१४ माघ, हेटौँडा । मकवानपुरमा ३५ जना कुष्ठरोगी रहेको आज हेटौंडामा आयोजित एक कार्यक्रममा जानकारी दिईएको छ । ६५ औं विश्व कुष्ठरोग दिवसको अवसरमा आयोजित पत्रकार तथा सरोकारवालाहरुसंग अन्तरक्रियामा स्वास्थ्य कार्यालय मकवानपुरका कुष्ठरोग स्रोतव्यक्ति भुपनारायण यादवले यस्तो जानकारी दिएका हुन् ।
यादवका अनुसार गत आर्थिक बर्षका ३० कुष्ठरोगी उपचाररत रहेको र चालु आर्थिक बर्षको पहिलो चौमासिकमा ५ जना नयाँ विरामी फेला परेका छन् । सबैभन्दा बढि हेटौँडा, मकवानपुरगढी र भीमफेदीमा कुष्ठरोगी फेला परेको जनस्वास्थ्य कार्यालयको तथ्यांकमा छ । यसैगरी, मध्यमाञ्चलमा आव ०७२/०७३ मा १ हजार ३२ कुष्ठरोगी थिए । कुष्ठरोगीमध्ये ४५८ महिला र १२२ बालबालिका रहेको क्षेत्रीय स्वास्थ्य निर्देशनालय हेटौँडाका कुष्ठरोग अधिकृत उत्तम खनालले बताए । उनका अनुसार आव ०७३/०७४ मा १ हजार १ सय ८४ कुष्ठरोगी फेला परेकोमा ४ सय २८ महिला र १ सय १५ बालबालिका रहेका छन् ।
अन्तरक्रिया कार्यक्रममा मध्यमाञ्चल क्षेत्रीय जनस्वास्थ्य अधिकृत विभुकुमार झा, हेटौँडा उपमहानगरपालिकाका प्रवन्धक भीमप्रसाद तिमल्सिना, हेटौँडा अस्तालका प्रमुख डा. कमल दवाडी लगायतले मन्तव्य व्यक्त गरेका थिए । मध्यमाञ्चल क्षेत्रीय स्वास्थ्य निर्देशनालय हेटौंडा र जिल्ला जनस्वास्थ्य कार्यालय मकवानपुरको आयोजनामा भएको कार्यक्रम जिल्ला जनस्वास्थ्य कार्यालयका प्रमुख रामचन्द्र पाठकको अध्यक्षतामा भएको थियो ।
कार्यक्रममा शरिरमा रातो लाटो फुस्रो दाग देखिएमा कुष्ठरोग हुन सक्ने भन्दै स्वास्थ्य संस्थामा जचाउन आग्रह गरिएको थियो । स्वास्थ्यप्रश्वासबाट सर्ने कुष्ठरोगको उपचार निःशुल्क हुने र ६ देखि १२ महिना नियमित औषधी खाएमा निको हुने स्वास्थ्यकर्मीहरुको सुझाव छ ।
१४ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत र पुनर्स्थापनामा...
१४ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा...
१३ भदौ, हेटौंडा । प्रत्येक वर्ष भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठदिन मनाइने परम्परागत सांस्कृतिक पर्व...
१३ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा...
१२ भदौ, हेटौंडा । नेपाली फाइटर रवीन्द्र ढाँट रोड टु युएफसीको फाइनलमा प्रवेश गरेका छन् । चीनको साङ्घाईस्थित...
१२ भदौ, हेटौंडा । मन्त्रिपरिषद् बैठकका मुख्य मुख्य निर्णयहरू सार्वजनिक गरिएको छ । सरकारका प्रवक्ता एवं...
१२ भदौ, हेटौंडा । शिक्षा मन्त्रालयले विश्वविद्यालयका सबै परीक्षा स्थगित गर्न निर्देशन दिएको छ । प्राकृतिक...
१२ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण प्रभावित भएका विभिन्न जिल्लाबाट हालसम्म ४६९...
१२ भदौ, हेटौंडा । आज जनै पूर्णिमा तथा रक्षा बन्धन पर्व । श्रावण शुक्ल पूर्णिमाका दिन उपाकर्म, ऋषितर्पणी र...
३ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बागमती प्रदेशसभामा नेकपा एमालेका किरण थापालाई...
८ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टीको विवादका कारण बागमती प्रदेशमा अन्यौलता उत्पन्न भएको छ ।...
८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरको नियुक्तिबारे परेको रिटमा दुबै पक्षलाई छलफलका लागि...
१ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आज प्रदेश सभामा विश्वासको मत लिने भएका...
१ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव कायम छ। मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको आसपास र...
१ भदौ, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै छ । प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे र...
४ भदौ, हेटौंडा । कैलालीमा शिकार खेल्ने क्रममा गोली लागेर एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बर्दगोरिया...
१ भदौ, हेटौंडा । श्रावण शुक्ल पञ्चमीका दिन प्रत्येक वर्ष मनाइने नाग पञ्चमी आज मनाइँदै छ। परम्पराअनुसार नागको...
२ भदौ, हेटौंडा । उपसभामुख रुबी ठाकुरले जनआस्थाका प्रधान सम्पादक किशोर श्रेष्ठविरुद्ध प्रहरीमा जाहेरी दिएकी...


















