Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

मनहरीको नीति तथा कार्यक्रम:पत्रकारलाई फिल्ड भिजिट, विपन्नलाई दाहसंस्कार खर्च

Screenshot_20240619_21420-1718812654.jpg

५ असार, हेटौंडा। मकवानपुरको मनहरी गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८१। ०८२मा  शिक्षा, स्वास्थ्य, कृषिलाई विशेष प्राथमिक दिदै सामाजिक र पूर्वाधार विकास देखि विपन्न परिवारलाई दाहसंस्कारका लागि आर्थिक सहयोग गर्ने निती सार्वजनिक गरेको छ। 

बुधबार गाउँपालिकाको १५ औ गाउँसभामा  नीति तथा कार्यक्रम सार्वजनिक गर्दै गाउँपालिका अध्यक्ष रञ्जन कालाखेतीले यस्तो बताएका हुन् ।विद्यालयबाट विपन्न परिवारका विद्यार्थीलाई निःशुल्क शिक्षा प्रदान गर्ने निती सहित विपन्न, लोपोन्मुख जाति वनकरिया, चेपाङ, आदिवासी जनजाति, जेष्ठ नागरिकका लागि हित हुनेगरी समृद्ध मनहरीको सपना साकार बनाउने र गाउँपालिकाले नीति तथा कार्यक्रममा शिक्षा, स्वास्थ्य र भौतिक पूर्वाधारलाई विशेष जोड दिएको छ । 

गाउँपालिकाले एक वडा एक कृषि उत्पादन कार्यक्रम, उपयोगिता, माटो परीक्षण प्रयोगशाला निर्माण र निःशुल्क माटो परीक्षणको व्यवस्था गरिने जनाइएको छ।  कृषि तथा पशुपन्छी सम्बन्धी प्राविधिक सेवा नागरिकका घरदैलोमा पहुँच पु¥याउन दरवन्दी अनुरुपका कर्मचारी पदपुर्ति गर्ने, सार्वजनिक बाँझो जमिनमा खेति गरी उत्पादन बढाउने नीति लिइने भएको छ । मनहरीले खेलकुद क्षेत्रमा फुटबल एकेडेमी संचालनका लागि सम्भाव्यता अध्ययन गर्ने, अध्यक्ष कप फुटबल र उपाध्यक्ष कप भलिबल प्रतियोगितालाई निरन्तरता दिने आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ। 

त्यसैगरी स्वास्थ्य तर्फ गर्भवती महिलाका आधारभूत जाँच र भिडियो एक्सरे निःशुल्क र मोतिविन्दुका बिरामी फेला परे निःशुल्क शल्यक्रियाको व्यवस्था मिलाइएको छ। त्यसैगरी गाउँपालिकाले आगामी आर्थिक वर्षमा संचारकर्मीसंग फिल्ड भिजिट कार्यक्रमलाई निरन्तरता दिएको छ। गाउँपालिकाले चालु प्रकृतिक खर्च घटाइ मितव्ययीता कायम गर्ने नीति सार्वजनिक गरेको छ। प्रत्येक वडाको बजार क्षेत्र तथा मुल बाटोमा वैकल्पिक उर्जा सोलार बत्ती जडान गर्ने,न्यायिक कार्यलाई लैङ्गिक समावेशीय बनाइने उल्लेख गरेको  छ ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
एक अर्ब रुपैयाँ बाढी प्रभावित क्षेत्रमा पठाइने
rasuwa-badhi_syafrubesi-1788312325.jpg

१७ भदौ, हेटौंडा । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषबाट एक अर्ब रुपैयाँ तत्कालै बाढी प्रभावित क्षेत्रमा...

इन्जिनियर कार्की घुससहित पक्राउ
Akhtiyar-CIAA-Nepal-1788311973.jpg

१७ भदौ, हेटौंडा । काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिकाकी भवन निर्माण तथा बस्ती विकास शाखाकी प्रमुख इन्जिनियर...

प्रतिनिधिसभाको बैठक बस्दै
Screenshot_20260628_16321-1788311335.jpg

१७ भदौ, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज दिउँसो  १ बजे बस्दै छ ।  आजको बैठकमा सभामुख डोलप्रसाद अर्यालले...

कांग्रेस बागमती र संसदीय दलबाट बाढीप्रभावितलाई १० लाख ६६ हजार सहयोग
IMG-20260901-WA0022-1788272838.jpg

१६ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा...

आज सुनचाँदीको मूल्य घट्यो
gold1616689900-1788244458.jpg

१६ भदौ, हेटौंडा । नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । सुनको मूल्य प्रतितोला ५०० रुपैयाँ र चाँदीको मूल्य १५...

आज सर्वदलीय बैठक बस्दै
sarbadliya-baithak_edit_1-1788244165.jpg

१६ भदौ, हेटौंडा । भोटेकोशी बाढीबाट भएको क्षति, खोजी तथा उद्धार, राहत र पुनःस्थापनाका विषयमा छलफल गर्न आज सर्वदलीय...

नेकपा सुदुरपश्चिमका सांसदले राहतका लागि १५ दिनको पारिश्रमिक दिने
774033199_162700764210800-1788229040.jpg

१६ भदौ, हेटौंडा । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) सुदूरपश्चिम प्रदेशका सांसदहरूले भोटेकोसी बाढीबाट प्रभावित...

मेसीद्वारा अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा
messi-1784513381-1788228753.png

१६ भदौ, हेटौंडा । अर्जेन्टिनाका कप्तान तथा स्टार फुटबलर लियोनल मेसीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा...

राष्ट्रपति र रास्वपा सभापतिबीच भेटवार्ता
rabi-ramchandra-paudel-1788227944.jpg

१६ भदौ, हेटौंडा ।  राष्ट्रपति रामचन्द्र पौडेल र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेबीच...

थप समाचार