१५ माघ, हेटौँडा । एकलाख रुपैँया राशीको बिजुलीमाया वनः श्रेष्ठ राष्ट्रिय संगीत पुरस्कारबाट भाषा, संगीत, साहित्य कला एंव सस्कृतिविद चेतन कार्कीलाई सम्मान गरिएको छ ।
भीम विराग संगीत साहित्य कला प्रतिष्ठान नेपालले हेटौँडामा कार्कीलाई सम्मान गरेको हो । कार्यक्रममा २० हजार राशीको विजय बानियाँ स्मृति लोक संगीत पुरस्कार लोक गायिका कोमल वलीलाई प्रदान गरिएको छ । प्रतिष्ठानले तुलसीमाया शिवकुमारी सृजनशील नारी पुरस्कार मकवानपुरकी साहित्यकार अनिता न्यौपाने, भीम मथुरा बाल प्रतिभा पुरस्कारबाट हेटौडाका चिराग डंगोल, शीला नारी संगीत पुरस्कारबाट हेटौंडाकी गायिका विद्या तिवारी, हर्षनर बज्राचार्य स्मृति पुरस्कारबाट नाट्यकर्मी कुमार शाहलाई सम्मान गरिएको छ ।
यस्तै मकवानपुरे साहित्यकार निमेष निखिललाई चिनु कुमारी लामा स्मृति साहित्य पुरस्कार र स्वास्थ्य क्षेत्रमा लामो समय स्वंयमसेवीको कार्य गर्नुभएकी चम्पा कोजुलाई प्रतिष्ठानले मङ्गलादेवी श्रेष्ठ स्मृति स्वास्थ्य पुरस्कारबाट सम्मान गरेको छ । गायक, संगीतकार तथा गीतकार जगत मर्दन थापाले सम्मान गरेका थिए । कार्यक्रममा प्रतिष्ठानका निवर्तमान अध्यक्ष तुल्सी थापा, साहित्यकार प्रकाश सायमी लगायतले मन्तव्य व्यक्त गरेका थिए ।
वरिष्ठ संगीत साधक, कवि एवं गीतकार भीम विराग जन्मजयन्तीको अवसरमा प्रतिष्ठानले विभिन्न क्षेत्रका व्यक्तित्वहरुलाई सम्मान गर्दै आइरहेको प्रतिष्ठानका अध्यक्ष उज्वल शर्मा भण्डारीले बताए ।
१५ असार, हेटौंडा । बाँकेको कोहलपुरमा आफ्नै दाजुको हत्याको आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ। पक्राउ...
१५ असार, हेटौंडा । नेपाली कांग्रेसले केन्द्रीय निर्वाचन समितिमा सदस्य र सदस्य सचिव मनोनयन गरेको छ । सभापति गगन...
१५ असार, हेटौंडा । नेपाल बक्सिङ महासंघद्वारा आयोजित ३०औँ पुरुष तथा ११औँ महिला राष्ट्रिय बक्सिङ प्रतियोगिता...
१५ असार, हेटौंडा । कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरी बैंककमा भोलिदेखि आयोजना हुने वातावरण तथा दिगो...
१५ असार, हेटौंडा । हाल कोशी, मधेश र बागमती प्रदेशका सम्पुर्ण भू-भाग, गण्डकी प्रदेशको केही भू-भाग र लुम्बिनी...
१४ असार, हेटौंडा । अर्थमन्त्री स्वर्णिम वाग्लेले पेट्रोलियम पदार्थको मूल्य केही समयमा घट्ने बताएका...
१४ असार, हेटौंडा । गृह मन्त्रालयको मान्छे भन्दै प्रहरी कार्यालयमा स्वार्थका लागि अनधिकृत पहुँच राख्न खोजेको...
१४ असार, हेटौंडा । ‘मदन भण्डारी राष्ट्रिय पुरस्कार-२०८२’ लेखक तथा अध्येता रमेश रुछेन राईलाई प्रदान गरिएको छ...
१४ असार, हेटौंडा । महालेखापरीक्षकको वार्षिक प्रतिवेदन प्रतिनिधि सभा बैठकमा पेश भएको छ । ६३ औँ वार्षिक...
३ असार, हेटौंडा । चितवनमा बालक अपहरण गरी काठमाडौं पुर्याउने समूहलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा...
४ असार, हेटौंडा । नेकपा एमालेका प्रमुख सचेतक ऐन महरले सरकारका मन्त्रीहरुले संसदीय मर्यादाको उल्लंघन गरेको भन्दै...
३ असार, हेटौंडा । प्रतिनिधिसभा बैठक आज बस्दैछ । बैठक बिहान ११ बजे बस्ने भएको हो । आजको बैठकमा अर्थमन्त्री डा....
४ असार, हेटौंडा । प्रतिनिधिसभा बैठक आज पनि बस्दैछ । बैठक बिहान ११ बजे बस्ने भएको हो । बैठकमा अर्थमन्त्री डा....
४ असार, हेटौंडा । नेपाली कांग्रेसले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख तथा पदाधिकारीलाई प्रधानमन्त्री...
३ असार, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनालले चिनियाँ लगानीकर्ताहरूलाई नेपालमा लगानी गरी ‘पार–हिमाली’...
९ असार, हेटौंडा । बाराको जीतपुरसिमरा उपमहानगरपालिका-९ छातापिपरामा मोटरसाइकलले पैदल यात्रुलाई ठक्कर दिँदा तीन...
११ असार, हेटौंडा । फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘सी’ को निर्णायक खेलमा ब्राजिलले स्कटल्यान्डमाथि ३-० गोलको...
१० असार, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सभापति पदमा रवि लामिछानेको एकल उम्मेदवारी परेको छ...

-1782741482.jpg)















