Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

हेटौंडाको आगामी आर्थिक वर्षको बजेट २ अर्ब ४३ करोड ८० लाख

Screenshot_20240616_21381-1718553290.jpg

नीति तथा कार्यक्रम प्रस्तुत गर्दै उपप्रमुख राजेश बानियाँ

सुनिल शिवाकोटी 

२ असार, हेटौंडा। हेटौंडा उपमहानगरपालिकाले आगामी आगामी आर्थिक वर्ष २०८१।८२ का लागि  दुई अर्ब ४३ करोड ८० लाख ७१ हजारको बजेट विनियोजन गरेको छ । आइतबार बसेको १५औँ नगरसभाले उक्त बजेट आगामी आर्थिक वर्षका लागि विनियोजन गरेको हो। 

नगरसभामा उपप्रमुख राजेश बानियाँले चालु आवको तुलनामा रु  ४६ करोड ७२ लाख २० हजार रुपैयाँ  बजेट प्रस्तुत गरेका थिए। जुन बजेट आर्थिक वर्ष २०८०।८१ भन्द२ १६ दशमलव ०७ प्रतिशत कम हो।

आगामी आवका लागि अनुमान गरिएको खर्च व्यहोर्ने स्रोतमध्ये संघीय सरकारको अनुदानबाट रु. एक अर्ब १६ करोड ५३ लाख, आन्तरिक स्रोतबाट रु. ५३ करोड २७ लाख ९५ हजार, राजस्व बाँडफाँडबाट ६१ करोड ६५ लाख तथा प्रदेश सरकारको विभिन्न अनुदानबाट रु. ११ करोड १७ लाख रुपैयाँ रहेको छ। त्यसैगरी उपमहानगरले पूर्वाधार क्षेत्र विकासमा पर्ने सडक, ऊर्जा, बत्ती, जलस्रोत, पर्यटन, भवन तथा आवासतर्फ रु. ८८ करोड ८६ लाख ९९ हजार, आर्थिक विकासतर्फ रु. सात करोड ५६ लाख, सामाजिक विकासतर्फ रु. ९३ करोड १९ लाख, वातावरण तथा विपद् व्यवस्थापनतर्फ रु. तीन करोड १२ लाख, कार्यालय सञ्चालन तथा प्रशासनिक खर्च एवम् वित्तीय व्यवस्थापनतर्फ साँवा व्याज भुक्तानीका लागि रु. ४० करोड ६२ लाख, सुशासन तथा संस्थागत विकासतर्फ रु. दुई करोड ५१ लाख विनियोजन गरिएको समेत बानियाँ जानकारी दिए । 

आगामी आर्थिक वर्षमा जिम्मेवारी सर्ने योजनाको भुक्तानीका लागि रु. १७ करोड, खानेपानीको महसुल भुक्तानीका लागि रु. दुई करोड आठ लाख, नागस्वती फुटबल रङ्गशाला निर्माणका लागि रु एक करोड ७२ लाख, हेटौँडा चक्रपथअन्तर्गत १५, १६ र १७ नम्बर वडाका लागि रु दुई करोड विनियोजन गरिएको बजेटमा उल्लेख छ । त्यसैगरी उपप्रमुख बानियाँले प्रस्तुत गरेको बजेट तथा नगर प्रमुख मिनाकुमारी लामाले  आर्थिक वर्ष २०८१/०८२ का लागि प्रस्तुत गरेको नीति तथा कार्यक्रमसमेत सर्वसम्मत रूपमा पारित भएको छ। स्थानीय तहले नीति तथा कार्यक्रम असार १० भित्र ल्याउनु पर्न संवैधानिक व्यवस्था रहेको छ। 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
एक अर्ब रुपैयाँ बाढी प्रभावित क्षेत्रमा पठाइने
rasuwa-badhi_syafrubesi-1788312325.jpg

१७ भदौ, हेटौंडा । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषबाट एक अर्ब रुपैयाँ तत्कालै बाढी प्रभावित क्षेत्रमा...

इन्जिनियर कार्की घुससहित पक्राउ
Akhtiyar-CIAA-Nepal-1788311973.jpg

१७ भदौ, हेटौंडा । काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिकाकी भवन निर्माण तथा बस्ती विकास शाखाकी प्रमुख इन्जिनियर...

प्रतिनिधिसभाको बैठक बस्दै
Screenshot_20260628_16321-1788311335.jpg

१७ भदौ, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज दिउँसो  १ बजे बस्दै छ ।  आजको बैठकमा सभामुख डोलप्रसाद अर्यालले...

कांग्रेस बागमती र संसदीय दलबाट बाढीप्रभावितलाई १० लाख ६६ हजार सहयोग
IMG-20260901-WA0022-1788272838.jpg

१६ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा...

आज सुनचाँदीको मूल्य घट्यो
gold1616689900-1788244458.jpg

१६ भदौ, हेटौंडा । नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । सुनको मूल्य प्रतितोला ५०० रुपैयाँ र चाँदीको मूल्य १५...

आज सर्वदलीय बैठक बस्दै
sarbadliya-baithak_edit_1-1788244165.jpg

१६ भदौ, हेटौंडा । भोटेकोशी बाढीबाट भएको क्षति, खोजी तथा उद्धार, राहत र पुनःस्थापनाका विषयमा छलफल गर्न आज सर्वदलीय...

नेकपा सुदुरपश्चिमका सांसदले राहतका लागि १५ दिनको पारिश्रमिक दिने
774033199_162700764210800-1788229040.jpg

१६ भदौ, हेटौंडा । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) सुदूरपश्चिम प्रदेशका सांसदहरूले भोटेकोसी बाढीबाट प्रभावित...

मेसीद्वारा अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा
messi-1784513381-1788228753.png

१६ भदौ, हेटौंडा । अर्जेन्टिनाका कप्तान तथा स्टार फुटबलर लियोनल मेसीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा...

राष्ट्रपति र रास्वपा सभापतिबीच भेटवार्ता
rabi-ramchandra-paudel-1788227944.jpg

१६ भदौ, हेटौंडा ।  राष्ट्रपति रामचन्द्र पौडेल र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेबीच...

थप समाचार