Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

मनहरीको नीति तथा कार्यक्रम:पत्रकारलाई फिल्ड भिजिट, विपन्नलाई दाहसंस्कार खर्च

Screenshot_20240619_21420-1718812654.jpg

५ असार, हेटौंडा। मकवानपुरको मनहरी गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८१। ०८२मा  शिक्षा, स्वास्थ्य, कृषिलाई विशेष प्राथमिक दिदै सामाजिक र पूर्वाधार विकास देखि विपन्न परिवारलाई दाहसंस्कारका लागि आर्थिक सहयोग गर्ने निती सार्वजनिक गरेको छ। 

बुधबार गाउँपालिकाको १५ औ गाउँसभामा  नीति तथा कार्यक्रम सार्वजनिक गर्दै गाउँपालिका अध्यक्ष रञ्जन कालाखेतीले यस्तो बताएका हुन् ।विद्यालयबाट विपन्न परिवारका विद्यार्थीलाई निःशुल्क शिक्षा प्रदान गर्ने निती सहित विपन्न, लोपोन्मुख जाति वनकरिया, चेपाङ, आदिवासी जनजाति, जेष्ठ नागरिकका लागि हित हुनेगरी समृद्ध मनहरीको सपना साकार बनाउने र गाउँपालिकाले नीति तथा कार्यक्रममा शिक्षा, स्वास्थ्य र भौतिक पूर्वाधारलाई विशेष जोड दिएको छ । 

गाउँपालिकाले एक वडा एक कृषि उत्पादन कार्यक्रम, उपयोगिता, माटो परीक्षण प्रयोगशाला निर्माण र निःशुल्क माटो परीक्षणको व्यवस्था गरिने जनाइएको छ।  कृषि तथा पशुपन्छी सम्बन्धी प्राविधिक सेवा नागरिकका घरदैलोमा पहुँच पु¥याउन दरवन्दी अनुरुपका कर्मचारी पदपुर्ति गर्ने, सार्वजनिक बाँझो जमिनमा खेति गरी उत्पादन बढाउने नीति लिइने भएको छ । मनहरीले खेलकुद क्षेत्रमा फुटबल एकेडेमी संचालनका लागि सम्भाव्यता अध्ययन गर्ने, अध्यक्ष कप फुटबल र उपाध्यक्ष कप भलिबल प्रतियोगितालाई निरन्तरता दिने आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ। 

त्यसैगरी स्वास्थ्य तर्फ गर्भवती महिलाका आधारभूत जाँच र भिडियो एक्सरे निःशुल्क र मोतिविन्दुका बिरामी फेला परे निःशुल्क शल्यक्रियाको व्यवस्था मिलाइएको छ। त्यसैगरी गाउँपालिकाले आगामी आर्थिक वर्षमा संचारकर्मीसंग फिल्ड भिजिट कार्यक्रमलाई निरन्तरता दिएको छ। गाउँपालिकाले चालु प्रकृतिक खर्च घटाइ मितव्ययीता कायम गर्ने नीति सार्वजनिक गरेको छ। प्रत्येक वडाको बजार क्षेत्र तथा मुल बाटोमा वैकल्पिक उर्जा सोलार बत्ती जडान गर्ने,न्यायिक कार्यलाई लैङ्गिक समावेशीय बनाइने उल्लेख गरेको  छ ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्सले खेल्दै
Nepal_Premier_League_offi-1793149654.png

११ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्सले खेल्दैछन्...

उपराष्ट्रपति र जर्मनीका राजदूतबीच भेटवार्ता
vice-prisident-udo-ujen-1793149094.jpg

 ११ कार्तिक, हेटौंडा । उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग नेपालका लागि संघीय गणतन्त्र जर्मनीका राजदूत उडो...

कात्तिक १२ देखि १४ गतेसम्म पदयात्रा नगर्न अध्यागमनको आग्रह
Padyatra_OSSnrMIcsF_btCFJ-1793148759.jpg

११ कार्तिक, हेटौंडा । उच्च पहाडी तथा हिमाली क्षेत्रहरूमा भारी हिमपात, हिमआँधी र हिमपहिरोको उच्च जोखिम रहेकाले...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1793148451.jpg

११ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको र बिहीबारदेखि बङ्गालको खाडीमा विकसित चक्रवात...

सुनको मूल्य बढ्यो, चाँदीको घट्यो
Gold-1793083660.jpg

१० कार्तिक, हेटौंडा । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुनको मूल्य आज प्रतितोला ८ सय रुपैयाँले बढेको हो । आज...

इजरायलमा आज निर्वाचन हुँदै
benjamin-netanyahu-178627-1793065886.jpg

१० कार्तिक, हेटौंडा । इजरायलमा संसद् नेसेटका १२० सिटका लागि आज निर्वाचन हुँदैछ । स्थानीय समयअनुसार बिहान ७...

ह्यारी केनलाई बालोन डी’ओर अवार्ड
ken-1793063053-1793065630.jpg

१० कार्तिक, हेटौंडा । इंग्ल्यान्डका कप्तान तथा जर्मन क्लब बायर्न म्युनिखका स्ट्राइकर ह्यारी केनले यसपटकको...

आमादब्लममा एक जर्मन आरोहीको मृत्यु
Mount-Everest-1793065451.png

१० कार्तिक, हेटौंडा । सोलुखुम्बुस्थित आमादब्लम हिमालमा लडेर एक जर्मन आरोहीको मृत्यु भएको छ । ६ हजार ८१४ मिटर...

एनपीएलमा मंगलबार दुई खेल हुँदै
Nepal_Premier_League_offi-1793064964.png

१० कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिगमा मंगलबार दुई खेल हुँदैछन् ।  एनपीएलमा आज बिहान चितवन राइनोज र...

थप समाचार