Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

सिद्धार्थ माविमा निर्वाचन प्रक्रियाबाट विद्यालय र सदन क्याप्टेनको नेतृत्व चयन

Screenshot_20240621_16282-1718966627.jpg

७ असार, हेटौँडा । हेटौँडा–२ मा रहेको सिद्धार्थ माविमा विद्यालय क्याप्टेन, सह-क्याप्टेन, सदन क्याप्टेन र सह-क्याप्टेनको नेतृत्व चयनकालागि  निर्वाचन भएको छ । विद्यार्थीलाई मतदाता शिक्षा र प्रयोगात्मक अभ्यासका लागि शुक्रबार विद्यालय क्याप्टेन, सह-क्याप्टेन, सदन क्याप्टेन र सह-क्याप्टेनको चयन  निर्वाचन प्रणालीबाट गरिएको हो। 

शुक्रबार सम्पन्न निर्वाचनमा विद्यालय क्याप्टेनमा ३६५  मतसहित  युवराज पण्डित निर्वाचित भएका छन् ३५८  मतसहित सुमान राय विद्यालय सह-क्याप्टेनमा निर्वाचित भएका छन्।त्यसैगरी सम्पन्न निर्वाचन मार्फतमा ६ वटा सदनमा  क्याप्टेन र सह-क्याप्टेन गरी १२ जना  निर्वाचित भएका छन्। 

सदनगत क्याप्टेनमा निलो सदनमा ८९ मतसहित कृष्ण यादव सह - क्याप्टेनमा ७१ मत सहित सुबोध साह निर्वाचित भएका छन्।हरियो  सदनमा ९०  मतसहित उन्नती अर्याल  सह - क्याप्टेनमा ६७ मत सहित सन्ध्या सापकोटा निर्वाचित भएका छन्। 

यता सुन्तला  सदनमा ५६ मतसहित निखिल सिंह सदन क्याप्टेन र ६० मत सहित दिपा न्यौपाने सह-क्याप्टेनमा विजयी भएका छन्। पहेँलो सदनमा ६३ मतसहित  सदन क्याप्टेनमा निर्मला सिर्मल र सह-क्याप्टेनमा ७७ मत सहित सफलता लामा विजयी भएकी छिन्।

त्यसैगरी प्याजी सदनमा ८७ मत सहित क्याप्टेनमा कन्हैया कुमार यादव र ८५ मत सहित सह - क्याप्टेनमा स्त्रोत लामिछाने निर्वाचित भएका छन्। यता रातो सदनको क्याप्टेनको नेतृत्व उज्वल पटेललो गरेको छन्। पटेललो ७८ मत प्राप्त गरेको थिए। त्यसैगरी रातो सदनको सह-क्याप्टेनमा अनुज पौडेल विजयी भएका छन्। पौडेलले सर्वाधिक ९५ मत प्राप्त गरेका थिए। आम निर्वाचनकै झल्को दिने गरी प्रदेश निर्वाचन आयोग बागमती प्रदेश हेटौंडाले मतपेटिका, छेकाबार, लगायतको सामग्री सहयोग गरेको विद्यालयका अतिरिक्त क्रियाकलाप संयोजक तथा सहायक मतदान अधिकृत टिका प्रसाद दाहालले बताएका छन्।

कक्षा ६ देखि १० कक्षासम्मका विद्यार्थीलाई मताधिकार र ६ देखि कक्षा १० सम्मका विद्यार्थी मात्रै उम्मेदवार बन्न पाउने व्यवस्था गरिएको थियो ।  कक्षा ६ देखि कक्षा १० सम्मका अङ्ग्रेजी र नेपाली माध्यममा अध्ययनरत ६ सय ७० जना विद्यार्थीले  मतदान गरेको विद्यालयका सहायक प्रधानाध्यापक सागर प्रसाद खतिवडाले बताएका छन्। विद्यालयका प्रधानाध्यापक परमानन्द सरोज कर्ण मुख्य निर्वाचन अधिकृत रहेको निर्वाचनमा सदनगत मतदान गरिएको थियो । मतदाता प्रकृयाका लागि विद्यालयले अघिल्लो साता कार्य तालिका सार्वजनिक गरिएको सहायक प्रअ तथा सहायक मतदान अधिकृत खेमराज लामिछानेले जानकारी दिएका छन्।सदन संयाेजक तथा सदस्यलाई मतदान अधिकृत र सहायक मतदान अधिकृतको जिम्मेवारी दिइएको थियो भने स्काउटका सदस्यलाई म्यादी प्रहरीको जिम्मेवारी दिइएको थियो भने विद्यालय व्यवस्थापन समिति, जनप्रतिनिधि, पत्रकार, मताहतका कार्यालय प्रमुख र अभिभावकलाई पर्यवेक्षक बनाइएको थियो। विजयी उम्मेदवारको प्रमाणपत्र वितरण र सपथ ग्रहण आइतबार गरिने सहायक मतदान अधिकृत टिका प्रसाद दाहालले जानकारी दिएका छन्।

