Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

हेटौंडा ७ मा विपन्न र एकल महिलालाई जनै बनाउने तालिम

IMG-20240616-WA0001-1718504332.jpg

२ असार, हेटौंडा। हेटौंडा उपमहानगरपालिका वडा नम्बर ७ का एकल तथा विपन्न महिलाले जनै बनाउने तालिम प्रदान गरिएको छ। 

हेटौंडा वडा नम्बर ७को आर्थिक सहयोगमा पहिलो पाइला नामक संस्थाको सहकार्यमा हेटौंडा ७, नागस्वतीमा एकल तथा विपन्न महिलाले जनै बनाउने तालिम दिइएको हो। एक हप्तासम्म सञ्चालित तालिमको शनिबार समापन गरिएको हो।  एक हप्तासम्म तालिममा सिकेको शीपलाई व्यवहारमा उतार्दै आगामी दिनमा जनै बनाउन सक्रिय रहने तालिमका सहभागीहरुको भनाई छ ।

यता कार्यक्रम संयोजक शर्मीला खनालले बेरोजगारी रहनु भन्दा सिप सिक्दा स्वरोजगार हुन सहयोग पुग्ने र तालिममा बनाइएको जनै स्थानीय तथा आवश्यकता अनसार बाहिर पनि विक्री वितरणका लागि पठाइने बताइन्। पहिलो पाइलाका अध्यक्ष शोभा खतिवडाको अध्यक्षता भएको कार्यक्रममा हेटौंडा उपमहानगरपालिका वडा नम्बर ७ का अध्यक्ष दामोदर गौतमको प्रमुख आतिथ्यतामा रहेको थियो।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि वडाध्यक्ष गौतमले हिन्दु धर्माबलम्बीले लगाउने जनै बाहिरबाट आयात गर्नुपर्ने अवस्थामा स्थानीय महिलालाई तालिम प्रदान गर्दै जनैको आवश्यकता परिपूर्ति गराउँन तथा वडाका एकल तथा विपन्न महिलालाई स्वरोजगार बनाउन सहयोग पुग्ने बताएका छन्। जनै बनाउने तालिमको  रुपा तिमल्सिना र बेली दुलालले प्रशिक्षण दिएका थिए।जेठ २७ गतेबाट  सुरु भएको तालिम  शनिबार सम्पन्न भएको र तालिममा वडाका २५ जना महिलाले  सहभागिता जनाएको तालिम संयोजक शर्मिला खनालले बताइन्।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्सले खेल्दै
Nepal_Premier_League_offi-1793149654.png

११ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्सले खेल्दैछन्...

उपराष्ट्रपति र जर्मनीका राजदूतबीच भेटवार्ता
vice-prisident-udo-ujen-1793149094.jpg

 ११ कार्तिक, हेटौंडा । उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग नेपालका लागि संघीय गणतन्त्र जर्मनीका राजदूत उडो...

कात्तिक १२ देखि १४ गतेसम्म पदयात्रा नगर्न अध्यागमनको आग्रह
Padyatra_OSSnrMIcsF_btCFJ-1793148759.jpg

११ कार्तिक, हेटौंडा । उच्च पहाडी तथा हिमाली क्षेत्रहरूमा भारी हिमपात, हिमआँधी र हिमपहिरोको उच्च जोखिम रहेकाले...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1793148451.jpg

११ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको र बिहीबारदेखि बङ्गालको खाडीमा विकसित चक्रवात...

सुनको मूल्य बढ्यो, चाँदीको घट्यो
Gold-1793083660.jpg

१० कार्तिक, हेटौंडा । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुनको मूल्य आज प्रतितोला ८ सय रुपैयाँले बढेको हो । आज...

इजरायलमा आज निर्वाचन हुँदै
benjamin-netanyahu-178627-1793065886.jpg

१० कार्तिक, हेटौंडा । इजरायलमा संसद् नेसेटका १२० सिटका लागि आज निर्वाचन हुँदैछ । स्थानीय समयअनुसार बिहान ७...

ह्यारी केनलाई बालोन डी’ओर अवार्ड
ken-1793063053-1793065630.jpg

१० कार्तिक, हेटौंडा । इंग्ल्यान्डका कप्तान तथा जर्मन क्लब बायर्न म्युनिखका स्ट्राइकर ह्यारी केनले यसपटकको...

आमादब्लममा एक जर्मन आरोहीको मृत्यु
Mount-Everest-1793065451.png

१० कार्तिक, हेटौंडा । सोलुखुम्बुस्थित आमादब्लम हिमालमा लडेर एक जर्मन आरोहीको मृत्यु भएको छ । ६ हजार ८१४ मिटर...

एनपीएलमा मंगलबार दुई खेल हुँदै
Nepal_Premier_League_offi-1793064964.png

१० कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिगमा मंगलबार दुई खेल हुँदैछन् ।  एनपीएलमा आज बिहान चितवन राइनोज र...

थप समाचार