१४ माघ, हेटौँडा । नेकपा एमाले र माओवादी केन्द्रको कार्यदलले ६ वटा प्रदेशको मुख्यमन्त्री, सभामुख र उपसभामुख तथा प्रदेश मन्त्रीपरिषद्को सदस्य विभाजनको विषयमा सहमति जुटाएको छ ।
आईतबार एमाले संसदीय दलको कार्यालय सिंहदरबारमा बसेको दुईदलिय कार्यदलले मुख्यमन्त्री, सभामुख, उपसभामुख र मन्त्रीपरिषद्मा रहने सदस्य संख्याको अनुपात मिलाउदै त्यसको संख्या पनि निर्धारण गरेको हो ।
सहमति अनुसार एमालेले ४ मुख्यमन्त्री, ४ सभामुख, २ उपसभामुख र माओवादी केन्द्रले २ मुख्यमन्त्री, २ सभामुख ४ वटा उपसभामुख पाउने भएका छन् । सहमति अनुसार, अनुसार प्रदेश १, ३, ४ र ५ को मुख्यमन्त्री एमालेले लिने सहमति भएको छ भने प्रदेश ६ र ७ को मुख्यमन्त्री माओवादी केन्द्रले पाउँने भएको छ ।
यस्तै प्रदेश १, ३, ६ र ७ को सभामुख एमालेले, र ४ र ५ को सभामुख माओवादी केन्द्रले लिने भएको छ । यता प्रदेश नम्बर १, ३, ६ र ७ को उपसभामुख माओवादी केन्द्रले र ४ र ५ को उपसभामुख एमालेले पाउने गरि सहमति जुटाईएको कार्यदलका संयोजक सुवासचन्द्र नेम्वाङ्गले जानकारी दिए ।
प्रदेश मन्त्रीपरिषद्को सदस्य विभाजन गर्दा मुख्यमन्त्री बाहेक एमालेले ७० र माओवादी केन्द्रले ३० प्रतिशत कायम गर्ने सहमति भएको छ । मन्त्रीहरुको कार्यविभाजन र प्रदेश नेतृत्वको वाँडफाँड सम्बन्धी प्रदेशका मुख्य मन्त्री र दुवै पार्टीका प्रदेशसभा संसदीय दलको नेताको सहमतिमा गर्ने सहमति भएको छ ।
साथै मन्त्रीपरिषद्को संख्या प्रदेशसभाको संख्याको अनुपातलाई विचार गरि ७ देखि ११ सदस्यीय बनाईने सहमति भएको छ । कार्यदलले जुटाएको यो सहमति पार्टी एकता संयोजन समितिको बैठकमा प्रस्तुत गरिने कार्यदल संयोजक नेम्वाङ्गले जानकारी दिए ।
१४ कार्तिक, हेटौंडा । हाल देशमा बङ्गालको खाडीमा विकसित चक्रवात “अर्नब” को अवशेषका साथै पश्चिमी वायुको पनि...
१३ कार्तिक, हेटौंडा । नेपाल पत्रकार महासंघ मकवानपुरका पूर्व कोषाध्यक्ष हाल अमेरिका निवासी सुदिप शिवाकोटीले...
१३ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा कर्णाली याक्सले विराटनगर किंग्सलाई पराजित...
१३ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट निर्वाचित भएका २० पदाधिकारीको वरीयता तोकिएको...
१३ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। साथै, बिहीबार साँझदेखि बङ्गालको खाडीमा...
१२ कार्तिक, हेटौंडा । इजरायलको आमनिर्वाचनमा झन्डै ९० प्रतिशत मतगणना सकिँदासमेत कुनै पनि राजनीतिक गठबन्धनले...
१२ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसको १५औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिका पदाधिकारी र...
१२ कार्तिक, हेटौंडा । सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणमा पहिलो जित निकालेको...
१२ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज दुई खेल हुँदैछन् । पहिलो खेलमा जनकपुर बोल्ट्स र...
४ कार्तिक, हेटौंडा । बडा दशैं अर्थात् दुर्गापक्षको मुख्य दिन आज मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रुपमा शुभ...
३१ असोज, हेटौंडा । पत्रकार किशोर श्रेष्ठ साइबर ब्युरोमा भएको छलफलपछि शनिबार साँझ रिहा भएका छन् । रिहा भएपछि...
४ कार्तिक, हेटौंडा । नेपाल प्रहरीले दशैंको अवसरमा निःशुल्क बस सेवा सञ्चालन गरेको छ । नेपाल प्रहरीले बडा दशैंको...
४ कार्तिक, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले विजया दशमीमा शुभसाइतमा गुरु पुरोहितबाट टीका जमरा ग्रहण गर्ने...
२ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव छ। यसको असरका कारण देशका हिमाली तथा पहाडी भू-भागमा...
३ कार्तिक, हेटौंडा । आज नवदुर्गा भवानीको नवौँ स्वरूप देवी सिद्धिदात्रीको पूजा तथा आराधना गरिन्छ। यस दिन...
४ कार्तिक, हेटौंडा । आइसिसी विश्वकप लिग-२ श्रृंखला खेलेर नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोली स्वदेश फर्किएको छ ।...
१ कार्तिक, हेटौंडा । चीनसँग सिमाना जोडिएको सिन्धुपाल्चोकस्थित तातोपानी नाका आजदेखि तीन खुल्ने भएको छ । उद्योग,...
४ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा डिसिजन रिभ्यू सिस्टम (डीआरएस) प्रयोग गरिने...


















