Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

हेटौंडाको आगामी आर्थिक वर्षको बजेट २ अर्ब ४३ करोड ८० लाख

Screenshot_20240616_21381-1718553290.jpg

नीति तथा कार्यक्रम प्रस्तुत गर्दै उपप्रमुख राजेश बानियाँ

सुनिल शिवाकोटी 

२ असार, हेटौंडा। हेटौंडा उपमहानगरपालिकाले आगामी आगामी आर्थिक वर्ष २०८१।८२ का लागि  दुई अर्ब ४३ करोड ८० लाख ७१ हजारको बजेट विनियोजन गरेको छ । आइतबार बसेको १५औँ नगरसभाले उक्त बजेट आगामी आर्थिक वर्षका लागि विनियोजन गरेको हो। 

नगरसभामा उपप्रमुख राजेश बानियाँले चालु आवको तुलनामा रु  ४६ करोड ७२ लाख २० हजार रुपैयाँ  बजेट प्रस्तुत गरेका थिए। जुन बजेट आर्थिक वर्ष २०८०।८१ भन्द२ १६ दशमलव ०७ प्रतिशत कम हो।

आगामी आवका लागि अनुमान गरिएको खर्च व्यहोर्ने स्रोतमध्ये संघीय सरकारको अनुदानबाट रु. एक अर्ब १६ करोड ५३ लाख, आन्तरिक स्रोतबाट रु. ५३ करोड २७ लाख ९५ हजार, राजस्व बाँडफाँडबाट ६१ करोड ६५ लाख तथा प्रदेश सरकारको विभिन्न अनुदानबाट रु. ११ करोड १७ लाख रुपैयाँ रहेको छ। त्यसैगरी उपमहानगरले पूर्वाधार क्षेत्र विकासमा पर्ने सडक, ऊर्जा, बत्ती, जलस्रोत, पर्यटन, भवन तथा आवासतर्फ रु. ८८ करोड ८६ लाख ९९ हजार, आर्थिक विकासतर्फ रु. सात करोड ५६ लाख, सामाजिक विकासतर्फ रु. ९३ करोड १९ लाख, वातावरण तथा विपद् व्यवस्थापनतर्फ रु. तीन करोड १२ लाख, कार्यालय सञ्चालन तथा प्रशासनिक खर्च एवम् वित्तीय व्यवस्थापनतर्फ साँवा व्याज भुक्तानीका लागि रु. ४० करोड ६२ लाख, सुशासन तथा संस्थागत विकासतर्फ रु. दुई करोड ५१ लाख विनियोजन गरिएको समेत बानियाँ जानकारी दिए । 

आगामी आर्थिक वर्षमा जिम्मेवारी सर्ने योजनाको भुक्तानीका लागि रु. १७ करोड, खानेपानीको महसुल भुक्तानीका लागि रु. दुई करोड आठ लाख, नागस्वती फुटबल रङ्गशाला निर्माणका लागि रु एक करोड ७२ लाख, हेटौँडा चक्रपथअन्तर्गत १५, १६ र १७ नम्बर वडाका लागि रु दुई करोड विनियोजन गरिएको बजेटमा उल्लेख छ । त्यसैगरी उपप्रमुख बानियाँले प्रस्तुत गरेको बजेट तथा नगर प्रमुख मिनाकुमारी लामाले  आर्थिक वर्ष २०८१/०८२ का लागि प्रस्तुत गरेको नीति तथा कार्यक्रमसमेत सर्वसम्मत रूपमा पारित भएको छ। स्थानीय तहले नीति तथा कार्यक्रम असार १० भित्र ल्याउनु पर्न संवैधानिक व्यवस्था रहेको छ। 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्सले खेल्दै
Nepal_Premier_League_offi-1793149654.png

११ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्सले खेल्दैछन्...

उपराष्ट्रपति र जर्मनीका राजदूतबीच भेटवार्ता
vice-prisident-udo-ujen-1793149094.jpg

 ११ कार्तिक, हेटौंडा । उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग नेपालका लागि संघीय गणतन्त्र जर्मनीका राजदूत उडो...

कात्तिक १२ देखि १४ गतेसम्म पदयात्रा नगर्न अध्यागमनको आग्रह
Padyatra_OSSnrMIcsF_btCFJ-1793148759.jpg

११ कार्तिक, हेटौंडा । उच्च पहाडी तथा हिमाली क्षेत्रहरूमा भारी हिमपात, हिमआँधी र हिमपहिरोको उच्च जोखिम रहेकाले...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1793148451.jpg

११ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको र बिहीबारदेखि बङ्गालको खाडीमा विकसित चक्रवात...

सुनको मूल्य बढ्यो, चाँदीको घट्यो
Gold-1793083660.jpg

१० कार्तिक, हेटौंडा । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुनको मूल्य आज प्रतितोला ८ सय रुपैयाँले बढेको हो । आज...

इजरायलमा आज निर्वाचन हुँदै
benjamin-netanyahu-178627-1793065886.jpg

१० कार्तिक, हेटौंडा । इजरायलमा संसद् नेसेटका १२० सिटका लागि आज निर्वाचन हुँदैछ । स्थानीय समयअनुसार बिहान ७...

ह्यारी केनलाई बालोन डी’ओर अवार्ड
ken-1793063053-1793065630.jpg

१० कार्तिक, हेटौंडा । इंग्ल्यान्डका कप्तान तथा जर्मन क्लब बायर्न म्युनिखका स्ट्राइकर ह्यारी केनले यसपटकको...

आमादब्लममा एक जर्मन आरोहीको मृत्यु
Mount-Everest-1793065451.png

१० कार्तिक, हेटौंडा । सोलुखुम्बुस्थित आमादब्लम हिमालमा लडेर एक जर्मन आरोहीको मृत्यु भएको छ । ६ हजार ८१४ मिटर...

एनपीएलमा मंगलबार दुई खेल हुँदै
Nepal_Premier_League_offi-1793064964.png

१० कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिगमा मंगलबार दुई खेल हुँदैछन् ।  एनपीएलमा आज बिहान चितवन राइनोज र...

थप समाचार