौडेल र डा. भोला भट्टराईले गाँजा खेती र वैधानिकता विषयमा प्रष्ट्याइएका थिए ।
१७ भदौ, हेटौंडा । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषबाट एक अर्ब रुपैयाँ तत्कालै बाढी प्रभावित क्षेत्रमा...
१७ भदौ, हेटौंडा । काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिकाकी भवन निर्माण तथा बस्ती विकास शाखाकी प्रमुख इन्जिनियर...
१७ भदौ, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज दिउँसो १ बजे बस्दै छ । आजको बैठकमा सभामुख डोलप्रसाद अर्यालले...
१६ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा...
१६ भदौ, हेटौंडा । नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । सुनको मूल्य प्रतितोला ५०० रुपैयाँ र चाँदीको मूल्य १५...
१६ भदौ, हेटौंडा । भोटेकोशी बाढीबाट भएको क्षति, खोजी तथा उद्धार, राहत र पुनःस्थापनाका विषयमा छलफल गर्न आज सर्वदलीय...
१६ भदौ, हेटौंडा । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) सुदूरपश्चिम प्रदेशका सांसदहरूले भोटेकोसी बाढीबाट प्रभावित...
१६ भदौ, हेटौंडा । अर्जेन्टिनाका कप्तान तथा स्टार फुटबलर लियोनल मेसीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा...
१६ भदौ, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेल र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेबीच...
३ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बागमती प्रदेशसभामा नेकपा एमालेका किरण थापालाई...
८ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टीको विवादका कारण बागमती प्रदेशमा अन्यौलता उत्पन्न भएको छ ।...
८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरको नियुक्तिबारे परेको रिटमा दुबै पक्षलाई छलफलका लागि...
४ भदौ, हेटौंडा । कैलालीमा शिकार खेल्ने क्रममा गोली लागेर एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बर्दगोरिया...
५ भदौ, हेटौंडा । हेटौंडा-१९ बस्तिपुरस्थित बासुदेव खोलाले बगाएर बेपत्ता भएकी ११ वर्षीया सुमित्रा ब्लोनको शव फेला...
४ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...
४ भदौ, हेटौंडा । नेपाल राष्ट्र बैंकको डेपुटी गभर्नरमा दीर्घ रावल नियुक्त भएका छन्। बुधबार बसेको मन्त्रिपरिषद्...
४ भदौ, हेटौंडा । बागमती प्रदेशका ६ जना मन्त्रीले शपथग्रहण गरेका छन् । प्रदेशप्रमुख दिपक देवकोटाले उनीहरूलाई...
६ भदौ, हेटौंडा । राप्रपाले बागमतीमा मन्त्री बनेका तीन सांसदलाई किन कारबाही नगर्ने भन्दै अल्टिमेटमसहित...


