यता विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बलराम घिमिरेले विद्यालय आयोजना गरिएको कार्यक्रमले मतदान प्रक्रियाको बारेमा जानकारी दिएको र विद्यार्थी नेतृत्व विद्यार्थी स्वयम्ले गर्न पाउनु लोकतान्त्रिक अभ्यास भएको बताएका छन्।  निर्वाचनको शिक्षा समन्वय इकाई मकवानपुरका प्रमुख दिनानाथ गौतम र विद्यालय व्यवस्थापन समितिका पदाधिकारीले अनुगमन गरेका थिए ।

 

 

Screenshot_20240621_16352-1718967079.jpg

मतदानमा नाम रुजु गर्दै मतदान अधिकृत र मतदाता

FB_IMG_1718968060749-1718968083.jpg
FB_IMG_1718968053869-1718968084.jpg
FB_IMG_1718968049031-1718968101.jpg

समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्सले खेल्दै
Nepal_Premier_League_offi-1793149654.png

११ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्सले खेल्दैछन्...

उपराष्ट्रपति र जर्मनीका राजदूतबीच भेटवार्ता
vice-prisident-udo-ujen-1793149094.jpg

 ११ कार्तिक, हेटौंडा । उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग नेपालका लागि संघीय गणतन्त्र जर्मनीका राजदूत उडो...

कात्तिक १२ देखि १४ गतेसम्म पदयात्रा नगर्न अध्यागमनको आग्रह
Padyatra_OSSnrMIcsF_btCFJ-1793148759.jpg

११ कार्तिक, हेटौंडा । उच्च पहाडी तथा हिमाली क्षेत्रहरूमा भारी हिमपात, हिमआँधी र हिमपहिरोको उच्च जोखिम रहेकाले...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1793148451.jpg

११ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको र बिहीबारदेखि बङ्गालको खाडीमा विकसित चक्रवात...

सुनको मूल्य बढ्यो, चाँदीको घट्यो
Gold-1793083660.jpg

१० कार्तिक, हेटौंडा । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुनको मूल्य आज प्रतितोला ८ सय रुपैयाँले बढेको हो । आज...

इजरायलमा आज निर्वाचन हुँदै
benjamin-netanyahu-178627-1793065886.jpg

१० कार्तिक, हेटौंडा । इजरायलमा संसद् नेसेटका १२० सिटका लागि आज निर्वाचन हुँदैछ । स्थानीय समयअनुसार बिहान ७...

ह्यारी केनलाई बालोन डी’ओर अवार्ड
ken-1793063053-1793065630.jpg

१० कार्तिक, हेटौंडा । इंग्ल्यान्डका कप्तान तथा जर्मन क्लब बायर्न म्युनिखका स्ट्राइकर ह्यारी केनले यसपटकको...

आमादब्लममा एक जर्मन आरोहीको मृत्यु
Mount-Everest-1793065451.png

१० कार्तिक, हेटौंडा । सोलुखुम्बुस्थित आमादब्लम हिमालमा लडेर एक जर्मन आरोहीको मृत्यु भएको छ । ६ हजार ८१४ मिटर...

एनपीएलमा मंगलबार दुई खेल हुँदै
Nepal_Premier_League_offi-1793064964.png

१० कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिगमा मंगलबार दुई खेल हुँदैछन् ।  एनपीएलमा आज बिहान चितवन राइनोज र...

थप समाचार